(धनगढी) राष्ट्रिय गौरवको योजनामा रहेको रानी जमरा कुलरिया सिचाइ आयोजनाको नहरमा चार मेगावट बिजुली उत्पादन गर्ने हाइड्रो पावरको निर्माण अनितम चरणमा पुगेको छ ।
ईन्जिनिय तोप बहादुर खत्रीका अनुसार ९० प्रतिशत भौतिक प्रगती भईसकेको हाइड्रो पावरबाट चैत्र मसान्त भित्रमा बिजुली उत्पादन भई सक्ने छ । उत्पादित ४ .७१ मेगावट बिजुलीलाई नेशनल गे्रडको लम्की स्टेशसन संग जोडने छ हाईड्रो पावर रहेको कटासेबाट लम्की सम्मको साढे ६ किलोमिटर । बिद्युतिय तार र ट्रान्समिटर लाईन तान्ने काम समेत सम्पन्न भईसकेको छ ।
‘भदौं भित्रमा सम्पन्न गर्ने गरि काम भएको भएपनि प्राविधिक रुपमा केहि समस्या पैदा भएकोले ६ महिना पछि धकिलन पुगेको छ ’ इनिजनिय खत्रीले भने, ‘ चैत्र भित्रमा बिजुली उतपादन भईसक्छ ।’ हाइड्रो पावरे निर्माण काम सम्पन्न भइ नसक्दा मुल नहरमा अझै पानी बगाउन सकिएको छैन ।
हाइड्रो पावर रानी जमरा कुलरिया सिचाइ आयोजनाको इनटेक बाध देखि १० किलोमिटरदुरी मुल नहरको पानीबाट बिजुली निकाल्ने काम भईरहेको छ । यसको ठेक्का भारतको स्युटी एण्ड नेपालको टुडी कम्पनीले संयुक्त रुपमा लिएको छ । बि.स. २०७१÷२०७२मा नेपाल सरकारले उक्त ठेकादार कम्पनी संग निर्माणको ठेक्का सम्झौता १ अर्व ९८ करोडमा गरेको थियो । हाल सम्म बित्तिय प्रगती ८५ प्रतिशत भईसकेको छ ।
उक्त हाइड्रो पावरमा नहरबाट करिव साढे ७ मिटर तल खसालेर ३ वटा कल्पलान टरवाइनबाट बिजुली उत्पादन हुने छ । सेटलिंग बेसन,वाइफरेशन तथा बिद्युत गृहको सम्पुर्ण गेटको हाइड्रो मेकानिकल कार्यहरु सम्पन्न भई पानी सञ्चालन गर्न सकिने अवस्था सम्मका कार्यहरु पुरा भई सकेको इन्जिनियर खत्रीले बताए ।
उनका अनुसार बिद्युतिय प्रशारण लाइन लम्की सव स्टेशन सम्म पुर्याउने कार्यका लागि आवश्यक जग्गाको भोकाधिकार पाउन आईइ समेत स्विकृत भईसको छ । त्यहा रहेका १५ रुख कटान मात्र बाकी रहेको उनले बताए ।
बिद्युत गृह निर्माण भई बिजुली उत्पादन पछि प्राप्त हुने राजश्व बा“डफा“ड र बिद्युत गृह सञ्चालन तथा मर्मत समभार कार्य तय गर्नका लागि कार्यबिधि तय भई सकेको भने छैन । निर्माण सम्पन्न पनि कस्को जिम्मामा लगाउने भन्ने समेत निर्णय नभएकोले इन्जिनियर खत्रीले बताए । उनले यसका लागि मन्त्रालयमा कार्यबिधि स्विकृती हुने काम चाडैं हुनु पर्ने बताए ।

इडटपेन 









