सुदूरमा पाठ्यपुस्तकको अभाव कायमैं

 

(धनगढी) बिद्यालयमा पढाई शुरु भईसकेको छ । तर बिद्यार्थिहरुको हातमा अझैं पाठ्य पुस्तक पर्न सकेको छैनन । अभिभावकहरु दिनदिनैं नजिकका पाठय पुस्तक पाइने पसलमा धायकाधायैं छन ।
कक्षा ४ देखी १२ कक्षा सम्मका बिद्यार्थिहरुका लागि पाठयपुस्तकको आपुर्ति गर्ने जन शिक्षा सामग्री केन्द्र लिमिटेडले पाठयपुस्तक उपलब्ध गराउन नसकेका बिक्रेताहरुको भनाई छ । लिमिटेडको सुदूरपश्चिम कार्यालयका क्षेत्रिय प्रमुख धुवराज पन्तले कक्षा ६ र ८का पाठय पुस्तकको अहिले बढी अभाव भएको स्विकारेका छन ।

जनक शिक्षा समाग्री केन्द्र लिमिटेडको क्षेत्रिय गोदामबाट किताव लग्दैं बिक्रेताहरु ।

उनका अनुसार कक्षा ६को नेपाली , गणित र बिज्ञान , कक्षा ८को नेपाली , अग्रेजी , स्वास्थ्य शारिरिक र पेशा बिषयका पुस्तकको अभाव रहेको छ । ‘कोर्ष बदलिएको कक्षा ४, ७ , ९ र १०का पुस्तकहरु बिद्यार्थिहरुको हातमा पहिले पुगाउन खोज्दा पुरानैं कोर्ष रहेको कक्षा ६ र ८को पुस्तकहरुको छपाई ढिलो भएको छ’ उनले भने, ‘येहि बिचमा कागजको अभाव पनि भएकाले छपाई समयमा पुरा गर्न सकिएको छैन ।’ उनले अझैं सवै बिद्यार्थिहरुको हातमा सवै बिषयका पुस्तक पुगाउन समय लाग्ने बताए ।
‘जति छापिदैं आएको छ , हामी बितरण गर्दै गएका छौं’ उनले भने, ‘ अहिले पनि नया कोर्षका कितावहरु आउदैं पठाउदै गरेका छौ । कक्षा ६ र ८का कितावहरु अझैं छापिएर आईपुगेको छैन ।’उनले सुदूरपश्चिमलाई चाहिने २४ लाख थान किताव मध्ये अहिले ५ लाख किताव मात्रैं अपुग भएको बताए । कक्षा ४ देखि १२ सम्मका बिभिन्न किषयमा छुट किताव गरि ५ लाख पुस्तक अपुग भएको बताए ।
।उनले सुदूरपश्चिममा सवैभन्दा पहिला पहाडी जिल्लाबाट पुस्तकहरु बितरण गर्न शुरु गरेको जानकारी दिए । ‘ढुवानी लगायतका समस्याका कारण पहाडी जिल्लामा पछि पुस्तक पठाउन गाहे भएकोले अहिले पहाडका दुर्गम जिल्ला बझांग , बाजुरामा पुस्तक पठाइरहेका छौं’ पन्तले भने,‘ १० देखि १५ दिन भित्रका सुदूरका सवै जिल्लामा पुस्तक पठाई सक्ने भनेका छौं । तर समस्या छपाई भएर आउन चाहि चाडो आउनु पर्यो ।’