सुदूरपश्चिम प्रदेशमा मन्त्रालाय फुुटाएर बिना विभागीय ५ मन्त्रीलाई जिम्मेवारी

धनगढी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दिर्घ सोडारीले चारवटा मन्त्रालय फुटाएर बिना विभागीय ५ मन्त्रीलाई जिम्मेवारी दिइएको छ।आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मामिला मन्त्रालय भने यथावत राखिएको छ।
मुख्यमन्त्री सोडारीले भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएर बिनाविभागीय मन्त्रीहरुलाई जिम्मेवारी तोकेका हुन् ।
भौतिक पूर्वाधार विकास मन्त्रालय विभाजन गरेर जलस्रोत तथा सहरी विकास मन्त्रालय गठन गरेको छ । नया मत्रालयको जिम्मेवारी अक्कलबहादुर रावललाई दिएको छ । रावल माओवादी केन्द्रका सांसद हुन् ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारीमा कैलाश चौधरीलाईनै तोकिएको छ ।
त्यस्तै माओवादीकै लक्ष्मी विकलाई सामाजिक विकास मन्त्रालय विभाजन गरेर शिक्षा युवा तथा खेलकुद जिम्मेवारी दिइएको छ । स्वास्थ्य महिला तथा बालबालिका मन्त्रालयओमविक्रम भाटलाई तोकिएको छ । भाट यसअघि सामाजिक विकास मन्त्री थिए ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय विभाजन गरेर एमालेका वीरबहादुर थापा,उद्योग वाणिज्य पर्यटन तथा संस्कृति मन्त्रालयमा एकीकृत समाजवादीकी माया पन्तलाई जिम्मेवारी दिइएको छ । यसअघि भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री रहेकी नागरिक उन्मुक्तिकि टीका थापालाई कृषि तथा भूमि सुधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी एमालेका हिरा सार्कीलाई दिइएको छ । अब सुदूरपश्चिममा मुख्यमन्त्री तथा मन्त्रिपरिषदसहित १० वटा मन्त्रालय भएका छन् । यसअघि सुदूरपश्चिममा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित सात वटा मन्त्रालय थिए ।
सुदूरपश्चिममा एकीकृत समाजवादीको नेतृत्वमा रहेको एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टी सम्मिलित संयुक्त सरकारले भागबन्डा मिलाउन थपेका ५ बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिनका लागि मन्त्रालय विभाजन गरेको हो।