(धनगढी) तिन दिन देखि परेको अविरल बर्षाले जिल्लाभरमा दुई हजार बढी घर डुवानमा परेका छन । करिव दुई बढी परिवार बिस्थापित भएका छन ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार जोशीपुरमा ४ सय , कैलारी १ सय ८० , टिकापुर १ सय ७५, भजनी १ हजार ५० सय जानकी ९५ लम्की– चुहा १ सय ५० धनगढीमा १५ परिवार गरि २ हजार ५५ घर डुवानमा परेको प्रारम्भिक जानकारी आएको बताए । टिकापुरमा ७०, जानकीमा ६५ परिवार र भजनीमा ८सय ब्यक्तिहरु बिस्थापित भएको जिल्ला प्शासन कार्यालयले जनाएको छ ।
उनले बिवरण ‘अपडेट’ भईरहेकोले अहिल्यै कति परिवार बिस्थापित र कति प्रभावित भन्न सकिने स्थिती नभएको बताए । तिन दिनको बर्षाले कैलालीको दक्षिणी–पुर्वी क्षेत्रका पाच स्थानिय तह सवैभन्दा बढी प्रभावित भएको छ । तर स्थानिय तहले तिन हजार भन्दा बढी घर परिवार डुवानमा र एक हजार भन्दा बढी परिवार बिस्थापित भएको दावी गरेका छन ।

दक्षिणी पुर्वी क्षेत्रमा पर्ने टिकापुर , भजनी नगरपालिका, जोशीपुर , कैलारी र जानकी गाउनगरपालिका अधिकांस वडा जलमग्नै भएको छ । स्थानिय का“डा , कान्द्रा , पथरिया , कटनी , मोहना , र कर्णाली नदीको बाढी पसेर उक्त पाच स्थानिय तह जलमग्न भएको हो ।
शनिवार बिहानै देखि स्थानिय नदीको बाढी गाउ“ पस्न शुरु भएको हो । बिहान मिरमिरेबाट स्थानियलाई ज्यान जोगाउनै मुश्किल भएको स्थानियले बताएका छन । ,‘काडा नदीको बाढी पसेपछि ज्यान जोगाउनै मुश्किल भयो’ भजनी थापापुरका कृष्ण चौधरीले टेलिफोन बार्तामा भने,‘ आफु लगायत गा“उका अधिकांस परिवार भजनी बहुनिया सडकको पुल माथी आयौं । घर डुब्नै लागेका थिए । घर भित्रको समान के बाचेको होला र ?’
भजनी नगरपालिका प्रमुख केवुल चौधरीले १ देखी ९ वटैं वडाका बस्ती जलमग्न भएको बताए । ‘प्रायः सवैको घर भित्र पानी पसेको छ’ उनले भने, ‘ बाढीले थुनिएका परिवारलाई उद्धार गर्ने कार्य जारी रहेको छ ।
उनले सुरक्षाकर्मि , रेडक्रस र तालिम प्राप्त जनशक्तिबाट बाढीले थुनिएका परिवारलाई उद्धार गर्ने कार्य भईरहेको जानकारी दिए ।

उनले उद्धार गरिएका परिवारलाई चाउचाउ , बिस्कुल चिउरा र पानी बितरण गरिएको बताए ।
धेरै परिवार आफनै घरको माथिल्लो तालामा थुनिएका छन । डुंगा र ट्युवको माध्यमबाट थुनिएका परिवारलाई उद्धार भईरहेको छ । उद्धारकर्मिहरुलाई एक वडाबाट अर्काे वडा वा बस्तीमा जान समेत मुश्किल भईरहेको उनले जानकारी दिए । भजनीकै लालबोझीको चर्रामा १०÷१५ जना रुखमा चडेर बसेको खवर प्राप्त भएको बताए । उनिहरुको उद्धारका लागि हेलिकप्टर बोलाउने की भन्ने छ ? उनले भने ।
‘अझै को कहा कुन परिवार कस्तो अवस्थामा छन , एकिन जानकारी पनि भएको छैन’ उनले भने, ‘ पुरै जलमग्न भएकोले पनि उद्धार टोलीलाई परिचालन गाहे भएको छ ।’
उनले उद्धार गरिएका परिवारलाई सुरक्षित स्थानमा रहेको बिद्यालय , बाढीबाट बच्नका लागि बनाईएका सार्वजनिक सेफहावस , केहि परिवार टेन्ट थापेर हुलाकी सडकमा बसाईएकोे जानकारी दिए ।
उनका अनुसार भजनी नगरपालिका भित्र एक हजार भन्दा बढी परिवार डुवानमा परेको बताए । तिन सय भन्दा बढी बिस्थापित भई अर्काको घर , वा बिद्यालय , हुलाकी सडक सेफ हावस लगायतमाआश्रय लिएर बसेको बताएका छन ।

उनका अनुसार स्थानिय पथरिया , का“डा , कान्द्रा र मोहना नदीको बाढीले भजनी नगरपालिकाको १ देखी ९ वटैं वडामा बाढी पसेको हो । जिल्लाको सवैभन्दा होचो भुभागमा बसेको भजनी नगरपालिकामा हरेक बर्ष बाढी लाग्ने गरेको छ । गत बर्ष कार्तिकमा आएको बाढीले पनि किसानलाई धान भित्राउन दिएको थिएन ।
भजनी थापापुरका गंगा चौधरीले गत बर्ष जस्तै यो बर्ष पनि बाढीले धान बाकी नराखेको बताए । उनका अनुसार घर भित्रको अनाज र लत्ताकपडा बगाएर लगेको छ । उनको घर र खेतमा पथरिया नदीको बाढी पसेको छ । उनको माछा पोखरी पनि बगाएको छ । आफु अहिले अग्लो सुरक्षित स्थानमा रहेको आफन्तको घरमा सरेको बताए ।
जानकी गाउपालिकामा कर्णालीको बाढी रानी जमराको कुलो र स्थानिय पथरैया नदीमा आएको बाढी वडा नम्वर ४, ७ र ९ नम्वर वडामा पसेको बताए ।
‘पाच सय भन्दा बढी बाढीबाट प्रभावित भएका छन’उनले भने,‘ तर उद्धार गरि सुरक्षित स्थानमा तिन सय परिवारलाई सारेका छौ ।’

