धनगढी- प्रधानमन्त्री शेर बहादुर देउवाले गेटा मिडिकल कलेजलाई प्रतिष्ठानको रुपमा अगाढी बढाउने बताएका छन ।
धनगढी उप महानगरपालिकाको प्रशासनिक भवन उद्धघाटन गर्दै प्रधानमन्त्री देउवाले यस बिषयमा तत्काल बिधेयक ल्याएर काम अघि बढाउने जनाएका हुन । ‘ गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रुपमा लैजान यस सम्वन्धी ऐन ल्याएर काम अघि बढाउछु’उनले भने, ‘डडेल्धुरामा मेडिकल बनाउने कुरा पछि यहा प्रतिष्ठानको कुरा उठेको छ । यस बिषयमा कुरा उठाइ दिनु भएकोमा धन्यवाद छ ।≥’
उद्धघाटन समारोहमा धनगढीका मेयर गोपाल हमालले गेटालाई मेडिकल कलेजलाई बिश्व बिद्यालय वा प्रतिष्ठानको रुपमा अघि बढाई दिन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । कैलालीको गेटामा मेडिकल कलेजको संरचना निर्माणको काम सम्पन्न हुदैं छ । मिडिकल कलेजकैं रुपमा सञ्चालन गर्ने की , प्रतिष्ठान सरकारले निर्णय गरि सकेको छैन । स्थानियले गेटा मेडिकल कलेजको रुपमा नभएर प्रतिष्ठान वा बिश्व बिद्यालयको रुपमा सञ्चालन गर्न दवाव दिएका छन ।
धनगढी उप महानगरका मेयर हमालले उद्दघाटन सत्रमा प्रधानमन्त्री देउवालाई गौरीफन्टाको स्तोरोन्नती तथा कैलाली प्रशासनको मातहतको लागि समेत पहल गरि दिन अनरोध गरेका थिए । ्प्रधानमन्त्री देउवाले गौरीफन्टा नाका कैलाली प्रशासन अन्तर्गतका लागि गृह मन्त्रालय संग कुरा गर्ने बताए । गौरीफन्टा नाका संग जोडिएको डाकेबजार कञ्चनपुर जिल्ला भित्र पर्ने भएकाले स्थानिय धनगढीका ब्यवसायीले गौरीफन्टा नाका कैलाली मातहतमैं राख्नु पर्ने माग गर्दै आएका छन ।
प्रधानमन्त्री देउवाले उप महानगरको उद्दघाटन समारोहमा सुदूरपश्चिमको बिकासले गति पाईरहेको बताएका छन । आफुले सुदरपश्चिमलाई राजधानी संग जोडने कर्णाली वारीका २२ वटा पुल लगायतका काम गरेकोलाई स्मरण गराएका थिए ।

प्रधानमन्त्री देउवाले खोलानाला अतिक्रमणलाई मेयरको अभियानलाई सवैले साथ दिनु पर्ने बताएका छन । उनले धनगढी उप महानगर डुवानबाट सुरक्षित र सुन्दर बनाउनका लागि कडारुपमा लाग्नु होस अतिक्रमण हटाउनु होस आफनो साथ रहने बताए । धनगढी उप महानगरले गएको शुक्रवार देखि खोलानाला अतिक्रण हटाउने अभियान शुरु गरेको छ ।
प्रधानमन्त्री देउवाले कैलालीको मोहना नदीको कटान समस्या समाधानका लागि पनि पहल गरिने बताए । धनगढी देखी टिकापुर सत्ती सम्मको मोहना कटानलाई नियनत्रण गर्ने गरि योजना ल्याउने बताए ।
यसै अवसरमा मुख्यमन्त्री त्रिलोचन भट्टले पनि गेटा मेडिकल कलेज , पश्चिम सेती, उत्तर र दक्षिण जोडने महकाली कोरिडोर ,सेती लोकमार्ग, खुटिया दिपायल सडक मार्ग सञचालनमा संघीय सरकारको सहयोगका चाहिएको बताए ।
धनगढी उप महानगर पालिका प्रशासकिन भवन ७ करोड २३ लाख बढीको बजेटमा सम्पन्न भएको हो । पाच ताले भवनमा अव उप महानगरको प्रशासनिक कार्य सञ्चालन हुने छ ।

इडटपेन 









