थारु समाजमा भलमन्सा शासन पद्धति

(धनगढी) भजनी नगपालिका–४ कटानपुरको सामुदायिक भवनको प्राङगणमा गएको साता गा“उभरिका थारु परिवार जम्मा भएका थिए“, बिषय थियो–भलमन्साको निर्वाचन सम्वन्धमा ।
अघिल्लो बर्ष भलमन्साको चुनाव जितेका परशुराम चौधरीलाई खासै दोहो¥याउने मन थिएन । ‘गाउ“लेले पुनः अनुमोदन गरि दिए“,’ उनले भने, ‘भलमन्सा हुदैहुुन्न भनेर पनि समाजलाई लत्याउन सकिदैन, कसैले म हुन्छुु वा मै दोहो¥याउछुु भन्दा पनि भलमन्साको पगरी पाईदैन ।’
उनले १५ बर्ष गा“उको भलमन्सा पद सम्हालेका छन । गा“उलेले उनको भलमन्साको पगरी दुइ पटक खोसेका छन । उनी २०६४ देखि लगातार गाउ“को भमलन्सा हुदै आएका थिए । उनको इच्छा अनुसार २०७६ मा भलमन्सा भएनन । उनको ठाउमा शुुनिल कठरिया भएका थिए । त्यसपछि २०७७ मा टिकाराम कठरिया आए ।
‘टिकारामले गएको बर्ष दोह्राउन चाहेन्न’ परशुरामले भने,‘त्यसपछि भलमन्सा छनौट भेलामा धेरैको नाम प्रस्ताव भयो । सर्वसम्मत हुन सकेन, चुुनाव प्रकृयामा जानुु पर्यो ।’ उनले त्यसबेला आफनो गाउ“को भलमन्सा छनौटमा राजनिति प्रवेश भएको बताए ।
‘अधिकांस गा“उलेको चाहाना सर्वसम्मतकै थियो’ उनले भने,‘राजनितिक लाइन बोकेर आएका एक÷दुुई जनाको कारण गाउलेको मत चुुनावी प्रकृयाबाट बिभाजित भयो ।’ उनले माओवादी समर्थकको लाइनबाट प्रस्तावित धन बहादुर चौधरी र आफनो बीचमा प्रतिस्पर्धा भएको बताए । परशुरामले आफुु अत्याधिक मतले जितेको बताए ।
उनका अनुसार कटानपुरका १सय ८५ थारु परिवारबाट एक÷एक जना मतदान प्रकृयामा सहभागी भएका थिए । उनले एक सय बढी मत ल्याएको बताए । उनी यस बर्ष सर्वसम्मत रुपमा पुनः अनुुमोदित भएका छन । थारु समाजमा आफनो मुख्या अर्थात भलमन्सा वा वडघर छान्ने चलन छ ।

कैलाली भजनी कटानपुरको थारु भेलामा भलमन्सा परशुराम चौधरी
थारुहरुले आफनो नया“ बर्षको रुपमा मनाउने माघ महिनामा भलमन्सा ÷वडघर छनौट गर्ने गरेका छन । ‘माघीलाई धुमधाम साथ मनाएर, गा“उघरका सवै थारु परिवारले आफनो मुख्या छान्ने बिषयमा बहस शुरु हुन्छ’भजनी थापापुरका हेरुलाल डगौराले भने, ‘भलमन्साको बार्षिक समिक्षा पछि लोकतान्त्रिक बिधिबाट नय“ा वा पुरानैलाई छनौट गर्ने गरिन्छ ।’ उनका अनुसार अहिले ससंदमा निर्णायक रुपमा प्रस्तुत एजेन्डालाई जसरी बहुमत ध्वनी मतले पास गर्दा हुन्छ वा हुदैन भन्ने चलन छ । त्यसगरि नया भलमन्सा वा पुरानैलाई कामय गर्न पनि ‘हुन्छ वा हुदैन’ भनेर ध्वनी मत प्रकट हुन्छ । बहुमत ध्वनी मतका अधारमा भलमन्सा वा वडघर छनौट हुन्छन ।
अहिले केहि थारु बस्तीमा मतदानको प्रकृयाबाट पनि भलमन्सा वा बडघर निर्वाचित गर्न पनि शुरु भएको हेरुलाल बताए । गएको बर्ष कटानपुर थारु गाउ“मा मात्रै नभएर, भजनीको महादेउली , पल्टुपुर र थापापुरमा पनि चुनाव भएको बताए ।
