(धनगढी)–साउनको दोस्रो साता कैलालीमा नेतादेखि समाजसेवी र उच्चपदस्थ सरकारी कर्मचारीलाई भ्याई नभ्याई थियो । जिल्लाका सबैतिर बृक्षारोपणको यस्ता लहर चलेको थियो, मानौ कि, सिंगो जिल्ला अब केही बर्षमा हरियालीले भरिनेछ ।
६ गते देखि १० गतेसम्म नेपाली का“ग्रेस कैलालीले धनगढी चौराह देखि हसनपुर पन्चोदय स्कुल पछाडीसम्म ४०औं बीपी स्मृतीको अवसरमा बृक्षारोपण कार्यक्रम ग¥यो । यि दुवै वृक्षारोपणका काग्रेसका स्थानिय देखि जिल्लास्तरिय नेतासम्म उपस्थित थिए । काग्रेसले बीपीको स्मतीमा वृक्षारोपण गरेको यो पहिलो बर्ष होईन् । तर रोपेको सबै बिरुवा हुर्किदैनन् । तर पनि हरेक बर्ष सनातनी परम्परा झै बृक्षारोपणको कार्यक्रम जारी छ । सहायक वन अधिकृत पुर्णशंकर यादव नै बृक्षारोपण एउटा फेसन जस्तो भएको स्विर्काछन् । उनले भने, ‘रोपिएका बिरुवा जति सवैं हुर्किएको भए‘, दर्जन बढी बीपी ‘प्लानटेसन’ क्षेत्र बनी सक्थ्ये होला ।’
१ साउनमा धनगढी उप–महानगरले भन्सार रोडको ६ लेन सडकमा पनि बृक्षारोपण कार्यक्रम गरेको थियो । १२ साउनमा पनि नैनादेवी क्लवले धनगढी रंगशालामा सय विरुवा बृक्षारोपण गरेको थियो । यि सबैजसो कार्यक्रममा रोपिने विरुवाको संख्या भन्दा धेरै मान्छेहरुको उपस्थिती मात्रै देखिन्न तामझाम र सेल्फी हानाहान पनि उस्तै देखिन्छ । वृक्षरोपणका लागि कुदाकुद कतिसम्म देखिन्छ भने धनगढी उपमहानगरका मेयर गोपाल हमाल साउन महिनामा प्रत्येक साता दुई वटाको दरले बृक्षारोपण कार्यक्रममा सहभागी भएको देखिन्छ ।
साउन र भदौका दुई महिनालाई जिल्लास्थि बन विभागका कर्मचारीहरु वृक्षारोपण महिनाका रुपमा चिन्छन् । तर बृक्षारोपण गरिएका सबै रुख हुर्किएको देखिन्न् । संरक्षणकर्मी बिजय कुमार श्रेष्ठ बृक्षारोपण भन्दा त्यसलाई हुर्काउनु ठुलो काम भएको बताउ“छन् । उनले भने, ‘रोपिएका जति सवै बिरुवा हुर्केका भए“, ‘प्लानटेसन’ क्षेत्रले कैलालीको आवाधीलाई ढाक्थ्यो होला ।’ बन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका अनुसार एउटा विरुवाका निम्ती ४ देखि ५ मिटर क्षेत्रफल चाहिन्छ ।
बृक्षारोपणको यस्तो फेसनका निम्ति जिल्लास्थित बन कार्यलय पनि उत्तिकै जिम्मेवार देखिन्छ । किनकी धेरैजसो बृक्षारोपणका बन कार्यलयले नै विरुवा उपलब्ध गराउ“छ । तर ति रोपेका बिरुवा हुर्काउने जिम्मेवारी न वृक्षारोपण गर्ने संघ संस्था वा समुहले लिन्छ न बन कार्यलयले नै त्यसको नियमन गर्छ । फलतः सरकारी ढुकुटी खर्चेर हुर्काईएका विरुवा त्यसै मर्छन् । संरक्षणकर्मी श्रेठले भने, ‘बर्खामा वन कार्यालयहरुबाट निशुल्क पाउने बिरुवालाई खाली ठा“उमा बृक्षारोपण गर्ने एक प्रकारको रहर र लहर चलेको छ । यसरी त बिरुवा उत्पादनमा हुने लगानी खेर मात्रै गईरहेको छ ।’
