(धनगढी) तराईका धर्तिपुुत्र भन्ने आदिवासी थारु बस्तीमा माघी बिशेष रुपमा आउदै छ । घरको किसनुवा र गाउ“को भलमन्सा /बडघर (मुुखिया)सम्मलाई छनौट गर्ने माघीको दिनलाई थारुहरुले नया बिशेषरुपमा मनाउदै आएका छन । थारुहरुको यो नया बर्ष पनि हो ।
माघ १ गते थारुको घर घरमा मिठो पक्वान, नया तथा परपरागत पहिरनका साथ परिवारका सदस्यमा खुसी साटासाट र नृत्य गर्ने गरेका छन । यस दिन घरमा मिठो खाना खाएर र आफनो पहिरनमा गाउको भलमन्साको पटाङ्गिनीमा जम्मा भई परपरागत सखिया लगायतमका नृत्यहरु गरेर रमाईलो गर्छन । त्यै दिन आधिकारिक रुपमा भलमन्साको नया छनौट वा पुरानैलाई अनमोदन गर्ने काम समेत हुने गरेको छ । थारु परिवारमा घरको घर मलि अर्थात किसनुवा पनि त्यै दिन छान्ने चलन छ । थारु परिवारमा जेष्ठ नागरिकका अधारमा मात्रै घरमुलि ठहर्दैन । जुुन घर परिवारलाई मिलाएर लैजान सक्छ त्यसैलाई घरमुलि छान्ने चलन छ ।
माघीकै दिन गाउको भलमन्सा छनौट गर्नुु पर्ने भएकाले अहिले थारु गाउमा भलमन्साको पजनी शुुरु भएको छ । ‘भलमन्साले बर्ष दिनमा गरेका राम्रो नराम्रो कामको मुल्यांकन गरेर गाउले बिच कुरा चल्न थालेको छ’ भजनी थापापुरको शकर कठरियाले भने,‘ माघीको दिन सम्ममा भमलन्साको पक्ष/बिपक्षमा कस्तो जनमत बन्छ त्यसको अधारमा पुुन: अनमोदन हुने/नहुने कुरा माघीको दिन औपचारिकतामा बाहिर प्रकट हुन्छ ।’
भलमन्साले बर्ष दिनमा गाउका मान्छेमा समान न्याय र ब्यहार प्रकट गरेको जनमत बढेमा पुरानै भलमन्सा माघीकै दिन घोषणा हुने उनले बताए । ‘उनका बिपक्षमा जनमत निर्माण भएमा अर्काे सर्वसम्मत ब्यक्ति भलमन्सा घोषणा हुने गरेको छ’उनले भने,‘ अर्काे कुनै ब्यक्तिमा सर्व सम्मत हुन सकेन भने अहिले निर्वाचनको प्र्रणालीमा समेत जाने गरेको छ ।’तर पहिला निर्वाचन बिधि नभएर बढी मान्छे कस्को पक्षमा छन खुला रुपमा मत बिभाजन गरिन्थ्यो । पछिल्लो समयमा खुला मत नभएर गोप्य मतदाननै गरिने गरेको उनले जानकारी दिए ।
गाउको सर्वसम्मत राय नबाझे माघ महिना भरि पजनी चलिरहने बताए । तर अन्त्यमा मात्रै चुनावै गरेर भएपनि गाउलेले आफनो मुुखिया अर्थात भलमन्सा/बडघर घोषणा गर्नेका कैलारी ६का प्रेम चौधरीले बताए । पछिल्ला बर्षमा थारु बस्तीमा भलमन्सा /बडघरको चुनाव बढी हुन लागेको भजनी ४कटानपुुरका हेरुलाल डगौरा थारु बताउ“छन । उनको आफनो गाउमा बिगत पाच बर्ष देखि लगातार चुुनाव हुुदै आएको छ । ‘गाउमा गाउले बीच भलमन्साका बिषयमा पजनी शुरु भइसकेको छ’डगौराले भने, ‘माघीको दिन गाउलेले अहिलेकैंै वा नय“ा चाहियो भन्ने छन ।शायद चुुनाव होला जस्तो छ ।’
धनगढी जाईका प्रभात चौधरीले भलमन्सा छनौट गर्ने बिधि पुर्ण लोकतान्त्रि रहेको बताए । उनका अनुसार अहिले ससंदमा निर्णायक रुपमा प्रस्तुत एजेन्डालाई जसरी बहुमत ध्वनी मतले पास गर्दा हुन्छ वा हुदैन भन्ने चलन छ । त्यसगरि नया भलमन्सा वा पुरानैलाई कामय गर्न पनि ‘हुन्छ वा हुदैन’ भनेर ध्वनी मत प्रकट हुन्छ । बहुमत ध्वनी मतका अधारमा भलमन्सा वा वडघर छनौट हुन्छन ।
अहिले केहि थारु बस्तीमा मतदानको प्रकृयाबाट पनि भलमन्सा वा बडघर निर्वाचित गर्न शुरु भएको हेरुलालले बताए । गएको बर्ष कटानपुर थारु गाउ“मा मात्रै नभएर, भजनीको महादेउली , पल्टुपुर र थापापुरमा पनि चुनाव भएको बताए ।
उनले पछिल्लो समयमा थारु समाजमा पुरुष मात्रै भलमन्सा हुने प्रचलन पनि हटदै गएको बताए । गएको बर्ष महादेउलीमा सुमित्रा चौधरी महिला भलमन्साको चुनावमा उम्मेदवार भएकी थिइन । तर थोरै मतले पुरुस उम्मेदवार लेखराम चौधरी जितेका थिए।
भलमन्साका सहियोगीका लागि चार जना ‘चिराकी’ र गुरुवा हुन्छन । ‘चिराकी’को मुख्य काम भलमन्साको उर्दि र सूचनालाई सवैको घर– घर पुुगाउने हो । ‘गुुरुवा’ धामी झाक्री , औषधी मुलो , बैद्य मध्येका छानिने गर्छन । चौधरीले अहिले कयौं गाउ“मा ‘चिराकी’ पद हटाइ सकेको छ । त्यसको ठाउमा कमिटी बनेको छ । गुरुवा गा“उका सवै बैद्यहरु पर्ने गरेको बताए ।

इ-डटपेन 









