बिशेषज्ञ वडा स्वास्थय क्लिनिक’ शुभराम्भ

(फुलवारी, कैलाली) धनगढी उपमहानगरपालिका–१९ नम्वरवडाकी सुनिता चौधरीले लामो समय देखि महिनावारीको बेला तल्लो पेट दुख्ने पिडा लुकाएर बसेकी थिइन । पहिलोे पटक फुलवारी स्वास्थय चौकीमा जचाउन पुगेकी थिइन । त्यहा“ कार्यरत स्वास्थयकर्मिले उनलाई सेती अपस्ताल जान सुझाएको थियो । तर उनले पैसाको जोहोे गर्न नसकेर पिडा सहेर बसेको बताईन ।
आईतवारबाट धनगढी उप महानगरपालिका द्धारा शुरु गरेको ‘बिशेषज्ञ वडा स्वास्थय क्लिनिक’ ज“ाच गराउन पाइन । उनले निशुल्क औषधी पाइन । त्यस्तै लक्ष्मी चौधरीको पाटेघरको समस्या थियो । उनी पनि पैसाको अभावमा सेती अस्पताल धनगढी सम्म आइपुग्न सकेकी थिएनन । वडा क्लिनिकमा डाले निशुल्क पाटेघरको रिंङ बाधि दिएपछि उनलाई हाइसन्चो भएको छ ।
जेष्ठनागरिक ७५ बर्षे गोरख बहादुर सिहको छाती दुख्ने समस्या थियो । ‘बुढेसकालमा छोराबुहारीले ठुलैं स्वास्थ्य समस्या नभए सम्म, अस्पताल लैजान मान्दैन्न’ उनले भने, ‘मेरो छाती दुख्थ्यो । अहिले उपचार गर्न पाए“ । औषधी पनि पाएको छु । खुसी भए । ’उनले घुम्ती स्वास्थय शिबिरबाट पाएको लाभले आफुलाई स्थानिय सरकारको अनुभती भएको बताए ।
उनी लगायत २ सय जनाले बिशेषज्ञ सेवा पाए । बिशेषज्ञ चिकित्सकिय सेवाका लागि धनगढी स्थित सेती अस्पताल आउनु पर्ने बाध्यता छ । धनगढी उपमहानगरपालिकाले आईतवार देखि वडा नम्वर १९बाट ‘बिशेषज्ञ वडा स्वास्थय क्लिनिक’को शुभराम्भ गरेको छ । मेयर गोपाल हमालले आफनो चुनावी ऐजन्डामैं ‘बिशेषज्ञ वडा स्वास्थय क्लिनिक’ सेवा राखेको थियो ।
उप महानगरको निती र कार्यक्रममा प्राथमिक योजना रहेको वडा क्लिनिक सेवा चालु आर्थिक बर्षको दिनमा मेयर हमालले शुभराम्भ पनि गरेका छन । एक बिशेष समारोह बीच शुभराम्भ गरिएको बिशेषज्ञ वडा क्लिनिक सेवाको उद्धघाटन मुख्यमन्त्री त्रिलोचन भटटले गरेका छन ।
मुख्यमन्त्री भट्टले धनगढी उपमहानगरले शुरु गरेको महिनामा एक दिन एक वडामा बिशेषज्ञ स्वास्थय क्लिनिक सञचालनको सिको सुदूरपश्चिम प्रदेशका सवै स्थानिय तहले गर्न आग्रह गरे । ‘स्वास्थ्य सेवालाई सवैको पहुचमा पुगाउने र सुधार गर्ने हो भने बिशेषज्ञ वडा स्वास्थय क्लिनिक सञ्चालनले ठुलो मद्धत पुगाउने छ’ उनले भने,‘ प्रदेश सरकार यस्ता स्वास्थयका प्रभावकारी कार्यक्रममा साझेदारी गर्न तयार छ ।’
मेयर हमालले ‘बिशेषज्ञ वडा स्वास्थय क्लिनिक’ साझेदारी योजनाको रुपमा सञ्चालनमा ल्याएको बताए । ‘आफनो कार्यकालको पा“च बर्ष निरन्तर यो ‘बिशेषज्ञ वडा स्वास्थय क्लिनिक’ सञचालनमा रहने छ’ उनले भने,‘ यसलाई उप महानगरले साझेदारी कार्यक्रम तथा योजना अन्र्तगत राखेको छ । सवैको सहयोग पनि चाहिएको छ ।’ उनले कुखुरा बेचेर उपचारका लागि धनगढीका अस्पताल आउनु पर्ने दिनको अन्तय गर्ने उद्देश्यले यो कार्यक्रम लागु गरिएको बताए ।
उनका अनुसार दुई जना फिजिसियन रस्त्रीरोग बिशेषज्ञ डाक्टरको मासिक २÷२ लाखका दरले चिकित्सकिय शुल्क भाटभाटेनी सुपर मार्फेटले पा“च बर्ष सम्मका लागि ब्यहोर्ने सम्झौता धनगढी उपमहानगर संग गरेको छ । प्रदेश सरकारको समाजिक बिकास मन्त्रालयबाट २५ लाख बरावरको स्वास्थय जा“चको मेशनरीका सहयोग उपलब्ध गराएको छ । औषधी ब्यवसाय संघ र ब्यवसायी ,समाजसेवी दाता सस्थाबाट औषधी उपलब्ध भएको छ ।
‘खासगरि ग्रामिण महिलाहरुलाई स्वास्थ्य सेवा पहु“चबाट टाढा छन’ उनले भने,‘ पस्सुति तथा स्त्रीरोग बिशेषज्ञ वडा क्लनिकमा छन । यो हाम्रो प्रकारले आमा बचाउ कार्यक्रम भन्दा हुन्छ ।’ उनले यस कार्यक्रमलाई सवैतिरबाट सहयोग प्राप्त भएमा महिनामा दुई दिन चार दिन थप्न सकिने बताए । मेयर हमालले आफु चडने गाडीलाई समेत वडा क्लिनिक कार्यक्रम सञ्चालनका लागि दिएको बताए ।
उप महानगरको वडा नम्वर १९बाट शुरु गरेको ‘बिशेषज्ञ वडा स्वास्थय क्लिनिक’ प्रत्येक वडामा महिनाको एक दिन त्यै दिनमा सञचालन गरिने महानगरका स्वास्थ्य शाखा प्रमुख कृष्ण बोहराले जानकारी दिए । यस क्लिनिकमा बिशेषज्ञ सेवा मात्रैं नभएर , रगत पेशास दिशा जाच , ईसिजी , भिडियो एक्सरे जाच समेत गरिने बताए । ‘क्लिनिकले दिने सवै प्रकारको सेवा शुल्क लाई भन्दा एक बिरामीले १० हजार बढीको निशुल्क सेवा पाएको हुन्छ’ बोहराले भने,‘ नेपाल सरकारले दिने ७५ प्रकारका औषधी संगैं यस कार्यक्रमलाई बाहिरबाट सहयोग भएका अन्य औषधी पनि बिरामीले पाउने छन ।
‘बिशेषज्ञ वडा स्वास्थय क्लिनिक’का फोकल पर्सन योगेश कुमार अवस्थीले आईतवार वडा नम्वर १९का २ सय बढी जनाको स्वास्थय ज“च गरिएको बताए । उनका अनुसार अधिकांसमा मधुमेह , मुटु रोगी , हाडजोर्नी , समस्या बढी देखिएको छ । महिलाहरुमा पिआईडी , केहिलाई पोटघर ,बाझोपनको समस्या देखिएको छ । एक जना श्वासप्रश्वसा समवन्धी बिरामी र अर्काे आधा शरिर चल्ने ‘हिमिरेजिया’को बिरामीलाई रिफर गरिएको बताए ।
उनका अनुसार ‘बिशेषज्ञ वडा स्वास्थय क्लिनिक’मा फिजिसयन बिशेषज्ञ डा बिकास रिजाल , प्रस्सुती तथा स्त्रीरोग बिशेषज्ञ डा शारादा गुरुङ्गले स्वास्थ्य जाच गरिरहेका छन । उनका सहयोगीको रुपमा उप महानगर स्वास्थ्य शाखाका ४ र वडा स्वास्थ्य चौकीका कर्मचारीले सहयोग गरिरहेको बताए ।