जिल्लामा धनगढी र पहलमानपुरमा दुईवटा डिभिजन बन कार्यालयहरु छन् । यि दुवै बन कार्यलयले हरेक बर्ष लाखँैंको संख्यामा विरुवा उत्पादन गर्छन् । धनगढी वन डिभिजन वन कार्यालयका योजना शाखाका सहायक वन अधिकृत डवल बहादुर बोहराले कैलालीमा हरेक बर्ष १० लाख भन्दा बिरुवा उत्पादन गर्ने र त्यैं हाराहारीमा बृक्षारोपण गर्ने गरि बजेट बिनियोजित हुने गरेको बताए
धनगढी डिभिजन कार्यालयस“ग आर्थिक बर्ष २०७८÷०७९ मा ८८ लाख ५० हजार बजेटमा ८ लाख ८५ हजार बिरुवा उत्पादन गरेको थियो.। जसमध्ये यसले बिभिन्न जातका करिब २ लाख बिरुवा बृक्षारोपण गरिसकेको छ । जसमा १ करोड ८४ लाख ४८ हजार खर्च भएको देखिन्छ । कार्यलयले ९२ हजार विरुवा विभिन्न चार सामुदायिक बनमा बृक्षारोपण गरेको र अन्य करिब ७ लाख विरुवा सामुदायिक वन, संघसस्था, ब्यक्तिहरुलाई निशुल्क बृक्षारोपणका लागि दिएको देखिन्छ ।
पहलमानपुर डिभिजन कार्यालयले २१ लाख बजेटमा २ लाख १० हजार बिरुवा उत्पादन गरेको देखिन्छ । जसमध्ये कार्यालले यही बर्षामा ९ हेक्टर जमिनमा करिव १२ हजार बिरुवा बृक्षारोपण गरेको र बा“की १ लाख ९० हजार बिरुवा बृक्षारोपणका लागि सामाजिक सस्था, सामुदायिक वन र ब्यक्तिलाई बितरण गर्यो । ‘बृक्षारोपणका लागि ५० लाख बजेट थियो’ सहायक वन अधिकृत सुरेन्द्र कठायतले भने, ‘तारबारसहितको १२ हजार बिरुवा बृक्षारोपणमा ३४ लाख खर्च भएको छ ।’
धनगढी डिभिजन वन कार्यालयका योजना शाखाका सहायक वन अधिकृत डवल बहादुर बोहरा नै बृक्षारोपणका कार्यक्रम प्रभावकारी नभएको स्विकार्छन् । यसका पछाडी उनको तर्क छ, कार्यलयस“ग बृक्षारोपण गनेृ रकम छ, हुर्काउने शिर्षकमा बजेट छैन् । उनले भने, ‘दश बर्षमा बृक्षारोपण गरिएका बिरुवा मध्यें आधा मात्रैं बा“चेका भए, कैलालीमा ५० लाख रुख बृद्धि हुन्थे ।ं’
सहायक वन अधिकृत पुर्ण शंकर यादवको हिसाबमा दुई बन डिभिजन कार्यालयले दस बर्षमा एक करोड विरुवा बाढेको अनुमान सुनाउ“छन् । उनले भने, ‘यकिन तथ्यांक त छैन । तर एक करोड हारहारीमा विरुवा उत्पादन र बृक्षरोपण भएको हुनुपर्छ ।’ उनले कैयन स्थानमा त बारम्बार बृक्षारोपण हुने गरेको तथ्य बताए । उनले भने, ‘अघिल्लो बर्ष बृक्षारोपण गरिएका बिरुवा हुर्किन नसक्दा पुनः त्यैं ठाउमा रोपण गर्नु परेको छ ।’
जस्तो कि, कैलालीको गोदावरीको लक्ष्मी सामुदायिक वनको अतिक्रमित २१ हेक्टर खाली क्षेत्रमा गत बर्ष १० लाखको लगानीमा दश हजार बिरुवा रोपिएको थियो । तर विभागका अनुसार त्यहा“ दस हजार विरुवा पनि हुर्केनन् । उनले भने, ‘यो बर्ष पुनः १० लाखको बजेटमा १२ हजार बिरुवा रोपिएका छन ।’ कार्यलयले यही क्षेत्रको नया“ खाली ठाउमा थप १६ हजार बिरुवा बृक्षारोपणका लागि १३ लाख बढी रकम छुट्याएको छ ।
बन कार्यालयको वृक्षारोपणको कामस“ग सामुदायिक बनका सदस्यहरु भने खुशी देखिन्नन् । राधाकृष्ण सामुदायिक वनका अध्यक्ष खुम बहादुर खडकाले सामुदायिक वनलाई नैं बृक्षारोपणको लागि लगातार बजेट पार्नु डिभिजन वन कार्यालयको गलत निति रहेको बताए । उनले भने, ‘रोपिएका बिरुवा हुर्काउन नसक्नेलाई दोस्रो पटक नदिने निती बनाउनु पर्छ ।’
