(धनगढी) कैलालीको धनगढी उपमहानगरपालिकाले खोलानालामाथि भएको अतिक्रमण हटाउन सुरु गरेको छ । धनगढी डुबानको एक प्रमुख कारण खोलानाला अतिक्रमण नै हो ।
‘धनगढीलाई बर्खामा डुवानमुक्त पार्न पनि अतिक्रमित क्षेत्र खाली गर्न आवश्यक थियो’ नगर प्रमुख गोपाल हमालले भने, ‘धनगढी ५को सुकटेनालाको अतिक्रमण बुलडोजर लगाएर हटाउन शुरु गरेका छौं । यसले निरन्तरता पाउने छ , सवै खोलानालाको अतिक्रमण क्षेत्र खाली गरिने छ ।’ हमालले प्राकृतिक बहाबलाई रोक्ने गरी बनाइएका संरचना सूचना दिएर नै भत्काउन सुरु गरेको बताए ।

‘डुबानको समस्यालाई समाधन गर्नका लागि सबैभन्दा पहिले प्राकृतिक कुला र खोलालाई पुरानै बहाबमा बग्न दिन आवश्यक छ’ उनले भने, ‘यसका लागि म्पूर्ण धनगढीवासीमा खोलानाला अतिक्रमण हटाउने कार्यमा सहयोग गरिदिन अपिल गर्दुछ । ’
खोलानालामाथि भएको अतिक्रमणले धनगढी उपमहानगर क्षणभरको वर्षामै डुबान हुने गरेको छ। धनगढीको कैलाली खोला सबैभन्दा बढी अतिक्रमणको चपेटामा परेको छ । स्थानिय तहको निर्वाचनमा बिजयी भएका हमाल सहति अन्न राजनितिक दलका मेयर र वडा अध्यक्षका उम्मेदवारको समेत खोलानाला हटाउने प्रमुख चुनावी नारा पनि थियो ।
अगिल्लो स्थानिय तह को निर्वाचन २०७४मा पनि खोलानाला अतिक्रमणको प्रमुख मुद्धानै थियो । निर्वतमान मेयर नृप बहादुर वडले पाच बर्षमा खोलानाला अतिक्रमण हटाउन नसेकेको आलोचना उनक ाबिपक्षी उम्मेदवारले यो चुनावमा लगाएका थिए ।
खोलानाला अतित्रमणको अभियानलाई नगरवासीले नव निर्वाचित मेयरको सहासी कार्य भनि प्रशंशा गरेका छन । तर पुर्णरुपले कैलाली खोला, सेतोपुल, रातोपुल लगाय बजार मार्ग भित्र पुरिएका खोलानालाको क्षेत्र खाली गराउन भने त्येति सजिलो छैन । त्यहा खोलानालाको क्षेत्र अतिक्रमण गरि बनेका ठुल ठुला संरचनाहरुले प्राकृतिक रुपमा बग्ने पानीको वाहाव रोकिएर बजार डुवानम ापर्ने गरेको हो ।
सुकटेनाला संगै जोडिएको घर भएका इन्द्रराज ओझाले तरकारी लगाउनका लागि आफनोबाट भएको थोरैं खोलाको अतिक्रमण क्षेत्र खाली गराउदा कुनैं मनमा पिर नभएको बताए । ‘पुरैं खोला खाली भएपछि बर्खामा खोलामा पानी सर्लक बग्न नपाएर भरिदा आफनो घर पनि डुवानमा पर्दथ्यो’ उनले भने , नव निर्वाचित मेयर हमालले भिमसेनको काम गर्दै छन, ठुलो आटिलो काम गरेका छन भन्छु तर खोला नाला अतिक्रमण क्षेत्र सवै ठाउमा हटाउने काम पत्ते गरि सक्नु पर्छ ।’

इडटपेन 









