कैलाली भजनीका किसान बाढीले गर्दा खाद्य संकट ब्यहोर्दै

भजनी कैलाली ( कैलाली भजनी नगरपालिका वडा नम्वर ३ पकडियाका सन्तोली डगौरा थारुले बाढीका कारण यो बर्ष खाद्य संकट ब्यहोर्नु परेको छ ।
उनको एघार कट्टा जग्गाको उत्पादनले बर्षभरि खाएर बचत खाद्यन्न बिक्री गर्द थिइन । धान र गहु दुवैबाट बचत भएको खाद्यन्न बिक्रीबाट उनको चार जनाको परिवारको घर खर्च पनि चल्थ्यो । गत बर्ष र यो बर्ष धानबाली भित्राउने बेलामा आएको बाढीले गर्दा उल्टै बेसाहा गर्नु परेको छ ।
‘धानबाली भित्राउने बेला असोजमा आएकोले भकारी रित्तै छन’ उनले भनिन,‘२४ क्विन्टल फल्ने खेतबाट चार क्वीन्टल जति धान भित्राउन पाए“ । त्यो पनि बाढीले सुतेको बाली काटेकोले खान र बिक्री लायक छैन ।’
उनका अनुसार बाढीले डुवाएको धान कुटदा कामनै नलाग्ने गरि टुटेर कनिया बन्ने गरेको छ । देख्दै कालो धान बिक्री पनि नहुने बताईन । चार जनाको ज्यान परिवारका लागि भात खान यो बर्ष ४ क्वीन्टल धान किन्नु परेको बताईन ।
उनले घर सहित डुवानमा पर्दा दुई साता हुलाकी सडकमा बस्नु परेको बताईन । ‘तिन दिन त भोकै बस्नु प¥यो । घर भित्रको अनाज र लत्ताकपडा सवै बग्यो । खेतको धान त के बाकी रहन्थ्यो र ?’उनले भनिन, ‘सडकमा बास हुदा सम्म स्थानिय तह र बिभिन्न संघसस्थाहरुले बाढेको खाद्यन्न खाएर बसेका थियौं । बाढी घटेपछि घर फर्के पछि को ले दिने ? त्यै दिन देखि बेसाहा गरेर खानु परेको छ ।’
उनले गत बर्ष पनि धान भित्राउने बेलामा बाढी आएको थियो। ‘यो बर्ष जसरी सवै धानबाली बगाएर नास गरेको थियो’उनले भनिन,‘गएको बर्ष पनि धान किनेर खानु प¥यो ।’
अर्का स्थानिय रामदेव डगौराले पडकिया बस्तीमा पछिल्लो चार ÷पा“च बर्ष देखि बाढी लाग्ने समस्या बढेको बताए । उनले यो र गएको असोज र कार्तिकको बिमौसमी बाढीले धान भित्राउने बेला बाढी लागेको बताए । उनले यस अघिको बर्ष असारमा रोपेको धान बगाएर लगेको थियो भने ।
,‘जति बाढी लाग्ने समस्या बढदै गएको छ’उनले भने, ‘स्थानिय खाद्य संकटमा पर्दै गएका छन ।’ उनले आफनो ७ कट्टा जग्गामा लगाएको धानबालीले बर्षभरि भात खान पुग्ने गरेको बताए । तर बिगत तिन बर्ष देखि चामल किनेर खानु परेको बताए ।
उनका अनुसार थारु जातीको चलन साझ– बिहानको दुवै छाक भात खाने हो । धानवाली बाढीको कारण नजोगिने भएकोले रोटी खान शुरु गरेको बताए । ‘खानलाई धान भए सम्म थारुले गहु“ त बिउका लागि मात्रै राखेर सवै बेच्ने गर्दथ्ये’उनले भने,‘ बाढीले गर्दा धान नपाउदा गहु समेत बेच्न पाएका छैनौं । घर खर्च चलाउन मुश्किल भएको छ ।’
उनले घर खर्च चलाउन मजदुरी गर्नु परेको बताए ।’ उनले हरेक बर्ष बाढी खेतमा पस्दा भरिने बालुवाले समेत उत्पादकत्व घटदै गएको बताए ।
त्यस्तै छविलाल पोख्रेलले बाढी नलागे बर्षमा १ लाखको धान बेच्ने गरेको बताए ।उनले आफनो डेड बिगाहा जग्गाबाट उत्पादन हुने ४० क्वीन्टल धान मध्ये आधा बिक्री गरेर घर खर्च चलाउने गरेको बताए । गत बर्ष र यसपाली उनले बाढीले गर्दा १० क्वीन्टल धान पनि भित्राउन नपाएको बताए ।
‘ यो बर्ष भित्राउन पाएको १० क्वीन्टल धान पनि बाढी लागेको खेतबाट हो’उनले भने,‘ ‘बेचन र खान लायक छैन , के गर्ने कुटादा सवै धान कनिका हुन्छ । त्यै कनिका चामल खानु पर्छ ।’
