(धनगढी) धनगढी उप –महानगरपालिकाले आर्थिक बर्ष २०७९÷०८०का लागि १ अर्व ८३ करोड ८९ लाख २४ हजार अनुमानित बजेट ल्या“एको छ । यो चालु आर्थिक बर्षको तुलनामा जम्मा १ करोड ६ लाख ३१ हजार ८ सय ९७ रुपैयाले मात्रैं बढी छ ।
धनगढी उप– महानगरकी उप मेयर कन्दकला कुमारी राना द्धारा प्रस्तुत कुल बजेटमा चालु तर्फ १ अर्व ३ करोड बढी र पु“जीगत तर्फ ८० करोड ७० लाख ६२ हजार रहेको छ । आन्तरिक आय तर्फ २६ करोड ७९ लाख २४ हजार, राजश्व बाडफाडबाट ४७ करोड२९ लाख३३ हजार, अन्तर सरकार बित्तिय हस्तान्तरणबाट ९६ करोड ४८ लाख , प्रदेश सरकारबाट ३५ करोड ३४ लाख ५ हजार उल्लेख गरिएको छ ।
बजेट बिनियोजनमा पुर्वाधार तर्फ ४५ करोड १० लाख ५२ हजार रहेको छ । जुन कुल बजेटको करिव २५ प्रतिशत मात्रैं हो । समाजिक बिकास तर्फ सवैभन्दा बढी ७४ करोड ७८ लाख ३३ हजार, अर्थात ४० प्रतिशत बढी छ । त्यसपछि ठुलो बजेट कार्यालय सञ्चालनमा ४१ करोड ८५ लाख ७ हजार रहेको छ । क्षेत्रगत कार्यक्रमको आर्थिक बिकास तर्फ १४ करोड ४२ लाख ११ हजार , शुशासन तर्फ ७ करोड ७३ लाख २१ हजार बिनियोजित गरिएको छ ।
बजेटल कर्मचारीको सेवासुबिधालाई यथावत राख्दैं कारारमा कार्यरत कर्मचारीलाई पुनरावोलनक गर्दै प्रशासनिक खर्चको भार घटाउने बताएको छ । बिकास खर्चलाई चालु खर्चमा परिर्वतन गर्न नपाउने भनिएको छ । खरिद प्रकृयालाई पारदर्शि बनाउदैं समयमैं खरिद कार्य सम्पन्न हुने र आफनैं आन्तरिक स्रोतले चालु खर्च धान्ने गरि आत्म निर्भर उन्मुख बजेट कार्यान्वयन गर्ने ब्यवस्था मिलाएको बजेटमा उल्लेख गरिएको छ ।
बजेटमा समेटिन नसकिएका धनगढी नगरवासीका मागहरुलाई योजना बैंकमा राख्दैं क्रमश लागु गर्दै जाने प्रतिवद्धता प्रकट गरिएको छ । धनगढी उप महानगर पालिकाको निति तथा कार्याक्रममा योजना बैंक स्थापना गर्ने भनिएको छ ।
प्रस्तुत बजेट संगै आर्थिक बिधेयक २०७९ र बिनियोजन बिधेयक २०७९ छलफलका लागि टेवुल गरिएको छ ।
‘हाम्रो धनगढी, हामी बनाउछौं’ मेयर गोपाल हमालको चुनावी नारालाई धनगढी उप महानगरको अगामी निति तथा कार्याक्रम र बजेटमा समेत समेटिएो छ । लोककल्याणकारी स्थानिय सरकारको अर्काे चुनावी नारालाई मुर्त रुप दिन मेयर गोपालले बजेटमा पनि सेवा प्रभावलाई अझ प्रभावकारी , पारदर्शि गुणस्तरिय, र जफावदेहि बनाउदैं सुशासनयुक्त बिकास प्रशासन मार्फत समुन्नती हासिल गर्ने संकलप्ल लिएको छ ।

इडटपेन 