रोपेका रुखहरु हुर्के नहुर्केको हिसाब किताब केही नराखेपनि बन कार्यालयहरुले रुख रोप्ने काम जारी राखेको देखिन्छ । जस्तो कि, धनगढी वन डिभिजन कार्यालयले यो बर्ष उप महानगरको १७ र कैलारी गाउपालिकाको ९ नम्वर वडाको सामुदायिक वनको अतिक्रमित ११ हेक्टर क्षेत्रमा १४ लाख २४ हजार खर्चेर १६ हजार बिरुवा रोपेको देखिन्छ । त्यस्तैं गौरीगंगा ५ अण्डैयामा १३ हेक्टर खाली क्षेत्रमा १३ लाख २४ हजारको बजेटमा १६ हजार बिरुवा र सहजपुर मथुराको ४ हेक्टरमा ५ लाखको बजेटमा पनि १६ हजार बिरुवा रोपेको देखिन्छ ।
बृक्षारोपणका सरकारी निकायले गरिरहेको खर्चमाथी पनि सामुदायिक बनका नेतृत्वकर्ताहरु प्रश्न गर्छन् । तेधरी सामुदायिक वनका पुर्व अध्यक्ष कैलास कुमार जोशीले गौरीगंगा ५ अण्डैयामा १३ लाख २४ हजार विरुवा रोप्दा १३ लाख २४ हजार खर्च हुने र सहजपुर मथुरामा १६ हजार विरुवा रोप्दा ५ लाख खर्च हुने कसरी भयो भनेर प्रश्न गरे । उनले भने, ‘बृक्षारोपणको नाममा केही गडबड भईरहेको छ ।’
डिभिजन वन कार्यालयका प्रमुख डिएफओ केशव पराजुलीले सामुदायिक वन उपभोक्ता समिति बाट श्रमदान भएको ठाउमा कम बजेटमा धेरै बिरुवा रोपिएको बताए ।उनका अनुसार सहजपुर मथुरा सामुदायिक वनमा स्थानिय श्रमदान मिलेकोले ५ लाखको बजेटमा पनि १६ हजार बिरुवा रोपिएको बताए । गौरीगंगा अण्डैयामा अतिक्रमण गरि खाली गरिएको ठाउमा भएको बृक्षारोपणमा श्रमदान नभएकोले १३ हजार बिरुवाका लागि पनि १३ लाख खर्चिएको बताए ।
कैलालीमा निजी क्षेत्र र बन कार्यालयले मात्रै बृक्षारोपण गरिरहेका छैनन । राष्ट्रपति चुरे कार्यक्र ले समेत जिल्लामा बृक्षारोपण गर्दै अँईरहेका छन् ।
चुरे संरक्षण अन्र्तगत जिल्लामा १६ सय बिरुवा वृक्षारोपण गरिएको कार्यक्रमका प्रमुख भरत भट्टले बताए । उनले कैलालीको घोडाघोडी नगरपालिका ९ भगतपुरमा १६ सय बिरुवा सिसौं , खयर रमसलाका बिरुवाको बृक्षारोपण गरिएको बताए । उक्त बृक्षारोपण कार्यक्रममा २ लाख बढी खर्च भएको उनले जानकारी दिए ।
बन प्राविधिक उपसचिव बद्री बहादुर कार्की, विरुवा रोप्नु अगाडी संरक्षणको उपाय के छ भन्ने सोचेर मात्रै वृक्षारोपण गर्नुपर्ने सुझाउ“छ्न । बृक्षारोपण गरिएकालाई कसरी हुर्काउने भन्ने योजना नभएसम्म रोप्नुको अर्थ नहुने उनको भनाई छ । उनले भने, हेरालु राखिएन, चरिचरन रोकिएन, अतिक्रमण भईरह्यो, डडेलो र आगलागी भईरह्यो र खनजोत भईरह्यो भने जति विरुवा रोपेपनि अर्थ छैन् । उनले पछिल्लो केही बर्षयता देशभर यस्तो समस्या दोहोरिएकाले सरकारले बहुबर्षिय बिरुवा र एक बर्ष नर्सरीमा हुर्केका विरुवा रोप्नलाई जोड दिएको छ । उनले बरु कम विरुवा रोप्ने तर गुणस्तरिय विरुवा संरक्षण गरेर हुर्काउन सुझाउ“छन् ।
कान्तिपुरबाट सभार

मोहन बुडाऐर 









