जेष्ठ नागरिकको मुक्तीनाथ धार्मिक यात्रा (तस्विर सहित)

(धनगढी) धनगढी उप– महानगरपालिकाले गत बर्षझैं यस बर्ष पनि १सय ९० जना जेष्ठ नागरिकलाई निशुुल्क मुक्तीनाथ धाम यात्रामा पठाएको छ ।
आईतवार दिउसो १ बजे उप–महानगरको प्राङगणबाट मेयर गोपाल हमालले मुक्तीनाथका जेष्ठ नागरिक यात्रीलाई टेक्ने लौरो सहित रामनाम लेखिएको खादा ओडाएर पन्चेबाजा बजाएर शुुभयात्राको बिदाई गरेका छन । उक्त यात्राको सहजिकरणको लागि लक्ष्मीनरायण मन्दिर समिति र नगरपालिका स्वास्थयकर्मि ५ जनाको टोली पनि सहभागी छ ।


धनगढी उपमहानगरले प्रत्येक १९ वडाबाट जेष्ठ नागरिक ९÷९ जना, यस बर्ष अवकाश हुन लागेका नगरपालिका कर्मचारी , समाजमा बिशेष योगदान पुगाएका जेष्ट नागरिकलाई मुक्तीनाथ धार्मिक यात्रामा सहभागी गराएको छ । उनिहरुको यात्रा करिव एक साताको हुने छ ।
यात्रामा सहभागी भएका वडा ४का ७४ बर्षे कुल बिर डगौरा थारुले जिवनमा पहिलो पल्ट धार्मिक यात्रा गर्न पाएको खुसी ब्यक्त गरेका छन । उनले भने, ‘ आफनो खर्च गरेर मुक्तीनाथ दर्शन पाउदैन थिए होला । हाम्रो स्थानिय सरकारले दर्शन गराइ दिने लागेकोमा खुसी छुु ।’ त्यस्तै अर्का धार्मिक यात्राका सहभागी वडा ११का नेपाली राना थारुले जिवनको उत्तरार्धमा मुक्तिनाथको दशानार्थ जान पाउने अवसरलाई जिउदै स्वर्गको यात्रा सम्झए । ‘मैले यो चोलीमा मुक्तीनाथको दर्शन पाउने कल्पना पनि गर्दन्थ्ेय’उनले भने,‘मेरो सामर्थताले नजिकका कुनै तिर्थस्थलको भ्रमण समेत गर्ने अवसर पाईरहेको थिएन । एक्कासी उनै भगवानको कृयाले मुक्तीनाथको दर्शन पाउने अवसर जुर्नु मेरो लागि जिवनको सवै भन्दा खुसीको क्षण बनेको छ ।’


उनका छोरा बुहारी नातिनातिाहरु सवै छन । ‘समान्य कृषि पेशामा संलग्न छोराबुहारीहरुले बुढेयौली जिवनमा कुनै तिर्थयात्रा गराउन सक्ने हैसत पनि थिएन’ उनले भने,‘त्यस्तो अपेक्षा राखेर छोराबुहारीलाई आग्रह पनि कहिल्यै गरेन ।’उक्त जेष्ठ नागरिक यात्रामा महिलाकोे सहगातिा पनि उत्तिकै रहेको छ ।


उप महानगरपालिका मेयर गोपाल हमालले जेष्ठ नागरिकको खुसी र सम्ममानका लागि जेष्ठ नागरिक धार्मिक यात्रा गराउन लागेको बताए । ‘आफुनिर्वाचितकालको पहिलो निति र कार्यक्रममैं जेष्ट नागरिक धार्मिक यात्रालाई राखेका थियौ’ उनले भने,‘ यसैगरि हरेक बर्ष उप महानगरले आफनो ५ बर्षे कार्यकालमा नदोह्रिने गरि जेष्ठनागरिकलाई मुुक्तीनाथ धार्मि यात्रामा पठाउने छौ ।’

गत बर्ष उप महानगरले १ सय २२ जना जेष्ठ नागरिकलाई मुक्तीनाथको धार्मिक यात्रा गरेको थियो । उक्त यात्रामा करिव ८लाख रुपैया खर्च भएको थियो । यो बर्ष १० लाखको अनुमानित खर्च हुने मेयरसचिवालयका कृपा उपाध्यायले बताए ।फोटो सौजन्य मोहन बुडाऐर