भजनी, कैलाली )
कैलालीको भजनी स्थित पुुरैना तालमा अकास ढाकेर आउने साइवेरिन चराहरुलाई देखेर ६० बर्षिय स्थानिय ठग्गुु.थारु अचम्म पर्दथ्ये । केहि बर्ष अघि जाडोको मौसममा आउने र जाडो सकिए पछि फागुन चैत तिरबाट आए उतै पुनः उडान भर्ने चरारुका बारे उनी निकै धेरै कुरा मनमा खेलाउथे ।
उतिबेला उनलाइ लाग्थ्यो ,येति धेरै चराहरु कहॉबाट आउछन र कह‘ा जान्छन । अचेल अकास ढाकेर आउने चराहरुको बथान नदेखेको धेरै बर्ष पनि भयो । उनी भन्छन, चि अहिले चराहरु कहा गए होलान ?
उनी त्यसबेला पुरैना ताल नजिकै घरखेत भएकाले चराहरुको अवलोकन हिउदे मौसममा दिनदिनै जसो भईराख्थ्यो भन्छन । उनलाई अचम्म लाग्ने एउटा अर्काे कुरा के थियो भने, येति धेरै चराहरु अन्नवालमा बसे दियो भने त सखापै हुन्छ तर बस्दैनन कीन ? उनका अनुसार चराहरु बारीमा बस्न आउदैन थिए । ति चाराहरु ताल र त्यसका वरीपरिको आहारा खोज्थ्ये । खासै बिगाड नगर्ने चराहरु नदेखेको डेड दशक नै भएको उनी बताउ“छन ।
नेपाल पंक्षि संघका कैलाली फिल्ड अधिकृत हेरुलाल डगौराका अनुसार कैलालीमा साइवेरिन चराहरु बषर््नी आउछन । पुरैना ताल ०६४ सालको बाढीले पुुरिए पछि त्यहा नदेखिएका हुन ।
उनले ताल पुरिए संगै त्यसवरपरको करिव ५ हेक्टर सिमसार क्षेत्र समेत अतिक्रमणको चपेटमा परेको बताए । त्यहाका तालको जैविक बिबिधता र ताल लुुप्त भएको डगौराको भनाई छ ।

‘साइवेरिन चराहरु त ,कैलालीको घोडाघोडी, नखरौड तालमा जाडो छल्न आउछन ,गर्मि शुरु भएपछि पुुन फर्कन्छन’ उनले भने,‘पुरैना तालनै नरहेकोले त्यह‘ा साइवेरिन चराहरु आउन छोडेका हुुन । चराहरु आराहा बिनाको स्थानमा केका लागि आउने ?’ उनले मोहना नदीको बाढीले ताल पुुरेपछि ताल त्यसको सिमसार क्षेत्र अतिक्रमण परेको बताए । उनले आफुु लगायत संरक्षणका क्षेत्रमा लागेका सस्था र ब्यक्तिहरुबाट पुुरैना ताल क्षेत्रको अतिक्रम रोक्क सम्वन्धित निकायलाई पहल गर्दै आएको जानकारी दिए ।
स्थानिय तह , वन डिभिजन लगायत सरोकार पक्षलाई पुुरैना ताल क्षेत्रको अतिक्रमण रोक्न सकिए, ताल पुनः प्राकृतिक रुपमै पुुर्नस्थापनाको सम्भवाना रहेको जानकारी गराउदै आएको बताए । ‘थोरै लगानीमा बर्खाको पानी पुुनः जमेर ताल पुुर्नस्थापना हुन्छ’उनले भने, ‘ तालको अतिक्रमण क्षेत्र हटाएर सिमसार क्षेत्र पनि फर्कन्छ , २÷४ बर्षमा त्यहाको जैविक बिबिधता पहिलेकै अवस्थामा उम्रिन्छ । साइवेरिन चराहरुपनि फर्कने र त्यहो चारा अवलोकन क्षेत्र बन्न सक्छ ।’
भजनी नगरपालिका वडा नम्वर ७मा पर्ने पुुरनै ताल बसन्ता संरक्षण क्षेत्र भित्रको एक प्रमुख समसार क्षेत्र हो । यस सिमसार क्षेत्रले भारतको दुदुुवा नेशनल पार्क संग पनि जोडिएकोले अन्र्तराष्ट्रिय जैविक मार्गमा समेत परेको छ । दुुई देशिय वन्यजन्तुु कोरिडोरको रुपमा रहेकाले ताल परियोजनाका ‘कनेक्टभेटी’लागि समेत यो क्षेत्रको संरक्षण र पुर्नस्थापना आवश्यक भएको बसन्ता संरक्षण क्षेत्रका कर्मचारी महेश चौधरीले बताउछन ।
भजनी नगरपालिका प्रमुख केवुुल चौधरीले पुुरैना तालको पुुर्नस्थापना, संरक्षणका योजना लागुगर्न लागिएको जानकारी दिए । ‘०६४को बाढीले ताललाई पुुरिएको हो, त्यसपछि त्यसको सिमसार र तालको समेत केहि भागमा स्थानियले अतिक्रमण गरिएको छ ’उनले भने,‘ वन डिभिजन, नापी कार्यालय लगायत अन्य सरोकार पक्ष संग मिलेर स्थानिय तहले ताल र त्यसको सिमसार क्षेत्रको नक्सान गर्ने काम भएको छ ।’उनले नक्सान गरेर चार किल्ला समेत हानी सकेको जानकारी दिए ।
