कैलालीको क्षेत्र नम्वर ५मा काग्रेस र माओवादी पक्षबाट बागी उम्मेदवारी

(धनगढी) कैलालीको क्षेत्र नम्वर ५मा प्रतिनिधि सभा र प्रदेश सभामा काग्रेस र माओवादी दुवै पक्षबाट बागी उम्मेदवारी उम्मेदवारी परेको छ ।
निर्वाचन कार्यालय धनगढीका प्रेम भट्टका अनुसार क्षेत्र नम्वर ५बाट प्रतिनिधि सभाका लागि नेपाली काग्रेसका पुर्व नेता एंव पुर्व राज्य मन्त्री पुस्कर ओझाले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन । ओझा लाई नेपाली काग्रेसले ५ बर्षका लागि कार्वाहि गरेको छ ।

पुस्कर ओझा
क्षितिज भन्डारी

प्रधानमन्त्री पत्नी आरजु देउवा राणालाई २०७४को निर्वाचनमा सहयोग नगरेको आरोपमा ओझालाई काग्रेसले कार्वाहि गरेको थियो । ओझा २०७२को संबिधान सभाको निर्वाचनमा प्रधानमन्त्री देउवा डडेल्धुरा र कैलाली ५बाट चुनाव जितेका थिए । देउवाले कैलाली ५बाट छोडेपछिको उप निर्वाचनमा ओझालाई टिकट दिईएको थियो । उनी जितेका थिए । उक्त क्षेत्रमा २०७४मा उनलाई टिकट नदिएर आरुजुले पाएकी थिईन । आरुजुलाई एमालेका नारदमुनी रानाले पराजय गरेकाथिए । यसपटक ओझाको समर्थमन आरुजुुले नपाउने भएपछि प्रत्यक्षमा नलडेर समानुापतिकमा गएकी छिन ।
क्षेत्र नम्वर ५बाट आरुजुको सट्टामा काग्रेसले २०७४मा प्रदेश सभाबाट बिजयी डिल्लीराज पन्तलाई संघको प्रतिनिधि सभाको उम्मेदवार बनाएको छ । प्रदेश खबाट आरुजु स्वकिय सचिव प्रकास देउवाले उम्मेदवारी दिएको छ । प्रदेश कबाट गठवन्धनबाट माओवादीका रमेश धामीले पाएका छन ।
प्रकास देउवाका लागि बागी उम्मेदवारका रुपमा सस्थापन इतरका नेविसंघका युवा नेता क्षितिज भन्डारीले आफनो मनोनयन दताए गराएका छन । प्रदेश कबाट माओवादीका प्रदेश कमेटी सदस्य रमेश बस्नेत बागी उम्मेदवारका रुपमा उम्मेदवारी दर्ता गराएका छन ।

कैलाली ५मा प्रतिनिधि सभाका लागि अन्य ४ जनाले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन ।