(धनगढी) ‘हाम्रो धनगढी ,हाम्रै पालामा, हामी बनाउछौं’ चुुनावी नारामा अत्याधिक मतले बिजयी भएका स्वतन्त्र उम्मेदवार मेयर गोपाल हमालले दुुई बर्षमै धनगढी उपमहानगरपालिका बिकासमा फडकोनै मारेका छन ।
धनगढी बजारको स्वरुपमै परिर्वतन ल्याएर एक समृद्धिको शहरको झल्को दिने गरि कामको शुुरुवात गरेका छन । ग्रामिण क्षेत्रमा सडक , खानेपानी बिजुुली बत्ति सञ्चार लगायतका अधारभुत बिकाससंगै शिक्षा , स्वास्थ्य,र कृषि ब्यवसायिकरणमा उल्लेखिय प्रगति हासिल गरेका छन । हेर्नुुहोस धनगढी उपमहानगरले दुुई बर्षमा गरेको प्रगती बिवरण
( १ ) आर्थिक विकास
कृषि :
- त्रिनगर मा.वि.को जग्गामा सन्चालन गरेको कृषि हाटबजारमा उप–महानगरपालिका भित्रका किसानहरुले उत्पादन गरेका कृषि उपज राखी बिक्रि वितरण गर्ने वातावरण तयार गरेको र कृषि हाटबजारमा हुने गरेको बिचौलियाहरुका गतिविधिहरु लाई निरुत्साहित गरिएकोछ
- नगरमा फुलखेती गर्ने किसानहरुका लागी तालिमसंचालन गरि खेति बिउ लगायत सामाग्री वितरणगरिएको छ
- पुष्प व्यवसायी लाइ नगर परिसरमा पुष्प बिक्रि केन्द्रको निशुल्क व्यवस्था गरिनुका साथै बिक्रि नभएको फूलहरुको किसन लाई क्षतिपूर्ति उपलब्ध गरिएकोछ
- आलुको मूल बिउ उत्पादन र भण्डारणमाकिसानहरु लाई अनुदान उपलब्ध गराइएकोछ
- स्थानीय थारु आलुको उत्पादन मिनी पकेट संचालन गरिएको छ
- मुग उत्पादन प्रवर्द्धनका लागी बिउ , बिषादीमा ७५ प्रतिशत अनुदान र तालिमको दिईएकोछ
- अपाङ्गता भएका एकल महिलाहरु दलिल महीला , जनजाती महिलाहरु लाई आयआर्जन गर्ने उदेश्यले तरकारी खेति र च्याउ खेतीमा कार्यक्रम संचालन गरिएकोछ
- कृषक पाठसाला संचालन गरिएकोछ
- कृषक सुचिकृत गर्ने कार्य गरिएकोछ
- उन्नत जातको धान गहुको बिउ उपयोगमा अनुदान वितरण गर्नेकाम गरिएकोछ
- तरकारी खेति तथा बेमौसमी तरकारी खेति गर्ने किसानहरु लाई टनेलमा अनुदानको व्यवस्था गरिएकोछ
पशु :
- उप–महानगरपालिका क्षेत्र भित्रका सामुदायिक कुकुर व्यवस्थापन कार्यक्रम अन्तर्गत भ्याली एनिमल क्लिनिक काठमाडौंको प्राविधिक सहयोगमा १५४ वटा कुकुरहरुको बन्ध्याकर शिविर संचालन गरि बंध्याकरण गरिएको
- ९ वटा बहुलाकुकुर लाई नियन्त्रण गरि व्यवस्थापन गर्नेकाम गरेकोछ
- कृतिम गर्भाधान मिसन कार्यक्रम अन्तर्गत ७८३ वटा गाई ,भैसी र बाख्राहरुमा कृतिम गर्भाधान गरिएको
- सामुदायिक पशु व्यवस्थापनका लागी समुदाय संग सहकार्य गरी वडा नं. १६ , वडा नं. १८ र वडा नं. ७ मा गौशालामा नियनित रुपमा चारा दाना र चराउने प्रयोजनका लागी गोठालाको साथै १ जना पशु प्राबिधिक राखी नियमित पशु स्वास्थ्य उपचार गर्दै आइरहेकोछ
- वडा नम्बर १४,१८ र १९ का ३२९२ पशुहरुमा पहिचानका लागि Tagging गर्नेकाम सम्पन्न भएकोछ
सहकारी :
उद्योग :
- प्लाष्टिकको प्लेटको बिकल्प खोज्ने कार्यका लागी रोजगारी सृजना गर्ने उदेश्य अनुसार १९२ जनाका लागी दुना टपरी बनउने तालिम संचालन गरेको र हाल तालिम लिनु भएका समुहले उत्पादन गरेका दुना टपरी बजारमा बिक्रि वितरण भइरहेकोले दुना टपरी बनाउने समुहले दुना टपरी बाट आम्दानी गरी घर खर्च चलाई रहेकाछ्न
- बजारमा प्लास्टिक ब्यागको विकल्पको रुपमा प्रयोग गर्ने फाईबर झोला बनाउने तालिम संचालन गरी रोजगारी सृजना भएकोछ
