(धनगढी) कैलालीको बर्दगोरिया – ३ रानीकुन्डा खल्लाबाट गएको शुक्रवार ७ वटा गोरुगडा (डल्लव)सहित २२० क्वीफिट सालको गोलिया वनकर्मिले बरामद ग¥यो ।
स्थानिय सूचनाका अधारमा पहलमानपुर डिभिजन वन कार्यालयबाट वनसुरक्षाकर्मिको टोलीले ७ थान डलब्वमा काठ लोड भएको अवस्थामा बरामद गरेको हो । उक्त काठ तस्करीमा संलग्न ३ जनालाई समेत पक्राउ गरेको छ ।
डिभिजन वन कार्यालयका सहायक वन अधिकृत गौचरण चौधरीले उक्त काठ चोरी तस्करीको घटनामा पक्राउ परेका तिन जना सहित थप ४ जनाको नाममा मुद्धा दर्ता भएको बताए । यसअघि रानीकुण्डाको त्यैं स्थानमा २ डल्लवमा २५ क्वीफिट सालको गोलिया बिवारिसे अवस्थामा बरामद भएको थियो ।
दुई साताका दुई घटनाले कैलालीको बर्दगोरिया गाउपालिकामा पर्ने चुरेको घाडीघास क्षेत्रमा रानीकुण्ड क्षेत्रमा काठ चोरीतस्करी भईरहेको कुरालाई पुष्टि गरेको स्वय्म सहायक वन डिभिजन अधिकृत चौधरी स्विकार्छन ।
‘चोरी तस्करीको जानकारीमा आउने घटनालाई समात्न , पक्राउ गर्न सकिरहेका छौं’ उनले भने, ‘साधन स्रोतको अभावमा वन क्षेत्र भित्र रातबिरातमा भएको काठचोरी तस्करी वन क्षेत्रमैं गस्ती गरेर पुर्ण नियन्त्रण गर्न सम्भव पनि छैन ।’
चौधरीका अनुसार पहलमानपुर डिभिजन वन अन्र्तगत पर्ने लम्की चुहा देखी पहमानपुरको चुरेघाडीघास क्षेत्र, बसन्ता संरक्षित वनको पचमुरिया, काठचोरीतस्करी बढी हुने गरेको छ । उक्त क्षेत्रमा डिजिन कार्यालयको साधन स्रोत जनशक्ति अभावले नियन्त्रण गर्न सकिएको छैन । हाते आरामसिन प्रयोग गरेर जंगल भित्रका सालका रुख ढलाउने र गोलिया बनाएर डल्लवमा ओसारपसार गर्ने गरेको स्थानिय जानकारहरुले समेत बताउछन ।
‘स्थानियबाट खवर भएको ठाउमा पुगेर वन सुरक्षाकर्मिले काठ समात्ने गरेको हो’स्थानिय संरक्षणकर्मि हेरुलाल चौधरीले ‘ वन भित्रै गस्ती गरेर चोरीतस्करी नियन्त्रणको प्रयास वन डिभिजनको सक्रियता छैन ।’उनका अनुसार हरेक दिन चुरेको घाडीघास (फेद)बाट ठुलठुला सालका दर्जनौ रुखहरु ढल्छन । राजमार्गका छेउछाउका सःमिलमा पुग्ने गरेका छन ।
सहायक वन अधिकृत चौधरीले पनि स्थानिय खवरबाटैं वनकर्मिले चोरीतस्करीको काठ समातिने गरेको बताए । उनले भने, ‘काठ चोरीतस्करीमा स्थानिय सहयोग आवश्यक पनि छ । ’
डिभिजन वन कार्यालय पहलमानले आर्थिक २०७८÷२०७९मा करिव ४ सय क्वीफिट काठ बरामद भएको बताए ।
कैलाली जिल्ला अन्र्तगतको अर्काे धनगढी वन डिभिजन अन्र्तगतको वन क्षेत्रबाट समेत काठ चोरी तस्करी भईरेको छ । गौरीगंगा नगरपालिका देखि चुरे सम्मको वन क्षेत्र धनगढी वन डिभिजन अन्र्तगत पर्ने गरेको छ ।
धनगढी वन डिभिजनको कार्यालयले आर्थिक २०७८÷२०७९मा २२ घटनामा १ हजार ७ सय ३१ क्वीफिट चोरीतस्करी गर्दै गरेको अवस्थामा वनकर्मिले समातेको छ ।
धनगढी वन डिभिजन अन्र्तगत सवैभन्दा धेरै काठचोरी तस्करी गोदावरी नगरपालिकाको गोदावरी तिर्थधाम माथीको राष्ट्रिय चुरे वनबाट हुने गरेको छ ।
गोदावरी माथीको चुरे वन सखापैं भएको तेघरी गोदावरी सामुदायिक वनका पुर्व अध्यक्ष कैलास जोशीले बताए । ‘अतिक्रमण र खडा रुख कटानी संगैं बढेको छ’उनले भने, ‘वनकैं कर्मचारीको मिलोमतोमा काठ चोरी तस्करी र अतिक्रमण भएको छ ।’
