भुमिगत स्रोतको सतह घट्दा, पानीको संकट बढ्यो

( धनगढी) लामो खडेरीले भुमिगत पानीको स्रोतमा कमी आउदा धनगढी उपमहानगर लगायत आशपाशका क्षेत्रमा पानीको संकट बढेको छ । चुरे भावर बस्ती काकाकुल बनेको छ ।
धनगढी उपमहानगर लगायत आशपाशको क्षेत्रमा हातेपम्प पानी आउन छोडेको स्थानियले बताएका छन । धनगढी उपमहानगर १२ जुुगेडा गाउमा अधिकांसको हातेनल्काको पानी सुकेर पानीको हाहहाकार भएको स्थानिय धनबहादुर लामाले बताए । त्यस्तै हििरप्रीया रिजालले पनि हाते पम्पमा पानी आउन छोडेकोले जनावार , लुुगाकपडा धुन समस्या भएको बताइन । उनले खानेपानीको धारामा नियमित पानी नआउदा पिउनका लागि समेत समस्या भएको बताईन ।


एकाएक हातेपम्पको पानी सुकेपछि पुनः नलका हाल्नलाई पशा पनि नभएको अर्का स्थानिय भान बहादुर साउदले बताए । ‘मिस्त्रीले पानीकालागि कम्तीमा १ सय २० फिट गहिरो नलका हाल्नुु पर्ने राय दिएको छ’ उनले भने,‘येति गहिरो नल्का हाल्न कम्तीमा ५० हाजार चाहिने रहेछ । आफुु संग छैन । पानीको ब्यवस्था गर्नुुनै परयो । के गर्ने ऋण निकाल्नुु परेको छ । त्यो पनि पाउन लागेको छैन ।’ उनको जस्तै उक्त गाउका अधिकांसले हाते नल्काको पानी सुुकेर गएपछि अधिकांसले नया नल्का हाल्नलाई आर्थिक भारमा पर्नुु परेको बताए ।
नेपाल खानेपानी सस्थान धनगढी सस्थानका ९ हजार १ सय बढी ग्राहक छन । उनिहरुलाई सस्थानले दैनिक १४ लाख लिटर पानी बितरण गर्दै आएको थियो । तर गर्मि मौसम शुुरु भए संगै खानपानीको माग बढेको छ । हाल १७ हजार लिटर पानी बितरण गर्दा समेत अपुुग भईरहेको छ । पिउने बाहेक लुुगाकपडा धुन, घर पालुका जनावर , करेशावारी , फलफुुलबुट्यान आदिका लागि प्रयोग गर्ने नल्काको पानी सुक्दा खानेपानी माथीको निर्भरता बढेर माग बढेको सस्थानका प्रमुख शैलेन्द्र शाहाले बताए ।
उनका अनुसार धनगढी क्षेत्र भित्र भुमिगत पानीको सतह घटेको छ । सस्थानको पानीको स्रोत पनि भुुमिगत नै हो ।सस्थानले २१ मिटर गहिरोबाट पानी तानेर उपभोक्तालाई पानी बितरण गर्दै आएको छ । ‘ठुुलो बोरिङ्गले २१ मिटर गहिराईको जमिनबाट पानी तान्न अहिले समस्या त भएको छैन’उनले भने,‘उपभोक्ताले पिउनलाई बाहेक अन्य प्रयोजनका लागि चाहिने घरको नल्काबाट पानी तान्ने गर्दथ्ये । अहिले कम गहिराईका नल्का सुकेपछि पानीको अभाव बढेको हो ।’ हातेनल्काको गहिराई अधिकांसले ३०÷३५ बढीमा ५०÷६० फिट सम्म छन ।
धनगढी क्षेत्रका वनहरु , प्राकृतिक ताल तथा पोखरीहर र नदीनालाहरु मसिदै गएकाले भुमिगत पानी सतह समेत कम हुुदै गएको बिज्ञहरुले बताएका छन । धनगढीमा पानीको रिर्चाजलाई बढाउन उपमहानगरले अतिक्रमति र मासिएका प्राकृतिक ताल तथा पोखरीहरुको र नदीनालाहरु संरक्षण अभियाननै चलाएको मयेर गोपाल हमाले बताए । उनले आफनो कार्यकाल अवधि सम्ममा मासिएका उपमहानगर भित्रका ८२ वटा प्राकृतिक ताल पुर्नस्थापित गरि सक्ने गरि महा अभियाननै शुरु गरेको बताए
काकाकुल चुरे बस्ती
गर्मि मौसम शुरु भएसंगै चुरे बस्तीमा प्राकृतिक कुवा“, धाराको मुल सुक्दै गएका छन । स्थानियले घण्टौको दुरीबाट पानी बोकेर पिउनु परेको छ । सरकारी आयोजना भएका बस्तीका धारामा पनि आउन छोडेको छ ।