उनका अनुसार भजनीको पकडिया बस्तीका ६० परिवार बाढीले गत बर्ष देखि खाद्य संकट भोक्दै आएको बताए । उक्त बस्तीका अधिकांस परिवार किसानीमा निर्भर छन । ‘य“हा एउटा किसान संग २ बिगाहा भन्दा बढी जमिन छैन’ उनले भने,‘ आफु संग भएको खेतबाट उत्पादित धान बर्षभरि लाई खान पुग्थ्यो । बचेको धान र गहु बेचेर घरखर्च चालाउने गर्दथ्ये ।’
उनले बाढी लाग्ने समस्या बढेपछि धान खानलाई नपुग्दा गहु बेच्न नसक्दा घर खर्च चलाउन गाहे भएको बताए । बाढीको कारण खाद्य संकट बढेपछि अधिकांस किसान परिवार मजदुरीका लागि शहर र भारत पस्ने गरेको उनले जानकारी दिए ।
पकडिया गा“उलाई चारै तिरबाट कान्दा , का“डा , पथरिया , मोहना नदीले घरिएको छ । बाढी आएको बेला ज्यान समेत जोगाउन मुश्किल पर्ने गरेको पोखरेलले बताए ।
भजनी ३ पन्चराम चौधरी पनि बाढी नलागेको बर्ष १ लाख भन्दा बढीको धान बेच्ने गर्दथ्ये । ‘बाढीले गर्दा बेसाहा गर्नु पर्ने दिनहरु आएको बताए ।
उनको २ बिगाहा जग्गा छ । तर परिवार सख्या पनि ठुलो भएकोले बर्षमा २० क्वीन्टल धान बर्षभरि खानलाई राख्नु पर्दथ्यो । उनको २ बिगाहाबाट ३५ देखी ४० क्वीन्टल धान उत्पादन हुन्थ्यो । ‘बाढीले यो १५ क्वीन्टल जति पनि धान भएन’ उनले भने,‘यत्रो ठुलो परिवारलाई पाल्ने गाहे भयो ।’
उनले गहुबाली नसर्पेमा परिवार पाल्न नसकिने बताए । ‘अव गहुवाली भरौसामा छ ’उनले भने, ‘ गहु बाली पनि मलको अभावले उत्पादकत्व घटदै गएको छ । कहिले रोगले गहु बाली सपिदैन । अहिल्यै गहुबालीको चिन्ता छ । ’उनले गहुबालीका लागि मल प्रयाप्त समेत पाउन नसकेको बताए ।
उनले धानबाली लगाउदा प्रयोग गरेको मलको लागि लिएको ऋण समेत तिर्न नपाएको बताए । किसानीनै प्रमुख पेशा भएकोले शिक्षा रस्वास्थय उपचारका लागि समेत घरमा पैसाको ब्यवस्था समेत मिलाउन गाहे भएको बताए ।
‘ प्रमुख बाली धानबाली भएकोले मलजलमा धेरै मेहनत र लगानी गरेका हुन्छौ’ अर्का सिकान खुसीराम डगौराले , ‘बाढीले धान हात लाग्दैन, धानबाली लगाउदाको ऋणको भार कसरी चुक्ता गर्ने ?’उनका अनुसार बिगाहा जग्गामा धानबाली लगाउदा मल डिजल र ट्याक्टर प्रयोगको कम्तीमा २० हजार जति लगानी लाग्ने गरेको बताए ।
उनको अढाई बिगाहा जग्गा छ । उनले धानबालीका लागि ४० हजार लगानी गरेको बताए । गएको बर्ष भन्दा अगाडी येतिधेरै बाढीले नोक्सान नगर्ने गरेको बताए । ‘धान भित्राउने बेला बिमौसमी बर्षा हुदैन थियो ’उनले भने, ‘ गएको र यो बर्ष धान काटेर भित्राउने बेला बर्षा भयो । किसानले बढी क्षेति ब्यहोर्नु परेको छ ।’
स्थानिय संरक्षणकर्मि बिजय श्रेष्ठले पछिल्ला बर्षमा वन बिनास र बन बतावरणमा परेको असरको कारण कैलालीको सवैभन्दा बढी अन्न भन्डार रहेको भजनी क्षेत्रमा बाढीको समस्या निम्तिएको बताए । ‘कैलालीका अधिकांस नदीनाला चुुरेबाट उत्पन्न छन । चुरे र चुरेफेदको वन जंगल बिनास भएको छ’उनले भने,‘ थोरै बर्षाले पनि पछिल्ला बर्षमा नोक्सान बढी हुने गरि बाढी आउने गरेको छ ।’
कैलाली जिल्लााको सवैभन्दा होचो तर बढी धान उतपादन हुने क्षेत्रमा पर्छ भजनी , टिकापुर ,कैलारी , जानकी , र जोशीपुर गाउपािलका । गएकोअसोजमा आएको बाढीले उक्त क्षेत्रका २० हजार भन्दा बढी परिवार बाढीबाट प्भावित भएका छन । भजनी नगर पालिका भित्रका मात्रै ९ हजार परिवारको घर समेत खेत डुवानमा परेका थिए । उनिहरुलाई उद्धार गरि उच्वभागमा केहि दिन राखिएको थियो । बाढी घटेपछि उनिहरु घर फर्केका थिए ।
उक्त चार स्थानिय तहको बाढीको समस्याले कैलालीको बार्षिक अन्न उत्पादनमा समेत १५ प्रतिशत सम्मले कमी आएको कृषि ज्ञान केन्दका खगेन्द्र शर्माले बताए ।