गोदावरी क्षेत्रमा भएको वन क्षेत्र अतिक्रमणमा स्थानिय दलका नेता , वनका कर्मचारी र अत्तरियाका ठुला ब्यपारी समेत संलग्न भएको उनको कथन । उक्त क्षेत्रमा बढेको अतिक्रमणमा बारम्वार चर्चामा आउदा समेत राजनितिक संरक्षणको कारण हटाउन गाहे भएको जिल्ला वन अधिकृत केशव पराजुलीले बताए ।
गोदावरी पछि गौरीगंगाको चुरे क्षेत्रमा काठ चोरी तस्करी हुने गरेको छ । चुरेको फेदमा भईरहेको काठचोरी तस्करी सम्वन्धमा सामुदायिक वनका अध्यक्ष जोशी एक्लो नय“ा मान्छे अहिले पनि जंगल भित्र पस्न नसक्ने बताए ।
‘अन्जानबस जंगलको बाटो नय“ा मान्छे प्रवेश गरेपछि जंगल भित्र काठचोरी गरिहेका समुहबाट धम्काएर पठाउने गरेका छन’ उनले भने, बाह्मासनैं कटान छ ।कोहि अनुगमन गर्न आएपछि कैलालीको चुरे क्षेत्रमा कति अवैध कटान बढेको छ । थह“ा पाउथे।’
स्थानिय जानकारीका अनुसार चुनावको समय परेकोले पनि येतिबेला काठचोरी तस्करी बढेको छ । डिभिजन वन अधिकृत पराजुलीले चुनावको समयमा बन क्षेत्र भित्र स्थानियको पनि धयान कम जाने र वनका केहि कर्मचारी पनि चुनावमा खटिएको कारण काठ चोरीतस्करी बढेको स्विकारे । उनले कैलाली र कञचनपुरको वन जंगल भित्र गस्त ीगर्न बर्खाको समयमा बाटोघाटोको समस्याले पनि बर्खाको मौसम शुरु भएकोले काठ चोरीतस्करी अझ बढन सक्ने आशंका उनलेब्यक्त गरे । तर उनले यस तर्फ वन डिभिजन कार्यालय पुर्ण सर्तक रहेको दावी गरे ।
निर्माणाधिन घरमा अवैध काठ
धनगढीमा हरेक बर्ष एक सय भन्दा बढी पक्की भवनहरु निर्माण सम्पन्न हुन्छन । एउटा भुई तले घरको चार ढोका र ६ झ्यालका लागि कम्तीमा एक सय साठी क्वीफिट काठ आवश्यक हुन्छ । यस हिसावमा सय घरका लागि १६ हजार क्यूफिट काठ एक तले भवनका लागि चाहिएको हुन्छ । धनगढीमा अहिले एक तले भन्दा दुई वा दुई भन्दा बढी घरको नक्सा पास भईरहेको धनगढी उप महानगरपालिकाले जानाएको छ ।
बागेश्वर सःमिल तथा फर्निचर उद्योगका घनश्याम चौधरीले धनगढी लगायत स्थानियहरु आफनो ५प्रतिशत पनि ग्राहक नभएको बताएका छन । त्यस्तै अन्य सःमिल उद्योगका प्रोपराईटहरुले पनि राजधानी पोखरा लगायतका शहरहरुमा आफनो उद्योगबाट काठ जाने गरेको बताए ।
‘धनगढीका निर्माणधिन अधिकांस घरका झ्याल ढोका काठका बन्छन’ चौधरीले भने, ‘घरधनीले काठ कहा बाट ल्याउछन , हामी अचम्ममा छौं । हाम्रा काठ उद्योगबाट काठ स्थानियले उठाएको हुदैंन ।त्यसैले निर्मााधिन घरको अधिकांस काठ अवैध तथा चोरीको हुनु पर्छ ।’ चोरीको काठको बजारले बैध ब्यपार गर्ने काठ ब्यवसायी समेत धरापमा परिरहेको उनको भनाई छ ।
धनगढी मात्रैं नभएर गोदावरी अत्तरिया, लगायत कैलालीको पुर्व पश्चिम राजमार्गका स्थानिय बजार शहरिकरण तर्फ उन्मुख छन । यहा निर्माण भईरहेका घर तथाअन्य पुर्वाधारमा प्रयोग भएको अधिकांस चोरीको भएकोे जानकारहरुले बताए ।
वन डिभिजन कार्यालय धनगढीका डिभिजन अधिकृत .(डिएफओ) पराजुलीले पनि स्थानिय स्तरमा निर्माणधिन घर तथा पुर्वाधार संरचनामा प्रयोग भएको अधिकांस काठ चोरी तस्करीबाट आउने गरेको स्विकारे । जिल्ला काठ आपुर्तिले स्थानियलाई घर निर्माणकालागि प्रति ब्यक्ती घरलाई ८० देखी १ सय ६० सम्म काठ उपलब्ध गराउने ब्यवस्था छ । बिगत दुई बर्ष देखि सरकारले काठ प्रतिवन्द लगाउदा जिल्ला आपुर्तिबाट समेत काठ आपुर्ति बन्द थियो । ‘तर घरहरु त निर्माण भईरहे’ उनले भने ‘त्यसैले सदरमुकाम धनगढी सहित स्थानिय स्तरमा निर्माण भएका घरमा अधिकांस चोरीकैं काठ आउने देखिन्छ ।’

इडटपेन 









