पितृका नाममा रोपिएका बिरुवामा मलजल गर्दै आफन्त (तस्वीरहरु )

 

डडेल्धुरा रुपाल हाल धनगढी उपमहानगर–३ बोराडाडीमा बस्ने तपेन्द्र बोहरा,आफनी स्वर्गिय बज्यै जसुुदेवीको स्मृतिमा अत्तरिया–धनगढी ६लेन सडक छेउमा रोपिएको बिरुवामा दिनहुुजसो पानी हाल्ने गर्छन ।


पानी हाल्दै गर्दा उनी आफनी बज्यैको अनुहारलाई झलझली सम्झन्छन । उनको आखाबाट आशुु पनि निस्कन्छ । आफना आमा वुवा भन्दा बढी बज्यैंको प्यार र काख पाएका तपेन्द्रले सडक छेउमा हुर्किन लागेको बिरुवाले बज्यैलाई सदैं सम्झने अवसर दिएको बताउ“छन ।


धनगढी उपमहानगरपालिकाले नगरको हरियाली प्रवद्र्धनमा सहियोग जुटाउन नगवासीलाई आफना पितृका नाममा बृक्षारोपणका लागि सहयोग गर्न गत असारमा आह्वान गरेको थियो । उनले पनि गएको भदौमा ६लेन सडकमा आफनै बज्यैंको स्मृतिमा बिरुवा रोप्न उप महानगरपालिकालाई ५ हजार नगद सहयोग गरेको बताउ“छन ।
उप महानगरले उनको बज्यै स्मृतिमा रोपिएको बिरुवाको पहिचान गराइ दिएपछि बोहराले बिरुवालाई मलजल दिन सदै बिहान पुुग्ने गरेको बताए । त्यस्तै पुर्व पाचथर पुुर्खाैली घर भएका त्रिलोचन उपाध्याय र मित्रदेव लामिछाने दाजुुभाईदम्पतीले आफना स्वर्गिय आमावुुवा लक्ष्मीदेवी र परशुराम उपाध्यायको स्मृतिको बिरुवा सुदुरको कुनामा हुर्कादै छ। उनले पनि उपमहानगरलाई १० हजार रुपैया सहयोग गरि धनगढी भन्सार रोडको छेउमा आफना आमावुुवाको स्मृतिमा बिरुवा हुर्काउन लागेका हुन । घर नजिकैको सडक छेउमा पितृदेवका स्मृतिमा हुर्किन लागेका बिरुवाको रेखदेख उपाध्याय दम्पतीले गरि रहेको बताउछन ।


त्यस्तै. देवेन्द्र र हेम अधिकारी दाजुुभाई परिवारले पनि आफना आमावुवा सम्झनामा भन्सार रोडमा बिरुवा हर्किरहेको छ ।उनीहरुले पनि आमा डम्वरी कुमारी र वुवा जयनरायण अधिकारीको स्मृतिमा बिरुवा रोपणका लागि उप महानगरलाई १० हजार सहयोग गरेका हुन । एकाबिहान आफना पितृका नाममा पानी चडाउन बिरुवा भएको स्थानमा पुुग्दा कसैले भ“ाचि दिएको देखे । उनले त्यो एकाबिहान बिरुवा भा“चेको देखेपछि जिन्दगीमा सवैभन्दा ठुुलो पिडा महशुुष भएको बताए । ‘यो समाजमा कस्ता पनि मान्छे रहेछन भन्ने लाग्यो’ उनले भने,‘ सत्कर्म पनि गर्न नजान्ने,गर्न खोज्नेको पनि इष्र्या गर्ने तत्वले रोपेका बिरुवा भ“ाचि दिएको हो ।’ तरपनि उक्त परिवारले भाचिएको बिरुवालाई मलमपट्टीबाधेर मलजल गरि हुर्कादा पुन जागेको छ । अहिले उनिहरु खुसी छन ।


धनगढी भन्सार रोडका यदुराज पोख्रेलले पनि आफना वुुवा शोभाकर र काका शान्त प्रसादको स्मृतिमा भन्सार रोडमै बिरुवा रोपेका छन ।

