(भजनी, कैलाली) कैलालीको भजनी नगरपालिका वडा नम्वर ५को लाबोझी कुटीको कान्द्रा नदी छेउको जंगलको कुनामा १५ परिवार दलित बस्छन । उनिहरुको टिन छाएको सानो कच्ची घर र करेशवारी लगाउन जति जमिन छ । यहा“ बस्दैं आएको पा“च बर्ष बढी पुग्न लागेको उनीहरुले बताएका छन ।
उनिहरुका लागि बर्खाको तिन महिना काटन ज्यादैं मश्किल हुने गरेको छ । अका“स मडारिएको बार्खाको रात हुलाकी सडकमा बित्ने गरेको छ । जंगल छेउको उनिहरुको बस्ती हुलाकी सडक नजिकै पर्छ । गएको असार १५को बर्षापछि उनिहरु हुलाकी सडकमा त्रिपाल थापेर बसेका छन ।
‘असार १५को भारी बर्षाले जंगलको पानी बगेर घर भित्र पस्यो’ लालबहादुर कामीले भने, ‘कान्द्र नदीमा बाढी पनि उर्लिर आएपछि डरले हुलाकी सडकमा त्रिपाल थापेका हौ ।’ कान्द्रा नदी पनि उनिहरुको घर भएको स्थानबाट सय मिटर दुरीमा छ । नदीमा बाढी धेरै आउदा उनिहरुको घर पनि डुब्ने गरेको छ ।
समान्य बर्षामा पनि जंगलको पानी उनिहरुको घर भित्र पस्ने गरेको उनिहरुले बताए । ‘त्यो असार १५ पछि त्येति धेरैं बर्सा नभएपनि बर्खामा बाढीको भर हुदैंन’ अर्का राजु कामीले भने, ‘बर्खा काटेपछि मात्रैं सडक किनारबाट त्रिपाल उठाउनु पर्ला ।’उनका अनुसार माथी चुरेमा पानी पर्दा समेत कान्द्रामा बाढी आउने घरमैं रात बाढीले बगाउने डर भएको बताए ।
उनिहरुले घर भित्रको लुगाकपडा, खाद्यन्न रमहत्वपुर्ण कागजात पनि त्रिपाल मुनिनै राखेको बताए । भजनी ५ लालबोझीको पलियाबाट हुलाकी सडकको कारण बिस्थापित भएर य“हा आएर बसेको भान बहादुर बिकले भने । ‘पहिला परम्परागत बाटोको छेउमा पलिया कुटीमा बसेका थियौ’ उनले भने, ‘हुलाकी सडक क्षेत्रअधिकार भित्र हाम्रो घर परेपछि, त्य“हाबाट स्थानियले यह“ा निर लिएर राखेको हो ।’
उनले बस्ती र नदी छेउको सानो जंगल किनारामा घरबासका लागि स्थानियले बसाएको बताए । तर यहा बर्खामा बाढीको अतिनैं दुख्ख पाईरहेको बताए ।
उनले यहा घरवासका लागि मात्रै. जमिन दिएकोले जिविकापार्जनका लागि दिन मजदुरी गर्नु परेको बताए ।
लाल बहादुर कामीले सरकार संग आफनो बास सुरक्षित स्थानमा गरिदिनका माग गरेका छन । ‘घरबासकै लागि भएपनि बाढी नलाग्ने ठाउ देवस भन्छौं’ उनले भने, ‘ बास बस्ने ठाउ सुरक्षित भए पछि जिविका पार्जनका लागि मजदुरी गर्दै आएका छौं । दिनभरी मजदुरी गरेर साझ घर फर्क सकिन्थ्यो । ’
केटाकेटी गर्ववती महिला सवै त्रिपाल मुनि रात काटिरहेको उनले बताए । उनका अनुसार एक घर परिवारमा कम्तीमा ५ जना छन । जसअनुसार १५ परिवारको ७५ जना सडकको त्रिपाल मुनि रात काटिएरहेको बताए । त्रिपाल गएको बर्ष स्थानिय नगरपालिकाबाट प्राप्त गरेको बताए ।
गाउभरिउजालो बत्ती छ । उनिहरुको झपडीमा उजालो पनि छैन । खानेपानी नाल्काको प्रयोग गर्छन । पानी पनि शुद्ध नभएको उनीहरुले बताए ।
उनले २० बर्ष अघि कालीकोटबाट बसाइ सरका १५ परिवार पलिया कुटीको छेउमा आएर बसेका बताए । ‘।सरकारले आफुहरु बसेको ठाउमा नापनक्सा गरेर लालपुर्जा नदिदा ऐलानीमैं हाम्रा घर टहरा थिए’ उनले भने, ‘ हामी बसेकै ठाउमा हुलाकी सडकको सर्भेगरि निर्माण शुरु गर्दा हाम्रो उठिवास भयो ।’ उनका अनुसार पहिलाको ठाउ पनि बाढी लाग्ने भएपनि अहिलेको जस्तो सानो पानीमैं घर डुब्ने अवस्था थिएन । ‘कान्द्र नदीमा बाढी आएपछि त पुरै लालबोझी डुब्छ’ उनले भने, ‘यहा त जंगलको भलपनि बगेर घर भित्र पस्दा समस्या भयो ।’

इ-डटपेन 









