स्वतन्त्रको सहियोगमा कैलाली जिल्ला समुन्यमा गठवन्धन बिजयी

(धनगढी) कैलालीको जिल्ला समुन्वय समितिमा सत्ता गठवन्धनका उम्मेदवार बिजयी भएका छन । स्वतन्त्र मतभार भएका धनगढी उप महानगरका मेयर गोपाल हमालको सहयोगमा गठवन्धन दलका उम्मेदवार जिल्ला समुन्वयको निर्वाचनमा निर्वाचित भएका हुन ।
सत्ता गठवन्धनका तर्फबाट जिल्ला समन्व्य समितिको प्रमुखमा नेपाली काग्रेसका उम्मेदवार पदम बहादुर कलेलले १३ मत प्राप्त गरि बिजयी भएका छन । नागरिकउन्मुक्ती पार्टीका इन्द्र्र चौधरीले १२ मत प्राप्त गरे ।
त्यसैगरि उप प्रमुखमा माओवादी केन्द्रका खगराज भुषालले १३ मत प्राप्त गरि बिजयी भए । एमालेका राजेन्द्र प्रसाद खनालले १२ मत ल्याए । सदस्य पदको महिला तर्फका उम्मेदवार पनि गठवन्धनकी समाजवादीकी जानकी देवी चौधरी, दिलु कामी, भावना चौधरी बिजयी भएकी छिन । एक जना दलित सदस्यमा नागरिक उन्मुक्ती पार्टीकी सरिता भुल बिजयी भएकी छिन ।तिन जनाको खुल्ला सदस्य पदमा नेपाली काग्रेसका तेज बहादुर चन्द,बिर्ख बहादुर बुढा , समाजवादीका लोकन्द्र शाही बिजयी भएका छन ।
जिल्ला समुनय समितिकोनिर्वाचनका लागि सत्ता गठवन्धन संग एमाले र नागगरिक उन्मुक्ती पार्टी तालमेल गरेर चुनावी प्रतिस्पर्धामा गएका थिए । कैलालीमा १३ वटा स्थानिय तहका २६ मतदाता हुन । जसमध्ये काग्र्रेसका ८ , माओवादीका ४ र समाजवादीका १ गरि सत्ता गठवन्धन संग १३ मतभार थियो । नागरिक उन्मुक्ती पार्टी संग ७ , एमाले संग ५ गरि १२ मतभार अर्काेतिर थियो ।
माअ‍ोवादीबाट महोन्याल गाउपालिकाबाट जितेका गाउपालिका अध्यक्ष देवीदत्त उपाध्यायले भष्ट्राचार अभियोगमा बिशेष अदालतमा बिचाराधिन मुद्धाको कारण चुनावी प्रकृयामा सहभागी हुन नपाएनन । निर्वाचन आयोगको निर्णयले सत्ता गठवन्धन संग पनि १२ मात्रैं मतभार रहन पुग्यो । दुवै पक्षका १२÷१२ मतभार भएको बेला निर्णायक धनगढीका मेयर गोपाल हमाल वन्न पुगेका हुन । अन्तिम सयममा हमालले आफनो मत गठवन्धनका पक्षमा दिएका हुन ।