धनगढी — सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । ५३ सदस्यीय प्रदेशसभामा सोडारीले २८ मत पाएका हुन् ।
सोडारीको पक्षमा एमालेका ११, माओवादीका १०, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका २ र एक जना स्वतन्त्र सांसद गरी २८ जनाले मतदान गरेका छन् ।कांग्रेस र नागरिक उन्मुक्ति (रेशम चौधरी पक्षधर) र राप्रपा सांसदहरू मतदान प्रक्रियामा सहभागी भएनन् । बैठक सुरु हुनेबित्तिकै विरोधसहित उनीहरूले नाराबाजी गरेका थिए । विरोधका बीच सभामुख भीमबहादुर भण्डारीले मतदान प्रक्रिया अगाडि बढाएपछि उनीहरूले बैठक बहिष्कार गरेका हुन् । बैठक विपक्षीविहीन रहेको थियो । बैठकमा २८ जना सहभागी भएका थिए ।
यस अघि मुख्यमन्त्री सोडारीले बैशाख २३मा बिश्वासको मत लिन खोजेका थिए । त्यसबला नेकपा एमालेले बिश्वासको मत दिन नखोज्दा बिश्वासको मत लिनका लागि बोलाएको प्रदेश सभाको बैठेक अनिश्चित कालका लागि स्थगित गरेको थियो ।

इ-डटपेन 









