देउवाका राजनितिक उत्तराधिकारी बन्लान प्रकास ?

( धनगढी)अगामी मंसिर ४को प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा नेपाली काग्रेस पार्टी सभापति एव प्रधानमन्त्री शेर बहादुर देउवाका उत्तराधिकारीका रुपमा देखिएका प्रकास देउवाको चुनावी क्षेत्रको चर्चा बढेको छ ।
देउवा पत्नी आरुजु राणाले छोडेको प्रतिनिधि सभा सदस्यको निर्वाचन क्षेत्रको खबाट भतिजा प्रकास देउवा मैदानमा उत्रेका हुन । प्रकास प्रधानमन्त्री देउवका स्वर्गिय सहोदर भाइ ललितका छोरा हुन । देउवाको परिवारमा दोस्रो पुस्ताबाट राजनितिमा प्रवेश गर्ने पहिलो सदस्य बनेका छन,प्रकास ।
प्रकासलाई देउवाका राजनितिक उत्तराधिकारीका रुपमा समेत राजनितिक जानकारहरुले अर्थयाउन थालेका छन । ‘उनी (प्रकास) प्रदेश सभाको प्रत्यक्ष तर्फ बिजयी भएमा ‘मुख्यमन्त्री’ नपटकाउलान भन्न सकिदैन’काग्रेस भित्रका एक जना जानकारले भने, ‘ पहिलो चरणमा आफै प्रकास मुख्यमन्त्रीका लागि अघि सर्दैनन । तर दावेदार भित्रको अन्तरद्धन्दको समाधान अन्त्यमा प्रकास आफै बन्न बाध्य हुन्छन ।’
यस अघि प्रधानमन्त्री देउवा र आरुजुको स्वकिय सचिवको भुमिका रहदै आएका प्रकासका मध्यमबाटैं यह“ाका अधिकांस नेताकोको पहु“च पुगेको हो । प्रकासले चाहेकै ब्यक्ति प्रधानमन्त्री देउवा र आरुजुको छनौटमा पर्ने उनले बताए । प्रकास देउवा मुख्यमन्त्रीको देखिए पछि देउवाका राजनितिक उत्तर्राधिकारी मात्रै नभएर पछिल्लो कालखण्डमा सुदूरपश्चिममा प्रकासले काग्रेसको नेतृत्वमा रहने उनको दावी छ ।
तर प्रकासलाई चुनावी मैदान जित्न त्येति सजिलो छैन । पहिलो चुनावी प्रतिस्र्धामा पछारिएमा प्रकासको राजनितिक यात्रा शुरुमा स्तब्ध मात्रै हुने छैन , प्रधानमन्त्री देउवाले छनौट गरेको राजनितिक उत्तराधिकारीको परिक्षणमा समेत ठेश लाग्ने राजनितिक बिशलेष्कको भनाई छ ।
प्रकास प्रधानमन्त्री देउवाका स्वर्गिय सहोदर भाई लिलितका जेष्ठ छोरा हुन । उनी कञ्चनपुरको कृष्णपुर गा“उमा बि.स २०४० साल भदौमा जन्मेका हुन । प्रकासको माध्यमिक तह सम्मको शिक्षा धनगढीको ऐश्वर्य बिद्या निकेतनबाट भएको हो । ऐश्वर्यमा पढेको फाईदा उनलाई चुनावी मैदानमा पुगेको छ । ऐश्वर्यका ‘कलासमिट’साथीहरुको एक समुह उनको चुनावी अभियानमा सक्रियताका साथ लागेको पनि छ ।
राजनितिक रणनितिक र समारिक रुपमा सुदूरपश्चिमको प्रमुख शहर धनगढी कैलालीको ५ नम्वर निर्वाचन क्षेत्रमा पर्छ । प्रतिनिधि सभा ५ नम्वर निर्वाचनको प्रदेश ख मुख्य शहरी क्षेत्र हो । खमा धनगढी उप महानगरका १ देखी ६ सम्म ११, र १३वडाका मतदाता पर्छन । पा“च नम्वर क्षेत्रका १ लाख बढी मतदाता मध्ये प्रदेश खमा करिव ५० हजार छन ।
