(धनगढी) कैलालीको क्षेत्र नम्वर १मा भएको मत गणनामा नागरिक उन्मुकती पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठताले प्रारम्भिक अग्रता लिएकी छिन ।
क्षेत्र नम्वर १को भएको ६ सय १ मत गणनामा अध्यक्ष श्रेष्ठले २ सय ६९ मतमा अग्रता लिएकी छिन । उनलाई नेपाली काग्रेसका रामजनम चौधरीले पन्छाईरहेका छन । उनले १ सय ६० मत प्राप्त गरेका छन । एमालेका तपेन्द्र बहादुर रावलले ८४ मत मात्रै पाएका छन ।
कैलाली जिल्लाका ५ वटा निर्वाचन क्षेत्र मध्ये २, ३ र ४को मत गणना शुरु भई सकेको छ । तर प्रारम्भिक मत गणना सार्वजनिक भने भएको छैन । क्षेत्र नम्वर ५को मत गणना अझै शुरु हुन सकेको छैन । सर्वदलिय बैठेक चल्दै गरेको अवस्थामा मुख्य निर्वाचन अधिकृत ओम प्रसाद अर्यालको अचानक स्वास्थ्यमा गडबढी आएको थियो । मुख्य निर्वाचन कार्यालयका प्रमुख प्रेम भट्ट मुख्य निर्वाचन अधिकृतको स्वास्थय रिर्पाेट आएपछि पुनः सर्वदलिय बैठेक बसेर मत गणना कार्यलाई शुरु गर्ने बताए ।

इडटपेन 