उनले पछिल्लो समयमा थारु समाजमा पुरुस मात्रै भलमन्सा हुने प्रचलन पनि हटदै गएको बताए । गएको बर्ष महादेउलीमा सुमित्रा चौधरी महिला भलमन्साको चुनावमा उम्मेदवार भएकी थिएन । तर थोरै मतले पुरुस उम्मेदवार लेखराम चौधरी जितेको बताए ।
‘उहिले उहिले भलमन्सा , बडघर छनौट सर्वसम्मतढंग बाट हुन्थ्यो’ भजनी कटानपुर पुर्व भलमन्सा शुनिल कठरियाले भने, ‘यसले जमिनदार थारु किसनुवाको परिवाजनबाट भलमन्साको ‘लेगिसी’ रहन्थ्यो ।’ उनले समयानुसार भलमन्सा लेगिसी थारु समाजमा पनि कमै भेटिने बताए ।
उनका अनुसार थारुमा पढेलेखेका पुस्ताले भलमन्साको छनौटलाई बढी लोकतान्त्रिक बनाउनका लागि परम्परागत भलमन्सा छनौटको बिधिमा सुधार गर्दै ल्याएका छन ।
‘भलमन्सामा निहित अधिकारलाई कमिटी गठन गरेर पदाधिकारीलाई समेत बाडेको छ’ उनले भने, ‘यसले भलमन्सा ब्यवस्थालाई अझै लोकतान्त्रिक गरेको छ ।’पुर्वभलमन्सा कठरिया अहिले भलमन्सा कमिटीमा सचिवमा निर्वाचित भएका छन ।
‘भलमन्साको पदाधिकारी सहितको कमेटीले सार्वधिक अधिकार भलमन्साको मनमरीतन्त्रलाई नियन्त्रण पनि गर्छ’ उनले भने,‘ भलमन्सालाई समाजिक कार्य र न्याय दिनमा सजिलो हुने भएको छ ।’
थारु बुद्धिजिवी बुद्धिलाल थारुले तराईका धर्तिपुत्र,आदिवासी थारु समुदाय भित्र ‘भलमन्सा’ रिवाज समाजिक शासन पद्धतिको रुपमा रहेको बताए । कहिका थारुले ‘वडघर’ समेत भन्ने गर्छन । ‘भलमन्सा÷वडघर जे भनेपनि यो पद्धतिले थारुको बस्तीमा थिती बसाउने काम गरेको छ’उनले भने, यो लोकतान्त्रिक पनि छ ।’
उनले थारुको समाजमा रहेको परम्परागत भलमन्सा पद्धतिलाई अन्य समाजले समेत अङगिकार गर्न सके, समाज भित्रका घरेलुहिंसा ,झझगडा , अपराध न्युनिकरणमा मद्धत पुुग्ने गर्नमा मद्धत पुुग्ने बताए । थारु बुद्धिजिवीहरुले अहिले भलमन्सा पद्धतिलाई कानुनी मान्यता समेत दिन सरकारलाई बिभिन्न रुपमा दवाव दिदै आएको उनले जानकारी दिए ।
भलमन्साको काम र कर्तब्य
भजनी थापापुरका पुुर्वभलमन्सा ६५ बर्षे सिताराम चौधरीका अनुसार भलमन्साले गा“उको झै झगडा मिलाउनें , गा“उलेलाई समाजिक कार्यमा लगाउनें जस्ता मुख्य काम गर्छन। थारु समाजमा भलमन्साको आदेशलाई सवैंले मान्नु पर्छ । ‘भलमन्साको काम गा“उका हरेक समस्या संग जुद्धने हो’ उनले भने,‘एक प्रकारले भलमन्सा गा“उको परिचालक पनि हो ।’
भलमन्सा रोहोबर बिना गा“उमा बिवाहा जन्ती समेत हुदैंन । थारु समाज भित्र अन्यायमा परेकालाई न्याय दिने सवालमा दण्ड जरिवना समेत भलमन्साको आदेशमा हुन्छ । गाउको बिकास वा अन्य समाजिक कार्य जनताको श्रमदानबाट गरिने काम भलमन्साको आदेशमा हुने गरेको उनले बताए । वडा अध्यक्ष तथा सदस्यहरुले समेत थारु समुुदायमा कुनै कार्य गराउनु पर्ने भए“, भलमन्सालाई अगाढी सार्नु पर्ने हुन्छ ।