भर्खरै सम्पन्न स्थानिय तहको निर्वाचनमा गठवन्धनलाई भारी मतान्तरले गठनवन्धनका बिरुध मत जाहिर गरेका धनगढी उप महानगरपािलकाका बासिन्दाले स्वतन्त्रका गोपाल हमाललाई नगर प्रखकको पदमा जिताएका छन । तर प्रकासको चुनावी क्षेत्रका अधिकांस धनगढी उप महानगरका वडाहरु नेपाली काग्रेसका वडाअध्यक्ष जितेको छन ।
प्रदेश खमा पर्ने उप महानगरका ९ वडा मध्ये काग्रेसले वडाअध्यक्ष जितेका ७ वडा पर्छन । प्रकासले यसैलाई जितको पहिलो अधार मानेका छन ।‘मेरो निर्वाचन क्षेत्र कग्रेसको पकड भएको पकेट क्षेत्र हो’उनले भने, ‘जित सुनिश्चित जस्तै लाग्छ ।’ उनले यस पटक मतदातामा नय“ा र युवा अनुहारको चहाना प्रतिविम्व भएकोले आफुले त्यसको प्रतिनिधित्व गरेको बताए ।
‘जनताका स्थानिय मुद्धाको सम्वोधनका लागि संघ र प्रदेशमा पहु“च तथा समेत प्रभावकारी दवाव दिन सक्ने नेतृत्व धनगढीले खोजेको छ ’उनले भने,‘मेरो राजनितिक परिवारिक वतावरणले पनि मनै मतदाताका लागि सहि सावित छु जस्तो लाग्छ ।’
तर प्रकासका बागी उम्मेदवारका रुपमा देखिएका पुर्व नेवीसंघका क्षेतिज भन्डारी एक चुनौती बन्न सक्छन । स्थानिय राजनितिक जानकारहरु भन्डारीले कति भोट पभावित पार्न सक्छन ? त्यस अधारमा मात्रै प्रकासको सुनिश्चिता बताउछन सकिन्छ । एमालेबाट २०७४मा धनगढी उप महानगरको मेयरपदका उम्मेदवार दुर्गाा जोशी प्रकासका मुख्य प्रतिस्पर्धि छन ।
तर प्रकासले पुर्व बिद्यार्थि नेता भण्डारीलाई प्रमुख चुनौती रुपमा देखेका छैनन । उनका अनुसार भन्डारीले नातागोताका भोट मात्रै पाउने छन । प्रकासलाई केवल य“हा राजनिति भेगिय र जातिय अधारमा मत प्रभावित नहोस भन्ने मात्रै डर छ । ‘यो क्षेत्रमा केहिले भेगिय र जातिय नारा दिएर राजनिति फाईदा उठाउदै आएको देखे’ उनले भने,‘यस्तो राजनितिक फाइदा लिनेहरुको अन्त्य आवश्यक छ । बिशुद्ध राजनितिक बिचारको लडाई होस त्यो जनताको समृद्धी र बिकासका लागि होस ।’ उनले काग्रेस भित्रका असन्तुष्टी पनि घटदै गएको बताए ।
कैलालीको निर्वाचन क्षेत्र ५ डोटी ‘डोम्नेट’ क्षेत्र मानिन्छ । हरेक चुनावमा राना थारु निर्णायक हुदै आएका छन । एमालेका नारद मुनी रानाको रोजनिति राना थारु ‘सेन्टमेन्ट’ राजनितिबाट मत प्राप्त गर्ने र देउवा पत्नी राणाले निर्वाचन क्षेत्र छोडनुको प्रमुख कारण डोटी ‘डोम्नेट’ले हो भन्ने राजनितिक जानकार बताउ“छन ।
देउवा पत्नी आरुजुले पुनः चुनावी मैदानमा उत्रिनबाट रोक्नमा कागेस भित्रकै पुस्कर नाथ ओझा एक ‘फ्याक्टर’ देखिएका थिए । ओझा प्रतिनिधि सभा सदस्य पदमा अहिले स्वतन्त्र उम्मेदवार छन । गठवन्धनका तर्फबाट काग्रेसका डिल्लीराज पन्त चुनावी प्रतिस्पर्धामा छन ।