उनिहरुका पितृको स्मृतिमा रोपिएका बिरुवा पनि एक महिना अघि कसैले भ“ाचि दिएको थियो । उनिहरुले पनि पुनः त्यै स्थानमा अर्काे बिरुवा रोपे । अहिले ठुुलो भईसकेको छ ।‘यो उप –महानगरले राम्रो गरेको देख्न नखोज्ने तत्व हो वा हामीले हाम्रा पितृका स्मृतिमा रोपेको बिरुवा देख्न नचहाने हाम्रा दुुस्मन हुन रोपिएका बिरुवा भाच्ने काम भयो’ उनले भने,‘ तर यो अत्यान्तै निन्दनिय कार्य कसैबाट भई रहेको छ, उपमहानगरको बिशेष टोलीनै खटाएर भएपनि पितृदेवका नाममा रोपिएका बिरुवाको संरक्षण गर्न आवश्यक छ ।’

उसो त जतात्यतैबाट सडक छेउमा रोपिएका बिरुवा अज्ञात समुुहबाट भा“चिएका खवर आएपछि मेयर गोपाल हमाल आफैले बिरुवा संरक्षण प्रति ध्यान बढाएका छन । मेयर हमाल दिनहुजसो बिरुवा भाच्ने तत्वलाई समात्न आफना फेशवुुकवालमा पोष्टनै गर्ने गरेका छन ।
उनले आफनो गरेको पोष्टमा बिरुवा भा“च्ने लाई चिन्न र नगरप्रहरीलाई खवर गर्न समेत आग्रह गर्छन । उक्त पोष्टमा हजारौंको लायक शेयर मिल्ने भएपनि कसैले बिरुवा भा“च्नेलाई नगर प्रहरीको जिम्मा लगाएको अहिले सम्म घटना भने छैन । मेयर हमालले ट्रिगार्ड भित्रका बिरुवा भ“ाच्ने कार्य राम्रो गरेको देख्न नसक्ने दुराशयी भावका ब्यक्तिबाट हुने भएकाले त्यस्ताको पहिचान गरि सार्वजनिक गर्ने उद्देश्यले फेशबुुक वालमा पोष्ट गर्ने गरेको बताउ“छन ।
साताको कुनै न कुनै दिन सडक दायाबाया र मेडियम क्षेत्रमा लगाएका ट्रि गार्ड भित्रका बिरुवा कसैले जानी जानी भाचिएका छन । कहिले दुर्घटनाबस पनि भाचिएका छन । नगर प्रमुख हमाल भने भाचिएको बिरुवाको स्थानमा तुुरुन्तै अर्काे बिरुवा रोपि हाल्छन । बिरुवा रोपेको पनि पोष्ट गर्छन लेख्छन, अन्जानबस भाचिएको भएपनि यसरी अर्काे बिरुवा त्यै ठाउमा रोपौं ।
गोदावरी अत्तरिया देखि धनगढी भन्सार रोड सम्मको छलेन सडकको मेडियम र दायाबाया क्षेत्रमा बिभिन्न जातका ४÷५ मिटरको दुरीमा तिन हजार पाच सय बढी बिरुवा रोपिएका छन । छलेनको मेडियममा ५÷७ महिना अघि र सडकछेउमा गएको असार देखि रोपिएका हुन । रोपिएका बिरुवा हुर्किएर सडकको सौन्र्दयता पनि बढाउन थालि सकेको छ ।
त्यस्तै क्याम्पस रोड देखि मनेहरा सम्मको सडकको मेडियम ,र दायाबाया , वनदेवी रोड र आर्यघाट सडक ,चटकपुर –क्याम्पस रोड सडकको दायाबायामा गरि ५ हजार ६ सय ४३ बिरुवा यस बर्षको असार देखी भदौं सम्म बृक्षारोपण भएका छन । उक्त बिरुवा बृक्षारोपणमा उप महानगरपालिको १५ लाख ७८ हजार ६ सय ९४ रुपैया मात्रौ खर्च भएको जिन्सी शाखा प्रमुख कृष्ण प्रसाद जैशीले जानकारी दिए ।
‘नगरवासीकै सौजन्यमा नगरको हरियाली पवद्र्धनको अभियान शुरुवात गरिएको छ’उनले भने, रोपिएका बिरुवा बचाउनमा स्वय्म नगरवासी बढी जिम्मेवार भई दिनु पर्ने पनि भएको छ ।’ अहिले सम्म.४० लाख ६० हजार ५ सय ८१ रुपैया नगरको हरियाली प्रवर्दन अभियानमा नगरवासीबाट सहियोग उठेको छ ।