पर्यटन :
- धनगढी उप–महानगरपालिका – १ को मुटुमा रहेको दशरथ भिम उद्यान र धनगढी उप–महानगरपालिका – १५ कनरिमा रहेको कनरी पार्क लाई पुनर्निर्माण गरि व्यवस्थित गर्ने कार्यका लागी विस्तृत परियोजना प्रतिवेदन ( DPR ) तयार गर्ने कार्यकाभएकोछ
- वडा नम्बर १७ सरौटामा सामुदायिक वन , नेपाल रेडक्रस संगको साझेदारीमा शिवगंगा नदीको किनारमा भल्का संरक्षण पोखरी निर्माण र बनभोज स्थल निर्माण गर्ने काम सम्पन्न गरोएकोछ
( २ ) सामाजिक
शिक्षा :
- धनगढी उपमहानगरपालिका नगर खेलकुद विकास ऐन, २०७९ जारी गरेकोछ
- शैक्षिक क्रियाकलापमा एकरुपता ल्याउन नगर स्तरीय शैक्षिक क्यालेण्डर प्रयोमा ल्याइएकोछ
- धनगढी उप–महानगरपालिका नगर शिक्षा ऐन, २०७४ मा दोस्रो संशोधन गरेकोछ
- आधारभूत तह कक्षा १–३ को पाठ्यक्रम छपाई गरी सबै विद्यालयहरुलाई नि:शुल्क वितरण
- आधारभूत तह (कक्षा १–८) को स्थानीय पाठ्यक्रम “ हाम्रो धनगढी“ स्थानीय पाठ्यपुस्तक लेखनको कार्य भईरहेको
- आधारभूत तह कक्षा ८ को परिक्षा प्रणालीमा लाई व्यवस्थितरुपमा संचालन गर्ने परिपाटीको विकास गरिएको
- EMIS सम्बन्धि तालिम संचालन र समय सापेक्ष update गर्ने काम लाई प्राथमिकतामा राखिएकछ
- आधारभूत तह कक्षा –८ को परिक्षाका सम्पूर्ण कार्यहरु EMIS बाट गर्ने कार्यको थालनी
- बिधायलय समायोजन र शिक्षक दरबन्दी मिलान गर्ने काम सम्पन्न गरिएकोछ
- भारतको नयाँ दिल्लीको शैक्षिक अवलोकन भ्रमण सम्पन्न गरिएकोछ
- बिद्यालयमा शिक्ष भर्नाका लागी हुने विज्ञापन सम्बन्धि सूचना र शिक्षक सरुवा सम्बन्धि १५ दिने सूचना अनिवार्य प्रकासित गरी उप–महानगरपालिकाको वेब साइड र फेसबुक पेजमा राख्न पर्ने व्यवस्था गरिएकोछ
- बिद्यालयको सम्पतिको लगत तयार गर्ने काम भैरहेको
- सम्पूर्ण सामुदायिक बिद्यालयमा बिधुतिय हाजिरी जडान गर्नेकामको सुरुवात गरिएकोछ
- सस्थागत बिद्यालयहरुको बर्गिकरणका लागी सूचना प्रकाशित गरि आवेदन संकलन गरि बर्गिकरणको काम भैरहेकोछ
- आधारभूत तह कक्षा १ देखी ३ को पाठयक्रम छपाई र बिद्यालयहरुमा वितरण
- सामुदायिक बिद्यालयका सम्पूर्ण शिक्षकहरु र कर्मचारीहरुको विवरण डिजिटल प्रविधिमा राख्ने कामको सुरुवात गरिएको
- चालुआर्थिक बर्षमा नमुना घोषणा भएका ५ वटा बिधालयहरुमा SMART BOARD जडान कार्य हुदैछ साथै BIG PLAY STATION जडानका लागी सप्लायर्स संग सम्झौता सम्पन्न भएकोछ
- सामुदायिक बिधालयहरुको शैक्षिक गुणस्तर अभिबृद्धिका लागी काठमान्डौ बिश्वबिधालय , Teach for नेपाल , karkhana समुह र IDI संग समझदारी भई कार्य अगाढी बढीरहेकोछ
- अघिल्लो शैक्षिक सत्रमा आधारभूत तहमा सुन्य नतिजा आएका र ५ वटा नमुना बिधालयहरुमा ८ कक्षामा नेपाली , अंग्रेजी , गणित र बिज्ञान विषयका अतिरिक्त कक्षा संचालनका लागी रकम निकासा गरिएको छ
- बिधालयमा समय समयमा बिभिन्न निकाय र संघ सस्थाहरु र समिति द्वारा अनुगमन गरिएकोछ
- नगर स्थापना दिवसको अवसरमा आधारभूत तहको परिक्षामा उत्कृष्ट नतिजा ल्याउने बिद्यालय र विधार्थीहरु लाई सम्मान तथा नगदपुरष्कार वितरण गरिएकोछ
- माध्यमिक तह संचालन भएका बिधालयका लेखा हेर्ने कार्मचारीहरु , प्रधानाध्यापकहरु र आधारभूत तह संचालन भएका बिद्यालयका बिद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकहरुका लागी लेखा प्रणाली सम्बन्धि तालिम संचालन गरिएकोछ