भलमन्साका सहियोगीका लागि चार जना ‘चिराकी’ र गुरुवा हुन्छन । ‘चिराकी’को मुख्य काम भलमन्साको उर्दि र सूचनालाई सवैको घर– घर पुुगाउने हो । ‘गुुरुवा’ धामी झाक्री , औषधी मुलो , बैद्य मध्येका छानिने गर्छन । चौधरीले अहिले कयौं गाउ“मा ‘चिराकी’ पद हटाइ सकेको छ । त्यसको ठाउमा कमिटी बनेको छ । गुरुवा गाउका सवै बैद्यहरु पर्ने गरेको बताए ।
उनका अनुसार साठीको सत्तरीको दशक पछि चिराकी पद भलमन्साले हटाउदै गएका हुन । ‘उहिले अहिलेको जस्तो मोवाइल लगायतका सञ्चारका साधन थिएन’ थापापुरमा पुर्व चिराकी लाल बहादुर चौधरीले भने, ‘घर घर पुुगेर भलमन्साको उर्दि , सूूचना दिनुु पर्ने हुन्थ्यो ।’
भलमन्सामा राजनिति प्रभाव
थारु समाजमा भलमन्सा÷वडघरको प्रभुत्व रहने भएकोले पछिल्लो समयमा भोटका लागि राजनितिक दल र नेताहरुले आफनो पक्षमा पार्दै आएका छन । ‘भलमन्सालाई राजनतिक दलले समेत दुरुपयोग आएका छन,’थारु बुद्धिजिवी प्रभात चौधरीले भने, ‘पञ्चायतकालिन देखी राजनितिक कर्मिले भलमन्सालाई आफनो पक्षमा भोट खसाल्न बढी दुरुपयोग गरेका छन । भलमन्साले बंगुर ढालेर फलनालाई भोट दिने भनेर आह्वान गरेको ब्यक्ति चुनावमा जित्नें गर्छन । तर थारुका समस्या पर्दा साथ दिनें गरेका छैन्न ।’
अर्का बुद्धिजिवी कुलदिप चौधरीले पहिले भोटका लागि भलमन्सालाई नेताले प्रभावित पार्दथ्ये, अहिले भलमन्साको मखुुन्डो भित्र राजनितिक दलका थारु नेता कार्यकर्ता प्रवेश गर्न लागेका बताए ।
‘थारु समाज भित्र भलमन्सा तथा बडघर पदको छनौट परम्परागत थिती बसाउन चलि आएको रिती हो’उनले भने,‘ अहिले राजनितिक पार्टीका उम्मेदार जस्ता भएर भलमन्साको पदको चुनावै हुन थालेको छ । पार्टीका उम्मेदवार जित्न थालेका छन । यसले भलमन्साको गरिमा मात्रै असर परिरहेको छैन् थारुको परम्परागत थिती बिग्रार्न शुरु गरेको छ ।’
उनका अनुसार यो कुनै लाभको पद पनि थिएन । यसको क्षेत्राअधिकार पनि थारु समुदाय भित्र हो । उनले थारु समुदाय भित्रका राजनितिक कार्यकर्तालाई राजनितिक पार्टीले प्रयोग गर्दा भलमन्सा छनौट प्रकृया राजनिति प्रवेश गरेको उनको बुझाई छ ।
उनले केहि बढी जान्ने भएका थारु बुद्धिजिवीबाट समेत थारुको परम्परागत भलमन्सा तथा बडघर छान्ने चलनमा हेराफेरी गरिन लागेको बताए । उनका अनुसार कहि कहि भलमन्सा संघ गठन गरेर हरेक माघीमा छनौट हुने भलमन्सा तथा बडघर प्रथालाई तिन बर्षका लागि कार्यकाल तोकि दिएको छ ।
कैलालीको भजनी नगरपालिका अन्तर्गत ५३ वटा थारु बस्तीका भलमन्सालाई आवद्ध गरेर संघ गठन गरिएको छ । संघका अध्यक्ष कुवेल चौधरी अहिले आफै भजनी नगरपालिका मेयर पदमा निर्वाचित भएका छन । उनले भलमन्सा संगठन निर्माण गरेर राजनितिक फाईदा लिएको भजनीका जयबहादुर बुढाले बताए ।
थापापुरका भलमन्सा परशुराम चौधरीले भलमन्सालाई औपचारिक एक संगठनको रुपमा बिस्तार गर्ननै गठन भएको बताए । तर यो संगठनले राजनितिक बिचार नबोक्ने उनको भनाई छ ।