सुदूरपश्चिममा पहिलो अटिजम केयर सेन्टर

(धनगढी) सुदूरपश्चिम प्रदेशमा पहिलो अटिजम केयर सेन्टर धनगढी शिवनर स्थित स्थापना भएको छ । उक्त केयर सेन्टरको उद्धघाट आइतवार अन्तराष्ट्रिय अटिज्म जागरुकता दिवशको अवसरमा भएको हो ।
उक्त सेन्टरको उद्धघाटन पनि अटिज्म भएका बालबालिकाबाटै गरिएको छ । सवै लागि स्नायु समावेशी बिश्व उन्मुुख रुपान्तरण भन्ने नाराका साथ औपचारिक कार्यक्रमका साथ उद्धद्धाटन समारोह भएको छ ।
अटिजम बिषयमा बिद्यावारिध िगरेका डा यंज्ञ राज पाण्डेयले अटिजम ६ महिना देखि १८ महिना सम्मका बालबालिकामा देखिने एक प्रकारको अवस्था भएको बताए । ‘अटिजम रोग नभई एक प्रकारको अवस्था हो’ उनले भने,‘ यो भएका बालबालिकाहरुले एउटै किसिमका ब्यवहार बारम्वार दोहउ“छन ।’
उनका अनुसार असान्दर्भिक हसाई रुवाई हुन्छ । यसबाट प्रभावित बालबालिका एक्लै बस्न मन पराउने, कुनै समान प्रति अगाथ लगाव हुने, अरुले छोएको अगालो हालेको मन नपर्ने , कुनै खालको खतराको महसुस नगर्ने जस्ता लक्षणहरु देखिने गरेका छन । राष्ट्रिय नज जनगणना २०७८को तथ्यांक अनुसार देशभर अटिजम प्रभावितको संख्या ४ हजार ८ सय ८६जना रहेको छ ।
उनले सुदूरपश्चिममा ३ सय ५२ जना अटिजन प्रभावित रहेको थहा भएको भएको पाण्डेयले बताए । कैलालीमा मात्रै १ सय ५२ जनामा रहेको बुझिन्छ । ‘तर खोजी गर्ने हो भने थहा भएको तथ्यांक भन्दा बढीमा अटिजन हुन सक्छ’उनले भने, ‘ अटिजम समस्या बारेमा अभिभावकहरुलाई समेत राम्रो ज्ञान नभएको अवस्था हो ।’ उनले अटिजम लामो समय अवलोकन गरे मात्रै थहा हुने बताए ।
उनले यसको प्रारम्भीक पहिचान गर्न सके उपचार गर्न सकिने उनको भनाई छ । उनले अपाङ्गताको एउटा कारण मध्ये अटिजम पनि एक रहेको उनको भनाई छ । चिकित्सकले समेत अटिजन न्युरो स्नायु सम्वन्धी बिकासात्मक अवरोध भएको बताएका छन ।
डडेल्धुरा जोगबुडाका केशव बोहराले लामो समय पनि आफनो छोरी प्रतिक्षालाई अटिजन समस्या भएको थहा भएको बताए । ‘अटिजनको अवस्था थहा भएपछि दुुई बर्ष जति काठमाण्डौ स्थित अटिजम केयर केन्द्रमा राखे ’उनले भने,‘ राजधानी स्थित केयर सेन्टरमा आफनो आर्थिक अवस्थाले नसक्ने भएपछि घर लिएर आफै स्याहार गर्दै आएको थिए । यसै बेला धनगढीमा खुलेको यस केयर सेन्टरले राहात मिलेको छ ।’
आईतवारको धनगढी स्थित केयर सेन्टरको उद्धघटन समारोहमा दिप प्रज्वलन प्रतिक्षाले गरेकी थिईन । यससस्थाका अध्यक्ष रमेश बस्नेतको छोरोलाई पनि अटिजम अवस्था देखिएको छ । ‘ शुरुका ५ बर्ष सम्म छोरोलाई अटिजमको अवस्था बारे थह“ा भएन’उनले भने, ‘ छोराको उपचारको क्रममा लामो समय पछि अटिजमको बारेमा थहा भयो । त्यसपछि काठमाण्डौ केयर सेन्टरमा राखे । तर आर्थिक अवस्थाले धान्न नसकिने भएर घर ल्याए ।’ उनले काठमाण्डौबाट फर्के पछि कैलाली लगायत सुदूरपश्चिमका नौ वटै जिल्लामा धेरै बालबालिकाहरुलाई अटिजन रहेको थहा भएको बताए ।
‘बालबालिकामा देखिने अटिजन अवस्था पाइएपछि यस क्षेत्रमा सुदूरपश्चिममा सस्थागत रुपमा काम गर्ने मन लाग्यो ’ उनले भने,‘ सस्था गर्दा गरेर केयरसेन्टरका लागि सुदूरपश्चिम सरकार र स्थानिय तह संग सहयोग मागियो । अहिले केयर सेन्टर सम्म स्थापना गर्न सफल भएका छु।’ उनले सुदूरपश्चिम प्रदेश सरकारको समाजिक बिकास मन्त्रालय र धनगढी उप महानगरले यो चालुु बर्षमा थोरै भएपनि केयर सेन्टर स्थापनाका लागि बजेट बिनियोजित गरि दिएको बताए ।
उनका अनुसार स्थानिय तह , प्रदेश सरकार र संघ सरकार बाट सहियोग निरन्तर बढदै गएमा सुदूरपश्चिमका सवै अटिजम बालबालिकाहरुको केयर सेन्टरको रुपमा बिकास गरिने जानकारी दिए । उनले भने, अहिले शुरुमा १०÷१५ अटिजनका बालबालिकाहरुका अभिभावक सम्र्पकमा आएका छन ।’