कपडा बैंकमा न्यानो लुुगाको अभाव

 

(धनगढी) जाडो मौसम हुुन थालिसकेकोले धनगढीको शिवपुरी धाम स्थित कपडा बैंकमा न्यानो लुगा लागि धाउनेहरुको सख्या बढेको छ ।
बजारमा न्यायो लुुगा नपाएर होइन, किन्न सक्ने क्षेमता नभएका बिपन्न परिवारहरुका मान्छेहरु कपडा बैंकमा निशुुल्क पाउनका लागि पुुग्न थालेका हुुन । धनगढी उप महानगरपालिका मेयर गोपाल हमाल र उनका दुइ भाई श्याम र देवेन्द्र हमालले परोपकारी उद्देश्यका साथ कपडा बैंक६ खोलेका हुुन । यो बैक हमाल बर्दशले बि.सं.२०७६मा स्थापना गरेका हुन ।
परिवारका सदस्यलाई एक छाल लुुगा समेत हाल्न नसक्नेले यहाबाट सित्तैमा पुनः प्रयोग गर्न सकिने पुराना कपडा लैजान पाउछन । जाडोको मौसममा न्यानो लुगाको खाचो भईरहेको बिपन्न परिवारका लागि यो बैक एक प्रकारले सहारानै भइ दिएको छ ।
धगढी उपमहानगरपलिका वडा नम्वर ७ मनेहरा मुक्त शिबिरका बुद्धिराम चौधरी पनि आइतवार कपडा बैकमा भेट्टिए । ‘जाडो बढेपछि बच्चाहलाई लगाउने न्यायो लुुगा पनि थिएन’उनले भने,‘ बजारबाट नया लुुगा किन्न सक्ने क्षेमता भएन । बजार पनि चहारे १÷२ जोर सुुइटर व जाकेट किन्दा ५÷७ हजार लाग्ने भयो । त्यसैले यता कपडा बैकमा आए ।’
उनले यहा पनि परिवारलाई चाहिने जति लुुगा त पाउनन तर बच्चाका लागि दुुई थान सुुइटर र आफनाका लागि जाकेट र एक थान जेन पाइन्ट भट्टाएको बताए । उनले भने,‘ कपडा बैंकमापनि खोजेको जस्तो न्यानो लुगा नभएको बताए । उनी दिनमा ज्यालादारी मजदुरी गरि परिवारको खर्च धान्ने गरेको बताए ।
उनी भन्दा अगाढी त्यह“ा पुगि सकेका शिबिरकै बिक्रम डगौराले पनि आफना र बच्चाका लागि ५ थान न्यायो लुुगा लिएको बताए । उनले कपडा बैंकमा न्यानो लुुगाको कमी रहेको बताए । ‘गरिव गुुरुवा हामी जस्ताका लागि यो बैंक साहारा भएको छ’उनले भने,‘जाडो मौसममा थरथर कामिरहेको बालबालिकाको जिउलाई ढाक्ने न्यानो लुुगा कहा“बाट ल्याएर दिउ भन्न लाग्थ्यो । यो बैक खुुलेपछि फाटो पुुरानो जस्तो भएपनि बच्चालाई जाडोबाट बचाउनका लागि त कपडा पाउने घर बनेको छ यो बैंक ।’
बिहिवार उनीहरु जस्तै अरु ४÷५ जना पनि ुआफुु र आफनो परिवारका लागि न्यानो लुुगा छान्दै थिए । कपडा बैंकमा कार्यरत कर्मचारी खगेन्द्र केसीका अनुसार अहिले हरेक दिन १०÷१५ जना बिपन्न परिवारले यहाबाट कपडा लिएर जाने गरेका छन । उनले धनगढी उपमहानगरपालिका धुुर्जन्ना , पुुरानो एयर पोर्ट , फुलवारी बरकट्टा लगायतका मुक्त कमैया, सुुकम्वासी बस्ती तथा बजार क्षेत्र भित्रका अब्यवस्थित बिपन्न परिवारले बढी जसो कपडा बैंकबाट लुुगा लिएको बताए । धनगढी भन्दा बाहिर महेन्द्रकनगर कञ्चनपुर लगायतका सुुकम्वास ि, मुक्त कमैयाका बिपन्न परिवारले समेत यस बैंकबाट निशुल्क लग्ने गरेको उनले जानकारी दिए ।
उनका अनुसार मंसिर महिनाको २४ गते सम्म मात्रैं ७ सय ५ जनाले कपडा लिएर गएका छन । ‘जाडो महना शुुरु भएकोले यो मंसिरमा कपडा लैजाने बिपन्न परिवारको सख्या हरेक दिन बढदै गएको छ’ उनले भने,‘तर यो सिजनमा न्यानो लुुगाको अभाव खटेको छ ।’उनले दाताहरुलाई न्यानो लुुगाका आग्रह गर्दै आएको बताए ।
‘कसैले पनि पुुनः प्रयोगमा ल्याउन सकिने लगाउने रेडिमेड र ओछाउने बिछ्याउने लुुगा बैंकले निशुुल्क दानका रुपमा लिने गर्छ’उनले भने,‘निशुुल्क दानकै रुपमा बिपन्न परिवारलाई दिने गरेको छ ।’ उनले लुुगा दान गर्ने शहरिया परिवारको सख्या नि बढदै गएको बताए । साता दिनमा ८÷१० जनाले घरको पुुरानो लुुगा धुुलाई गरि सफा लुुगा दान गर्न आउने गरेको बताए । उनले जाडो मौसमा न्यानो लुुगा बढी लैजाने गरेकाले कमी आएको मात्रै बताए । उनले कपडा लैजानेले आफनो नाम र ठेगना भने टिपाउनुु पर्ने बताए ।
परोपकारी उद्देश्यले स्थापना भएको यस बैंकको सञ्चालन खर्च समेत हमाल ब्रर्दशले ब्यहोर्ने गरेको छ । हमाल ब्रर्दशले शिवपुरी धाममा बैंक स्थापनाका लागि तिन कोठे एक तले पक्की भवन निर्माण गरि दिएका हुन ।
‘शहरिया सम्भ्रात परिवारलाई एक पटक प्रयोग गरेको कपडा कहा हाल्ने भन्ने समस्या हुुन्छ’ मेयर हमालले भने,‘ बिपन्न परिवारलाइ जिउ छोप्न÷ढाक्न कपडाको आविश्यकता हुन्छ ।यसैलाइ समाजको येहि पिडालाई मध्येनजर गरेर पुनः प्रयोगमा ल्याउन सकिने खालका लुुगाकपडा बिपन्न परिवारलाई निशुुल्क उपलब्ध गराउन कपडा बैंकको स्थापना गरेको हो ।’