- जिल्ला स्तरीय राष्टपति रनिंग सिल्ड प्रतियोगितामा जिल्लाकै सबै भन्दा बढी पदक जित्न सफल भएको
- आधारभूत तहको बार्षिक परिक्षामा सुन्य नतिजा भएका १७ वटा विधालयका प्र.अ. र बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरु संगको अन्तरक्रियामा तथा कार्यशालामा सामुदायिक बिद्यालयमा अध्यन गर्ने विद्यार्थीहरु संग कपि,पुस्तक र कलम जस्ता शैक्षिक सामाग्रीका अभाबले सुन्य नतिजा आएको निष्कर्ष आएपश्चात उक्त समस्या समाधान गर्न नगर प्रमुखले पाउने सेवा सुबिधा वाफतको रकम र आफ्नो व्यक्तिगत तर्फ बाट केहि रकम थप गरि १० लाख बराबरको स्टेशनरी र शैक्षिक सामाग्री तेस्त्ता विद्यार्थीहरु लाई वितरण गर्ने घोषणा भएको
- नगर भित्रका सामुदायिक बिद्यालयको मासिकरुमा प्रगति / असल अभ्यासको प्रष्तुतिकरण गर्ने कार्यको थालनी गरिएको छ उत्कृष्ट कार्यको प्रष्तुतिकरण गर्ने बिद्यालय लाई नगद १५०००.०० ( पन्द्र हजार ) प्रमाण पत्र सहित सम्मान गर्ने कार्यको थालनी गरिएकोछ
- २ वटा सामुदायिक विद्यालयमा ग्रास रुट क्रिकेट प्रशिक्षण कार्यक्रमको संचालन भैरहेको
स्वास्थ्य :
- प्रतेक वडामा मासिक क्यालेन्डर तयार गरी जनरल फिजिसियन र स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर सहितको वडा स्वास्थ्य क्लिनिक संचालन गरी गाउँ घरमै निशुल्क स्वास्थ्य परिक्षण , प्रयोगशाला सुबिधा , अल्ट्रासाउण्ड सेवा , ECG सेवा , आखा रोग , दात रोग सम्बन्धि निशुल्क परिक्षण र निशुल्क औषधि वितरण गरिएकोछ ( हाल सम्म सेवा लिने बिरामीहरुको संख्या ८४०३५ जना रहेका छन )
- आमा बचाऊ अभियान कार्यक्रम अन्तर्गत वडा नं. १६, १८ र १९ मा २ वटा एम्बुलेन्सको व्यवस्था गरी गर्भवती सुत्केरी आमाहरु लाई निशुल्क सेवा प्रदान भइरहेकोछ हाल सम्म ५८० जनाले सेवा प्राप्त गर्नुभएको छ
- १६३ जनाले निशुल्क सब बाहन सेवा र २७७ जनाले दाहा सस्कार खर्च प्राप्त गर्नु भएकोछ
- २४ जनाले सब चिस्यान फ्रिजको सुबिधा प्राप्त गर्नु भएकोछ
- डेंगु रोग नियन्त्रणका लागि १९ वटै वडामा महिला स्वास्थ्य स्वयम् सेवक परिचालन गरी लामखुट्टेको बासस्थान पत्ता लगाउने र लार्भा नष्ट गर्ने कार्य गरिएकोछ
- शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा , बाके संगको सहकार्यमा धनगढी उप–महानगरपालिका – ७ बेली सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा क्यान्सर हेल्थ क्याम्प संचालन गरिएकोथियो उक्त क्याम्पमा ८८८ जनाले सेवा लिनु भयो ७३ जना बिरामीमा क्यान्सरको लक्ष्मण देखिएकोछ
- ५ बर्ष मुनिका नियमित खोप लगाउन छुट भएका १८ जना र १८३ जना डिफल्टर भएका लबालिकालाइ खोजेर खोप लागाउने काम भएकोछ ।
- कुल ११२३ जना महिलाको VIA बाट पाठेघरको मुखको क्यान्सरको जाच गरिएकोछ जसमा ५८ जना शंकास्पद फेला परेकाछन ।
- ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रममा कुल ४६९९ जना गर्भवतीले अल्ट्रासाउण्ड जाच गराउनुभएको छ ४८ जनामा गर्भवतीमा जटिलता फेला परे पश्चात रेफर गरिएकोछ ।
- दादुरा रुवेला खोप अभिया बाट ९ महिना देखी १५ बर्ष सम्मका कुल ६१७६४ जनालाइ दादुरा रुवेला खोप लगाइएकोछ ।