‘अतिक्रमण गरिरहेका स्थानियलाई गहुुको सिजन खान दिने र धान लगाउन नदिने गरि अतिक्रमण हटाउने योजनामा छौ’ उनले भने,‘ सूूचना पनि जारी गरिएको छ । अतिक्रमण गरि बसेका परिवारले समेत गहुुबाली भित्राएपछि अतिक्रमण क्षेत्र खाली गर्ने भनेका छन । अतिक्रमण क्षेत्र खाली पछि तालको पुुर्नस्थापना र संरक्षणको बजेट र योजना बन्ने र लागुु गरिने छ ।’
उनले पुरैना तालको पुुस्थापना गरि बिकास गर्न सकिएमा स्थानिय तहको आम्दानीमा समेत बृद्धि हुने बताए ।
कैलाली जिल्लामा पुरैना ताल मात्रै होइन, बाढी, मानविय अतिक्रमण र संरक्षणको अभावमा २सय भन्दा बढी तालतलियको क्षेत्र मासिएको छ । ‘जिल्लाको वनको नक्सामा ५ सय भन्दा बढी तालतालियाहरु अहिले पनि देखिन्छन’ डल्फिन संरक्षण केन्द्रका सचिव बिजय राज श्रेष्ठले भने,‘तर फिल्डमा प्राकृतिक ताल कैलालीमा २ सयको हाराहारीमा छन ।’
उनले उनका अनुसार २०६४को ठुुलो बाढीले धेरै तालतलियाहरु पुुरिए । ति तालतलियाको पुर्नस्थापनामा कतैबाट पहल प्रयास भएन । स्थानिय बासिले बस्ती नजिकका ताल अतिक्रमण गरि बसे । स्थानिय तहले आ आफना पुुरिएका र अतिक्रमण गरि नासिएका तालको खोजअध्यायन गरेपछि कैलाली जिल्लामा ५ सय भन्दा बढी ताल पुन पुुर्नस्थापित हुन सक्ने उनी बताउछन ।
संरक्षण छैन , दोहन मात्रै
कैलाली जिल्लामा अहिले अधिकांस स्थानिय तहको प्रमुख आम्दानीको स्रोत वन जंगलका प्राकृतिक ताल तलियानै रहेका छन । पंक्षी संघका डगौराले कैलालीमा घोडाघोडी र नखरौड ताल बाहेक अन्य सवै तालमा स्थानिय तहले माछा पालनको ठेक्का दिएर आम्दानीको प्रमुख स्रोत बनाएको दावी गरे ।
रामसारमा सूूचिकृत घोडाघोडी र त्यसको सिमसार क्षेत्रमा पर्ने नखरौड ताल बाहेक जिल्लाका करिव साना ठुुला गरि २ सय ताल स्थायि तहले ठेक्कामा दिएर आम्दानीको स्रोत बनाएको छ । जिल्लाका १३ वटा स्थानिय तह मध्ये घोडाघोडी सिमसार क्षेत्र र वसन्ता संरक्षण क्षेत्रमा धेरै तालतलिया पर्छन । घोडाघोडी नगरपालिका भित्र मात्रै ६८ वटा ताल पर्छन । जसमध्ये घोडाघोडी र त्यसको सिमसार भित्र पर्ने नखरौड ताललाई मात्रै माछाको ठक्कामा दिएको छैन ।
पंक्षी संघका डगौराले घोडाघोडी पछि कैलारी गाउपािलका , गौरीगगा , गोदावरी , भजनी ,बर्दगोरिया, जोशीपुर, जानकी , लम्की चुुहा , टिकापुर लगायतका स्थानिय तल पर्छन । ‘जिल्लामा धनगढी उपमहानगर पालिका भित्रका र घोडाघोडी , नखरौड बाहेक अन्य सवै स्थानिय तहमा पर्ने प्रायः सवै तालतलिया ठेक्कामा छन’ उनले भने, ‘ठेक्कामा गएका तालमा साइवेरिन चराहरु त कसरी आउन सक्ने भए? रैथाने चराहरुलाई समेत माछा खाइ दिन्छन भनेर भगाई दिएका छन । त्यहाको जैविक बिबिधता पनि नस्ट भएको छ ।’ ताललाई चरा अवलोकन , गोहि लगायत जलचर अवलोकन क्षेत्र घोषणा गरि पर्या पर्यटनको बिकासमा दिगो योजना कार्यक्रम दिन आफुुहरुले स्थानिय तहलाई आग्रह गर्दा समेत वेकास्ता गरेको बताए ।
‘तत्काल बिना लगानी आम्दानीको स्रोत भएपछि पर्या पर्यटन जस्ता कार्यक्रम योजना ल्याएर काम गर्न कुनै स्थानिय तह मन्जुुर भएको पाइन’ उनले भने,‘पुुरैना ताल पुर्नस्थापनामा भजनी नपा माछाको ठेक्का दिन हो भने त्यसको कुनै अर्थ नहुुदैन ।’
धनगढी उपमहानगर पालिका भित्र पनि ३५ वटा तालहरु पर्छन । अतिक्रमणमा परि अधिकांस तालको अस्तिव नामिट भएका छन । केहि तालको अस्तित्व संकटमा छ । जोखर र देवरियहा, वेहडावा ताल क्षेत्र पर्या पर्यटन क्षेत्रको रुपमा बिकास गर्ने उपमहानगरले संरक्षणको काम गरेको छ ।
मेयर गोपाल हमालले भने उपमहानगर पालिका भित्रका नक्सामा देखिएका सवै ताल क्षेत्रको पुर्न स्थापना गरिने बताए । ‘नासिएका तालको नक्साकन र पुर्नस्थापनाका लागि काम पनि शुरु गरि सकेका छौ’ उनले भने । ‘५ बर्ष भित्र सवै अतिक्रमित तालतलिया पुर्नस्थापना गरिने छन ।’

इडटपेन 









