कैलालीमा मत गणना दिउसो १२ बजेबाट शुरु हुने

(धनगढी) कैलालीका ५ वटै निर्वाचन क्षेत्रमा मत गणना १२ दिउसोबाट शुरु हुने भएको छ ।
मुख्य निर्वाचनको कार्यालयका अनुसार ५ वटै निर्वाचन क्षेत्रमा सर्वदलिय बैठेक बसिरहेको छ । ‘सर्वदलिय बैठेक पछि सवै निर्वाचन क्षेत्रमा मतगणनाको काम शुरु हुने छ’ मुख्य निर्वाचन कार्यालयका प्रमुख प्रेम भट्टले भने, बैठेक कहिको सकि सकेको छ । कहि मत पेटिका नमिसाएरै वडा अनुसार मत गन्ने गन्ने भन्ने बिषयमा छलफल चलिरहेको छ । तर समस्या छैन । ‘
उका अनुसार कैलाली जिल्लामा शान्तिपुर्ण ढंगबाट मतदान कार्य सम्पन्न र मत पेटिका संकलन गर्ने पुरा भएको छ । कुल ५ लाख ३५ हजार ५ सय १४ मतदाता मध्ये ६२ प्रतिशत मत खसेको छ ।