- निशुल्क अकुपंचर, फिजियोथेरापी, प्राकृतिक चिकित्सा शिविर बाट ५६२ महिला र २३९ पुरुष गरी कुल ८०१ जना (नया ४७७ र फलोअप ३२४) अकुपंचर, फिजियोथेरापी र प्राकृतिक चिकित्सा सेवा प्राप्त गरेका छन
- सिकलसेल तथा थालासिमिया रोगको स्क्रनिङ तथा परिक्षण कार्यक्रम (सेती प्रादेशिक अस्पतालको सहकार्यमा) कुल परिक्षणः ३५१ शंकास्पदः ६० मध्ये २ जना सिकलसेल रोगी पत्ता लागेकाछन् ।
- अटिज्म स्किनिङ शिविर बाट कुल ८६ जना सेवाग्राहीले सेवा प्राप्त गरेका जस मध्ये ५६ जना अटिज्म भएका बालबालिकामा अटिजम देखिएको छ ।
- १० वटा स्थानमा लागु औष दुर्बेशन सम्बन्धि सचेतना कार्यक्रम संचालन
खानेपानी तथा सरसफाइ :
- १ देखी १९ वटै वडाका टोलहरुमा सामाजिक परिचालकहरुको अगुवाइमा सरसफाई सम्बन्धि अभियान संचालन गरिएका छन
- नगर भित्रका बिद्यालयहरुमा सरसफाई सम्बन्धि कार्यक्रम संचालन गरिदै आएकोछ
- कुहिने र नकुहिने फोहर लाई श्रोतमै बर्गिकरण गरेरमात्र संकलन गर्ने गरिएकोछ
- नकुहिने फोहरलाई सुक्ष्म बर्गिकरण केन्द्रमा लगेर बर्गिकरण गर्ने गरिएकोछ
- सुक्ष्म बर्गिकरण केन्द्रमा संकलित फोहर बिक्रीवितरणका लागी सूचना प्रकासन गरिएकोछ
- धनगढी उप–महानगरपालिका वडा नं. १ देखी १९ सम्मका वडाहरुमा सामाजिक परिचालनका माध्यमबाट घरबाट उत्पादन हुने फोहर बर्गिकरण गर्ने श्रोतामै फोहर घटाउने र व्यवस्थित रुपमा बिसर्जन गर्ने कार्यको सुरुवात भएकोछ
- बजारमा फोहर संकलन गरि ढुवानी गर्ने प्रयोजनका लागी गार्वेज कलेक्टर खरिद गरि संचालनमा ल्याइएको
- बजार क्षेत्रमा निर्माण हुने सार्वजनिक शौचालयको डिजाइन गर्न डिजाइनर प्रतिष्पर्धा गराई शौचालयको डिजाइन छनौट गरिएकोछ
- उप–महानगरपालिकाको फोहर सङ्कलन गर्ने जिम्मा निजि साझेदारीमा कार्यक्रम अन्तर्गत संचालन भैरहेको र टोल टोलमा फोहर लाई बर्गिकरण गर्न र फोहर लाई काम लाग्ने र नलाग्ने फोहर छुट्याउने तालिमहरु टोल विकास समुह मार्फत संचालन गरि रहेकोछ
- प्लाष्टिक न्यूनीकरण अभियानको थालनी गरिएको पोलिथिन झोला तथा प्लाष्टिकका वस्तु बिक्रि वितरण र प्रयोगमा प्रतिबन्ध लगाईएकोछ
- सरसफाई प्रवर्द्धन गर्न र प्लाष्टिकको प्रयोग घटाउने अभियानका लागी टिक टक प्रतिष्पर्धाको व्यवस्था गरिएकोछ
- मुख्य सडकमा नक्सांकन गरी आवश्यक स्थानहरुमा फोहर संकलन तथा व्यवस्थापनका लागी सड्ने र नसड्ने फोहर अलग अलग राख्ने प्रयोजनका लागी डस्टविनको व्यवस्था गरिएको
- सरसफाई कर्मचारीको कार्य क्षमता बढाउने उदेश्यले सरसफाइ कर्मीहरु लाई ७ दिने तालीम प्रदान गरिएको
महिला , बालबालिका , युवा लक्षित समूह , समाबेसी विकास :
- अपाङ्गता भएका व्यक्तिहरुको स्केनिंग ( २१६ जना ) लाई र अपाङ्गता भएका व्यक्तिहरु लाई सहायता सामाग्री वितरण गरिएको ( संख्या १८९ , महिला ८४ र पुरुष १०५ )
- १ देखी १९ वडाका जेष्ठ नागरिकहरु लाई धार्मिक भ्रमण ( १४२ जना जेष्ठ नागरिकहरु लाई मुक्तिनाथ दर्शन ) गराएको
- १०७ जना बेवारिसे व्यक्तिहरु बिरामी तथा अलपत्र परेका व्यक्तिहरु लाई उद्दार गरेकोछ
( ३ ) पूर्वाधार
सडक :
- धनगढी उप–महानगरपालिका वडा नं. १ कैलाली पुल देखी धनगढी उप–महानगरपालिका वडा नं. ८ हुलाकी सडकको सुन्य बिन्दु सम्मको धनगढीको मुख्य सडकमा निर्माण गरिएका ४२८ घरहरु सम्बन्धित घरधनीज्यूहरुको सक्रियता हटाई ३० मिटर अधिकार क्षेत्र खालि गराइएकोछ