उनले बाढीग्रस्त परिवारकै लागि बनाइएको सेफ हावस र अन्य अग्लो सुरक्षित बिद्यालय भवनमा बिस्थापित परिवारलाई सारिएको बताए । उनले पनि अहिले उद्धार लाई प्राथकिता दिदै र ड्राइफुड बितरण गर्ने काम भइरहेको बताए । उनले आफनो गाउपालिकाको कैलारी गाउपालिका अध्यक्ष रामसमझ चौधरीले वडा नम्वर ५को मनकापुर, बन्दपुर, बजैपुर, सपान वडा नम्वर ७को बसन्ता , छटकपुर, रामपुर, नरायणपुर बस्ती जलमग्न भएको छ । यहा“का परिवारलाई सुरक्षित स्थानमा सार्ने काम भईरहेको बताए । उनले वडा नम्वर १, २ र ८ नम्वर वडाका केहि बस्तीमा समेत स्थानिय नदीको बाढीले घर डुवानमा परेको जानकारी दिए । उनका अनुसार ५ सय बढी परिवारको घरभित्र बाढी पसेको बताए ।
जोशीपुर गाउपालिका अध्यक्ष चित्र बहादुर चौधरीले वडा नम्वर ३ र ४का बस्तीमा स्थानिय पथरिया नदीको बाढी पसेको बताए । उनका अनुसार तिन परिवार बिस्थापित भएको प“ाच सय बढी परिवार प्रभावित भएको बताए ।
टिकापुर नगरपालिकाको वडा नम्वर १, २ , ३का बस्ती जलमग्न भएको नगर प्रमुख रामलाल डगौराले जानकारी दिए । टिकापुर नगरपालिकाको १, २ र ३ नम्वर वडा कर्णालीको बाढीले प्रभावित भएका छन । उनका अनुसार बाढीबाट ७ सय बढी घर परिवार प्रभावित भएका छन । तर बिस्थापित परिवारको सख्या दुई सय जति रहेको बताए ।
‘बाढीले चारै तिरबाट थुनिएकापरिवारलाई उद्धार गर्ने काम भएको छ’उनले भने,‘ क्षेतिकुनै बिवरण लिएका छैनौं।मान्छेलाई कसरी चाडो भन्दा चाडो बचाउने भन्ने प्रयासमा रहेका छौं । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सुरेन्द्र सिह राउठरले माछा मार्ने क्रममा डुवेर एक किसोरीको मृत्यु बाहेक जिल्लाभरमा अन्य मानविय क्षेतिको जानकारी प्राप्त नभएको बताए ।
धनगढी उप महानगरपालिका १३ वडा झालागरी गा“उमा १७ बर्षिय नविना चौधरी बाढीले भरिएको एक तालाउमा माछा मार्न जाने क्रममा बिहान ११ बजेको समयमा मृत्यु भएको एसपी राउठरले बताए ।
प्रमुख जिल्ला अधिकारी किरन थापाले तिन दिन देखीको अविरल बर्षाको बाढीले जिल्लाभरका खोलानाला र नदीहरुमा बाढी आएको बताए । ‘खोलानालामा आएको बाढीले नदी तटिय क्षेत्रका अधिकांस बस्ती डुवान र कटानमा परेका छन’ उनले भने, ‘ जिल्लाको दक्षिणी पुर्वी क्षेत्र जलमग्ननै भएको छ । नेपाली सेना , शसस्त्रप्रहरी र नेपाल प्रहरी लगायत रेडक्रकर्मि उद्धार तथा तत्कालको राहात बितरणमा परिचालन भएको उनले जानकारी दिए ।
उनले भजनीको लालबोझीमा केहि परिवारलाई उद्धारका लागि हेलिकव्प्टरको माग भएपनि पछि सुरक्षाकर्मिको उद्धार टोलीबाट उद्धार भएको बताए ।
‘अहिले जिल्लाको उद्धार टोली स्थानिय तह संग समुन्य गर्दै उद्धारमा परिचालित भएको छ’उनले भने, ‘ तत्कालको भोक मेटाउन ड्राइफुड र खुल्ला अकासमुनि रहेका परिवारलाई त्रिपालको ब्यवस्था मिलाउनमा रहेका छौं ।’ उनले बर्षा निरन्तर रहेमा बाढीको समस्या अझ जिटल हुने बताए । बर्षा रोकिएमा नदीमा आएको बाढीको सहत घटदै गएपछि पुर्ण क्षेति बिवरण संकलन कार्य शुरु गरिने बताए । क्षेति र बिस्थापित परिवारको बिवरण आएपछि राहातको बिषयमा छलफल गरि दिन शुरु गर्ने बताए ।
उनका अनुसार मानविय क्षेतिमा चुरे गाउपालिकाको वडा नम्वर ५ बालकोट रुख डलेर एक घर भत्केको बताए । उक्त घरको ७ बर्षिय बालक समान्य घाइते भएका छन । भजनी ८मा कालुराम बेपत्ता भएको खवर प्राप्त भएको बताए ।

इडटपेन 









