धनगढी– देशभर लगातारको बर्षाले पहाडी जिल्लामा पहिरोले बस्ती जोखिममा र सडक यातायात अवरुध भएका छन । तराई जलमग्नले डुवानमा परि केहि पविार बिस्थापित भएका छन ।
सुदूरपश्चिम प्रदेशका सुदूरपश्चिमको पहाडी जिल्ला अन्र्तगत जय पृथ्वी राजमार्गको बझांग नगरपालिका ७ तमेल, बैतडीको खोडपे बझांग सडक खण्डको ढोल्यामोड, दशरथ चन्द राजमार्गको भालुुमारे, भिमदत्त राजमार्गको भालुमारे , डडेल्धुरा जोगबुडा सडक खण्डको सुनखोला डोटी डडेल्धुरा सडक खण्डको रडुुवाखोला साफे मार्तडी जोडने सडकको बिभिन्न ठाउमा माथीबाट गएको पहिरोले यातायात अवरुध भएको जिल्ला ट्राफिक प्रहरीले बताएका छन ।
निरन्तरको बर्षाले महाकाली नदीको सहत बढदै गएको छ । दार्चुला बैतडी डडेल्धुरा र कञ्चनपुर संग जोडिएको भारत संगको सिमानाकाका झुुलंगे पुल र डुु¨ तारउातार घाटलाई स्थानिय प्रशासनले बन्द गरिएको छ । दार्चुुलाको खलंगामा रहेको पुलघाट, तिग्रम, दत्तुु, जौलिजिवी , बाकुु, लाली, मल्घट्टे,माल लगायतका झुुलंगे पुलको आउजाउमा आकस्मिक बाहेक बन्द गरिएको छ ।
बैतडीको झुुलाघाट पुल र पन्चेश्वर तारउतार घाट सवै तिन दिन देखि बन्द गरिएको छ । त्यस्तै महाकाली नदीमा पानीको सहत बडदै गएपछि महेन्द्रनगरको शारदा ब्यारेजमा ठुुला सवारी साधन आउजाउमा रोक लगाएको छ । सेति नदीमा आएको बाढी थलारा गाउपालिकोको–९ झ्य‘ाबगर बस्तीमा पसेका छ । त्यहाका १४ घरपरिवार बिस्थापित भएका छन ।
यता कैलाली र कञ्चनपुरका बिभिन्न बस्तीमा स्थानिय नदीको बाढी पसेको छ । केहि घर डुुवनमा परि बिस्थापित भएका छन । धनगढी र महेन्द्रनर बजार क्षेत्रमा समेत जलमग्न भई आउजाउ र ब्यापार ब्यावसाय प्रभावित भएका छन ।
कैलालीको दक्षिण पुवी क्षेत्रमा पर्ने कैलारी गाउपालिका मोहना नदी तटयि क्षेत्रका बस्ती मोहना नदीमा आएको बाढीको कारण बिस्थापित हुुने क्रम बढेको छ । कटान र डुुवानमा जोखिममा परेका परिवार सुरक्षित स्थानमा रहेका आफन्तको घर र सार्वजनिक भवनमा सरेका छन । भजनी नगरपालिकाको लालबोझी , कन्डा लगायतका बस्तीमा समेत स्थानिय कडा कान्द्रा पथरिया र मोहना नदीको जोखिममा परेका छन । स्थानिय बिर बहादुर डगौराले दिएको जानकारीका अनुसार बर्षा नरोएि सयौ परिवार उद्धार गर्नुु पर्ने स्थिती रहेको बताएका छन । यसै बिच स्थानिय प्रशासन कैलालीले मोहना ,कान्द काडा , पथरिया , कर्णाल तटकिय क्षेत्रका बासिन्दालाई नदमिा पानीको सतह बढदै गएकोले सर्तक रहन आह्वान गरेको छ ।

इडटपेन 