- धनगढी उप–महानगरपालिका वडा नं. १ कैलाली पुल देखी धनगढी उप–महानगरपालिका वडा नं. ८ हुलाकी सडकको सुन्य बिन्दु सम्मको धनगढीको मुख्य सडक लाई सुबिधा सम्पन्न शहरी सडक निर्माण गर्न सुदूरपश्चिम प्रदेश सरकार लाई अनुरोध गरी प्रदेश सरकार बाट सडक निर्माण कार्यको भैरहेकोछ
- बर्षातको समयमा खोलानाला बन्द हुने निर्माण सामग्री उठाउन नमिले र सडकमा खाल्टा खुल्टी परेर यात्रा गर्दा कठिन हुने भएकोले त्यस्तो समस्या आउन नदिन पर्याप्त मात्रामाउप–महानगरपालिकाको टिप्पर द्वारा ग्राभेल स्टक राखिएकोछ
- नगर भित्रका सडक लाई सुचारु रुपले संचालन गर्ने कार्यका लागी आवश्यक भएका ठाउँमा नगरपालिका संग भएका टिप्पर तथा ब्याको लोडर प्रयोग गरि मागका आधारमा १ देखी १९ वटै वडामा ग्राभेल गरि मर्मत गर्दै आइरहेकोछ
- धनगढी – १ को लक्ष्मीनारायण चौक मा सडक साघुरो भै जाम लाग्ने र बजारमा यात्रा गर्ने यात्रुहरुले बजार अस्तबेस्त भएको गुनासो गरे पश्चात उक्त जाम हटाउने कार्यका लागी त्रिनगर स्कुल र लक्ष्मीनारायण मन्दिरको सिमाना बाट पौष्टिक आहारको कार्यालय जोड्ने सडक खोलि ग्राभेल गर्ने काम सम्पन्न भएकोछ
- नयाँ जग्गामा प्लटिंग गरि बस्ति बसाउने प्रयोजनका लागी खोलिएकासडकहरुमा कित्ताकाट पुर्व बर्षातको समयमा निर्वाधरुपमा आवागमन गर्न मिल्ने गरी सडक ग्राभेल गरे पश्चात मात्रै कित्ताकाट अनुमति दिने व्यवस्था गरिएकोछ ( ग्राभेल गरेको लम्बाई ७. २ कि.मि. )
- छ लेन सडकमा राखिएका कंक्रिटका डीभाडरहरु लाई विभिन्न सरोकारवालाहरु लाई हटाउन आग्रह गर्दा काम अगाढी नबढेको र उक्त डीभाईडरमा ठोकिएर नगर क्षेत्रमा धेरैले ज्यान गुमाउनु परेकोले धनगढी चौराहा देखी बोराडाडी सम्मका डीभाईडरहरु उप–महानगरपालिकाको लगानीमा हटाई व्यवस्थापन गरिएकोछ
पुल :
- ७ वटा पुल निर्माणाधीन अवस्थामा रहेको र १ पुल निर्माण गर्ने काम सम्पन्न भएको
- नयाँ जग्गामा प्लटिंग गरि बस्ति बसाउने प्रयोजनका लागी खोलिएकासडकहरुमा कित्ताकाट पुर्व बर्षातको समयमा निर्वाधरुपमा आवागमन गर्न मिल्ने गरी सडकमा हुमपाईपक्रसिंग गरे पश्चात मात्रै कित्ताकाट अनुमति दिने व्यवस्था गरिएकोछ (हाल सम्म ८४ थान बिभिन्न साइजका हुम्पाईप जडान गरिएका छन )
सिचाई :
- वडा नम्बर १२ बि गाउँमा गहिरो बोरिंग गाड्ने काम सम्पन भएको छ
आवास :
शहरी विकास :
- धनगढी बजारमा रहेको सवारीसाधन पार्किंगको समस्या लाई समाधान गर्न सरकारी कार्यालय अगाढ़िका पर्खाल हटाईपार्किंग स्थल निर्माण गर्नेकामको सुरुवात गरेको छ
- हाल वडा नं. ४ मा रहेको बस पार्क साघुरो भइरहेकोले वडा नं.३ को कालिकानगरमा निर्माण गर्ने कार्यका लागी बिस्तृत परियोजना प्रतिबेदन तयार गरिएकोछ
- आवधिक योजना निर्माणको काम भएकोछ
- छ लेन सडकमा साइकल लेनको निर्माण गरिएकोछ
- उप–महानगरपालिका सिमानामा स्वागत द्वार निर्माण गरिएकोछ
भवन :
संचार :
- धनगढी उप–महानगरपालिका वडा नं. १ कैलाली पुल देखी धनगढी उप–महानगरपालिका वडा नं. ८ हुलाकी सडकको सुन्य बिन्दु सम्मको धनगढीको मुख्य सडकमा रहेको टेलिफोन लाईन भूमिगत प्रबिधि विस्तार भैरहेकोछ