चुरे र मोहन्याल गाउपालिका अन्र्तगत पर्ने अधिकांस बस्तीमा पानीको स्रोत सुकेको छ । चुरे माथी मात्रै हैन् फेदका भावर बस्तीमा समेत खानेपानीको अभाव हुदै गएको छ ।
‘भुक्षय , पहिरो , वन बिनाास लगायतका कारण चुरेमा पानीको मुल सक्दै गएको छ’ संरक्षण बिज्ञ बिजय श्रेष्ठले भने, ‘चुरेको प्राकृति सम्पदाको सरक्षण बिना चुरे बस्तीको भबिश्य संकटमा पर्ने निश्चित छ ।’ फागुन देखी मुल सुक्दै जाने र बर्षा शुरु नभए सम्म पानीको मुलमा पानी फुट्ने गरेको छैन ।
‘गर्मियामका तिन महिना पानीका मुल सुक्छ’ मोहन्याल बादेगौजाका दिल बहादुर थापामगरले भने ं‘ बर्षाद शुरु भएपछि मात्र पानीका मुलहरु फुटछन । त्यतिबेला सम्म पानीको हाहाकारमा बा“च्नु पर्छ ।’

चुरेमा बस्नें केहि बस्तीका पानीकैं दुख्खले बिस्तापित समेत पुगेका छन । खैराला, पन्डौन , सहजपुर ,सुगरखाल, निगाली ,गोदावरी पहाडी क्षेत्रका दुर्गम बस्तीका केहि बस्ती सरेका छन । बस्तीबाट धेरै टाडा पानीको मुल खोजेर गर्मियाममा पानी पिउनुपर्ने बाध्याता रहेका सúरखालका हिरा साउदले बताईन ।
चुरेफेदमा पर्ने गोदावरी नगरपालिकाको वडानम्वर ५,६र७मा पर्ने हरैया,खैरनी,कोडेगाउ, मगरटोल र टेकुवा बस्तीमा पानीको समस्या छ । यहा“का हेन्डपम्पबाट पानी आउन छोड्यों स्थानिय बताउछन । स्थानिय दिपेन्द्र साउ“दले खानेपानी तथा सरसफाईको कार्यालय लगायत सरोकार निकाय संग खानेपानीको ब्यवस्थाका लागि बारम्वार अनरोध गर्दै आएको बताए ।
ं खानेपानी आयोजनाका योजनामा चुना बग्नें समस्याले पाइृप बन्द गएर पनि कयौं आयोजना अलपत्र भएका छन । चुहाको बागमारा , खुख्खड , मसुरिया , बडैपुर , श्रीपुरका २ देखी ३५ लाख सम्मका खानेपानी आयोजना चुनाको कारण बन्द भएका छन । मुलबाट पाइपमा चुना भरिदा धारामा पानी नआउने गरेको हो ।
पानीको रिचार्ड हुने चुरेको भावर क्षेत्रमा भएको वनजंगल बिनास र खोलानालाको दोहोनले तराई मरुभमी प्रणित हुन बेर नलाग्ने बिज्ञहरुले बताएका छन । भावर क्षेत्रको ‘वाटर लेवल’ घट्दै गएको बताएका छन ।
खानेपानी तथा वन बतावरण बिज्ञ सुरज श्रेष्ठले वन बतावरणमा परेको असरले लामो बर्खा नपर्नु , एकै चोटी ठुलो पानी पर्ने र त्यो जमिन भित्र छिर्न नपाएर बग्ने , पानीलाई रोक्ने बोटबृक्षहरु पहिलाको जस्तो भावर क्षेत्रमा नहुनु र रिभर बेल्टमा ढुंगा÷गिट्टी उत्खन्न आदि कारणले ‘वाटर लेवल मेन्टन’ हुन नसकेको उनी बताउ“छन ।