बाढीले कैलाली र कञ्चनपुरमा सयौ घरपरिवार बिस्थापित

धनगढी– तिन दिन देखी परेको लगातारको बर्षाले कैलाली र कञ्चपुरका नदी तटिय क्षेत्रका बस्तीमा बाढी पसेको छ । सयौं घर परिवार बिस्थापित भएका छन ।
उद्धारमा खटिएका सुरक्षाकर्मि र स्थानिय उद्धारकर्मिका अनुसार कैलालीको भजनी नगरपालिका र कैलारी गाउ‘पालिका केहि वडा जलमग्न भएका छन । भजनी नगरपालिका भित्रका दुुई सय परिवारले घर छोडेर सुरक्षित स्थानमा सरेका छन । सुरक्षित आवशिय सार्वजनिक भवन , स्कुल र केहि परिवार आफन्तको घरमा सरेका छन । डुवानमा परेका घर भित्रका लत्ताकपडा अनाज सवै बाढीले भिजाएर बगाएर क्षेति गरेको जनाईएको छ । केहिको घर पुर्ण र कसैको आशिंक क्षेति भएको छ ।
त्यसैगरि कैलारी गाउपालिकाको मनिकापुर र बहिसपुर पुरका १५÷१५ परिवारलाई आईतवार रातीनै सशस्त्र , नेपाल प्रहरी र स्थानिय उद्धारकर्मिहरुले सुरक्षित स्थानमा सारिएको कुलराज चौधरीले बताए । उनले वडा नम्बर ७ को बड्का वसन्ता र छुट्की बसन्ता गाउँ पुर्ण डुबानमा छन् । घर भित्र बाढी पसेका हुलाकी सडक, स्कुल र दुुइताले घर भएका आफन्तका घरमा सारेका छन ।
स्थानिय तहका बिपद ब्यवस्थापन समितिले अहिले सम्म बाढीबाट प्रभावित घर परिवार जनसख्या र क्षेतिको बिवरण पुर्ण संकलन हुन नसकेको बताएका छन ।
महाकाली र जोगबुडा नदीमा आएको बाढी बस्तीमा पसेपछि दोधारा चाँदनी नगरपालिका–१० को तीन बस्ती डुबानमा परेका छन्। जोगबुडा पारीको कुतियाकभर तथा वारीका शान्ति टोल र लिसानी टोल डुबानमा परेका छन्। त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर नगरपालिका र दक्षिणी क्षेत्रका अधिकांश बस्तीमा बाढी पसेकोे छ।
स्थानिय प्रशासनले जिल्लाभर बाढीबाट प्रभावित एक हजार छ सय २२ जना को उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी प्रााप्त भएको बताएको छ ।
सोमवार दिउसोबाट बर्षा रोकिएको छ । नदीको सतह पनि घटदै गएको छ ।