उर्जा :
- धनगढी उप–महानगरपालिका वडा नं. १ कैलाली पुल देखी धनगढी उप–महानगरपालिका वडा नं. ८ हुलाकी सडकको सुन्य बिन्दु सम्मको धनगढीको मुख्य सडकमा रहेको बिधुत लाईन नयाँ पोल सहित सार्नेकाम भैरहेको
- छ लेन सडकमा धनगढीभन्सार देखी गेटा विमानस्थल जाने सडक सम्मर क्याम्पस चौक देखी जनआवाज एफ एम रहेको स्थान सम्म स्मार्ट सडक बत्ति जडान सम्पन्न गरिएको
- कैलाली भन्सार देखी बिमानस्थल जाने सडक सम्म हाई मास्क बत्ति जडान भएको
- कैलाली भन्सार देखी गेटा विमानस्थल जाने सडक सम्म स्ट्रिट रुप बत्ति जडान गरि सहरको सौन्दर्यकरण गर्नेकाम गरिएको
- विमानस्थल देखी छ लेन सडक सम्म सडक बत्ति जडान गरिएकोछ
- नयाँ जग्गामा प्लटिंग गरि बस्ति बसाउने प्रयोजनका लागी खोलिएका स्थानहरुमा कित्ताकाट पुर्व बिधुत पोल र तार तानी बत्तीले बाल्ने अवस्थाको सुनिश्चितता भएमा मात्रै कित्ताकाट अनुमति दिने गरिएकोछ ( हाल सम्म २९२ बिधुत पोल २७.४ कि.मि. बिधुत लाईन विस्तार गरिएकोछ )
( ४ ) वन , वातवरण विपद व्यवस्थापन
सामुदायिक वन :
भू संरक्षण तथा जलाधार संरक्षण :
फोहर मैला व्यवस्थापन अतिक्रमण हटाउने कार्य :
खोला नालमा :
धनगढी उप–महानगरपालिका वडा नं. २
- STS सिनेमा हल देखी रातोपुल सम्म (० .७ कि.मि.)
- छ लेन सडक रश्मि मेडिकल देखी फन पार्क हुदै नेपाल भारत सिमाना सम्म (१ .३ कि.मि.)
- STS सिनेमा हल देखी रुवस होटेलको नजिकको कल्भर्ट सम्म (० .६१० कि.मि.)
- रुवस होटेलको नजिकको कल्भर्ट देखी दिनेश मेटल सम्म (०.२ कि.मि.)
- धनगढी उप–महानगरपालिका वडा नं. ३
- डिलाशैनि टोल देखी सुधार गृह हुदै मोहना नदी सम्म (१.२ कि.मि.)
- फाप्ला पानी टंकी देखी राजघाट जाने नयाँ पक्कि पुल ( मोहना नदि ) सम्म (०.६५ कि.मि.)
- बोराडाडी ब्यारेक पश्चिम केदार टोल देखी चटकपुर हुदै विशालनगर जनता स्कुल नजिकको चेम्बर सम्म ( २.५ कि.मि.)
- मित्रनगर दिपेन्द्र प्रहरी स्कुल देखी पश्चिम सडक देखी दक्षिण तर्फ ( ०.३० कि.मि.)
- भाट भटेनी पछाडी गडैया देखी छ लेन सडक सम्म ( ५ कि.मि.)
- धनगढी उप–महानगरपालिका वडा नं. ४
- बोराडाडी ब्यारेक देखी कैलाली मोडेल स्कुल पछाडी बाट शिवपुरी सामुदायिक बन सम्म ( ०.३ कि.मि.)
- राष्ट्रिय तुल्सी राम मा.वि. नजिकको कल्भर्ट देखी धनगढी – ५ राष्ट्रिय आ.वि.को सिमाना सम्म ( ०.४५ कि.मि. )
- कैलाली कंक्रिट नजिकको कल्भर्ट देखी भगवती टोलकल्भर्ट सम्म र बोराडाडी तारानगर जोड्ने सडक सम्म ( १.६ कि.मि.)
- धनगढी उप–महानगरपालिका वडा नं. – ५
- तारानगर पुरानो बलबिहानी स्कुल देखी तारानगर पौष्टिक आहार सम्म( २.५ कि.मि.)
- जाई जाली सडक खण्डको लक्ष्मी पोल्ट्री अगाढी देखी सामुदायिक प्रहरी सम्मको नाला(०.२ कि.मि.)
ताल तलैया :
- धनगढी उप–महानगरपालिका वडा नं. – ७
- धनगढी उप–महानगरपालिका – ७ मा रहेको सडुवा बाबा र अन्टा ताला लाई अतिक्रमण गरि निर्माण गरिएका / निर्माण हुदै गरेको ५६ पिलरको घरको पिलरहरु हटाई ताल लाई पुरानै अवस्थामा फर्काउने कामको थालनी भएको
- धनगढी उप–महानगरपालिका वडा नं. –३
- बडहरा ताल (१९६५१ व.मि.)
- गडैया सानो (१४६२ व.मि.)
- गडैया ठुलो (२१२६ व.मि.)
- धनगढी उप–महानगरपालिका वडा नं. – ६
- कफनी ताल (१४००१ व.मि.)
