कैलालीमा १ र ३मा नागरिक उन्मुक्तीको अग्रता

(धनगढी) कैलालीको क्षेत्र नम्वर १ र ३ मा अहिले सम्म भएको मत गणनामा नागरिक उन्मुक्ती पार्टीका उम्मेदवारले अग्रता लिएको छ ।
कैलाली क्षेत्र नम्वर १को अहिले सम्म भएको १ हजार ५ सय २ मत गणनामा नागरिक उन्मुक्ती पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले अग्रता लिएकी छिन । उनले ६ सय ९१ मत लिएर अग्रता लिएकी छिन । उनलाई नेपाली काग्रेसका रामजनम चौधरीले पन्छाईरहेका छन । उनले ४ सय ११ मत प्राप्त गरेका छन । एमालेका तपेन्द्र बहादुर रावलले १ सय ८३ मत लिएका छन ।
कैलाली क्षेत्र नम्वर ३मा पनि नागरिक उन्मुक्ती पार्टीका उम्मेदवार गंगा चौधरीले अग्रता लिएका छन । अहिले सम्म भएको कुल मत गणनामा १ हजार ८ सय १० मतको गणनामा नागरिक उन्मुक्तीका गंगा चौधरीले ६ सय , माओवादी केन्द्रका कृष्ण कुमार चौधरीले ४ सय ५० , एमालेले २ सय ५० , र राष्ट्रिय प्रजातन्त्र पार्टीका बिरेन्द्र बहादुर बलमे ४ सय मत लिएका छन ।
जिल्लाका ५ वटा निर्वाचन क्षेत्र मध्ये २, र ४को मत गणना शुरु भई सकेको छ । तर प्रारम्भिक मत गणना सार्वजनिक भने भएको छैन । क्षेत्र नम्वर ५को मत गणना अझै शुरु हुन सकेको छैन । सर्वदलिय बैठेक चल्दै गरेको अवस्थामा मुख्य निर्वाचन अधिकृत ओम प्रसाद अर्यालको अचानक स्वास्थ्यमा गडबढी आएको थियो । मुख्य निर्वाचन कार्यालयका प्रमुख प्रेम भट्ट मुख्य निर्वाचन अधिकृतको स्वास्थय रिर्पाेट आएपछि पुनः सर्वदलिय बैठेक बसेर मत गणना कार्यलाई शुरु गर्ने बताए ।