- डमरुहवा ताल (२९७८.९७ व.मि.)
- डावरा ताल (३३३४ व.मि.)
- धनगढी उप–महानगरपालिका वडा नं. – १३
- मटकन्ना ताल (१२११ व.मि.)
- धनगढी उप–महानगरपालिका वडा नं. – १३
- धनगढी उप–महानगरपालिका – १३ मा निर्माणाधीन अवस्थमा रहेको रानाथारु संग्राहलयको अतिक्रमण हटाई पर्खाल निर्माण गरिएकोछ
प्रकोप नियन्त्रण :
- ६४ वटा आगलागीका घटनाहरुमा उप–महानगरपालिकाको दमकलले आगलागी नियन्त्रण गर्नेकाम गरेकोछ
- विपद व्यवस्थापन कार्यका लागी नगर प्रहरी लाई बिभिन्न तालिमको आयोजना गरि क्षमता विकास गरिएकोछ
- नगर प्रहरीका लागी सर्प उद्दार , पानि जन्य प्रकोप व्यवस्थापन तालिम , भूकम्प बाट भत्केका संरचनाहरुमा गरिने खोज तथा उद्दार र भूकम्प बाट भवनमा हुने क्षति लेखाजोखा सम्बन्धि तालिम संचालन गरिएको छ
जलवायु परिवर्तन अनुकुलन :
- धनगढी नगर विकास समिति , जावला खेल ग्रुप र सुर्य नेपाल प्रा.लि.को सहयोगमा छ लेन सडकको मिडियममा कैलाली भन्सार देखि उप–महानगरपालिकाको सिमाना सम्म तारवार सहित वृक्षारोपण गरी हरियाली प्रवर्द्धन गर्ने कार्यको सुरुवात
- नगर भित्र निर्माण भएका कालोपत्रे सडकको सेड ब्याकमा हरियाली प्रवर्द्धन गर्ने कार्यका लागी ट्रिगार्ड निर्माण गरि वृक्षारोपण गर्ने तयारी भैरहेकोछ हाल सम्म ६२२४ विभिन्न जातका बिरुवा रोप्ने काम भएकोछ ( उक्त अभियानमा देश तथा बिदेश बाट ४३लाख ५० हजार संकल भएको छ )
- ५७१ सर्पको उद्दार गरिएको छ
( ५ ) सुशासन तथा सस्थागत विकास
शाखा / महाशाखा :
- १९ वटै वडामा भूमिहीन सुकुम्बासी , भूमिहीन दलित र अव्यवस्थित बसोवासीहरु लाई लाल पुर्जा वितरण कार्यको लागी जग्गाको नाप जाच कार्य भइरहेको लापुर्जा वितरणको लागी राष्ट्रिय भूमि आयोग जिल्ला समितिमा सिफारिस गरिएको
- सरोकारवाला निकायको उपस्थितिमा मासिक कार्ययोजना बनाई संयुक्त टोलि द्वारा नियमित बजार अनुगमन गर्न उपभोक्ता हकहित संरक्षणमा बिशेष ध्यान दिईएको
कर्मचारी र दरवन्दी :
- १ देखी १९ वटै वडा कार्यालयहरु र सहरी स्वास्थ्य केन्द्रहरुमा कर्मचारी व्यवस्थापन गरिएको
- उप –महानगरपालिका कार्यक्रम कार्यान्वयन र व्यवस्थापनका लागी तालिम प्राप्त नगर प्रहरी भर्ना गरी परिचालन गरिएको
क्षमता विकास , कार्यालय संचालन तथा व्यवस्थापन :
- उप–महानगरपालिकाको आन्तरिक आम्दानी बढाई उप–महानगरपालिका लाई आत्मनिर्भर बनाउन करका क्षेत्र विस्तार गरिएको
- सुशासन कायम राख्ने उदेश्यले गुनासो सुन्नका लागी Whatsapp नम्बर र गुनासो व्यवस्थापन कक्षको व्यवस्था गरिएकोछ आएका गुनासोहरु लाई अध्यन गरि समयमै व्यवस्थापन गरिएकोछ
- धनगढी उप–महानगरपालिकामा आउने विभिन्न गुनासोहरुलाई सम्बोधन गर्नका निम्ती हेल्लो मेयर एप सञ्चालन भएको र टेलिफोन मार्फत आउने गुनासो सम्बोधनका लागि छुट्टै SIP System को अडियो रेकर्ड समेत सुबिधा भएको टेलिफोन सेवा सञ्चालनमा ल्याउने कार्य सम्पन्न भएको
- नेपाल नगरपालिका संघको ३० औ वर्ष प्रबेशको अवशरमा देशभरका नगरपालिकाहरु मध्ये धनगढी उप–महानगरपालिकाले “ सस्थागत विकास , सेवा प्रवाह र वित्तीय शुसासनका क्षेत्र” मा उत्कृष्ट काम गरे वाफत सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ( प्रचण्ड ) ज्यूबाट पुरष्कृत भएको
- मनोरंजन कर ,व्यवसायकर , बहालकर, सरसफाई कर संकलनका लागी घुम्ती टोलि परिचालन गरी राजश्व संकलन गर्दै आइरहेको
- १ लाख भन्दा बढीको बस्तु तथा सेवा खरिदका लागी ७ दिने सार्वजनिक सूचना जारी गरी प्रतिष्पर्धाको माध्यम बाट बस्तु तथा सेवा खरिद गर्ने कार्यको थालनी गरिएकोछ
- कार्यालय लाई अतिक्रमण हटाउन आवश्यक पर्ने ब्याको लोडर , नगर प्रहरीका लागी जीव र टिप्पर खरिद गरिएकोछ
- सडकमा हुन सक्ने सम्भावित क्षेति न्यूनिकरणका लागी ट्राफिक प्रहरी कार्यालय लाई ट्राफिक संकेत (चिन्ह) अंकित बोर्ड र ट्राफिक उपकरण सहयोग गरिएकोछ
कानुन निर्माण :
कार्यबिधी निर्माण :
- विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सन्चालन कार्यविधि, २०७९
- सम्पत्ति कर व्यवस्थापन कार्यविधि, २०७९
- विषयगत समिति (कार्य सञ्चालन ) कार्यविधि,२०७९
- विपद् व्यवस्थापनकोष सञ्चालनकार्यविधि,२०७९
- नमस्ते मेयर जनगुनासो सुनुवाई (सञ्चालनतथाव्यवस्थापन) कार्यविधि,२०७९
- आमाबचाऊ कार्यक्रम सञ्चालनकार्यविधि,२०७९
नीति निर्माण :
- स्वास्थ्य नीति २०७९
समन्वय र सहकार्य :
- नगर क्षेत्रभित्र काम गर्ने बिकास साझेदारहरुका बीच एक आपसमा समन्वयको अभाबमा विकास निर्माण कार्यले प्रभावकारीरुपमा गति लिन नसकेको र दोहोरो परिरहेको अवस्था लाई हटाउन संघीय सरकारका विकास कार्यमा संलग्न निकाय र प्रदेश सरकारका निकाय बीच समन्वय बैठक बस्ने र प्रगति समिक्षा र आगामी कार्यको कार्य योजना निर्माण गर्ने समन्य गरी अगाढी बढ्ने परिपाटीको थालनी गरिएकोछ
- मिति २०७९ फाल्गुन १९ र २० गते ( ३–४ march २०२३ ) सिटिनेट नेपाल राष्ट्रिय च्याप्टरको राष्ट्रिय भेला धनगढी उप–महानगरपालिकाको आतिथ्यतामा तथा सिटिनेट नेपाल राष्ट्रिय च्याप्टर ( CNNC ) को सहजीकरण सस्था भूकम्प राष्ट्रिय समाज नेपाल ( NSET ) , अध्यक्ष नगर , हेटौडा उप–महानगरपालिका तथा महासचिब तानसेन नगरपालिकाको समन्वयमा आयोजनामा काठमान्डौं महानगरपालिका , पोखरा महानगरपालिका , बिराटनगर महानगरपालिका , भरतपुर महानगरपालिका , बिरगंज महानगरपालिका तथा विभिन्न उप–महानगरपालिका बाट नगर प्रमुख , नगर उप–प्रमुख , प्रशासकीय अधिकृत , सहयोगी सस्था भूकम्प प्रबिधि राष्ट्रिय समाज र नगर विकास कोषका कार्यकारी निर्देशक ज्यूको समेत सहभगिता रहेको थियो .
- लागूऔषध दुर्बेसनीमा फसेका युवाहरु लाई धनगढी उप–महानगरपालिका – १८ मा रहेको जेष्ठ नागरिक भवनमा नेपाल प्रहरीको व्यवस्थापनमा पुनर्स्थापना केन्द्र संचलमा ल्याइएकोछ
- कैलाली कन्चनपुरमा समस्याको रुपमा रहेको सामुदायिक चौपाया व्यवस्थापन , लागूऔषध दुर्वेसनी व्यवस्थापनका लागी साझा योजना बनाई अगाढी बढ्ने उदेश्यका लागि कैलाली कंचनपुरका स्थानीयतहहरु संग समन्वय बैठक सम्पन्न भएकोछ
- विभिन्न मितिमा संम्झौता भई समयमै काम सम्पन्न नभएका योजना / कार्यक्रमका सरोकारवाला संग पटक पटक वैठक बसी समस्या पहिचान गरी समाधानका उपाय निकाले प्रयास गरिएकोछ
- १ देखी १९ वडामा बर्षातको समयमा नगर बासीले बिधुतको सुविधा बाट बन्चित हुन नपरोस र गर्मी समयमा हुने लो भोल्टेजको समस्या आउन नदिन १९ वटै वडाका वडा अध्यक्ष र बिधुत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुखज्यू संग समन्वय बैठक सम्पन्न गरिएकोछ
नोट उक्त प्रगती बिवण धनगढी उपमहानगरपालिको मयेर सचिवालयले उपलब्ध गराएको हुुबहुु कपी हो ।

इडटपेन 









