ओलीको मन्त्रीमन्डलमा सुदूरपश्चिम प्रदेशका चार जना

धनगढी-प्रधानमन्त्री केपी शर्मा ‌ओली नेतृत्वको २२सदस्यीय मन्त्रिपरिषदमा चार जना सुदूरपश्चिमबाट परेका छन । नेपाली काग्रेसबाट गृहमन्त्री रमेश लेखक , परराष्ट्रमन्त्री आरुजुु राणा देउवा , स्वास्थय मन्त्रीमा बद्री पाण्डे र एमालेबाट दामोदर भन्डारी उद्योग तथा आपुर्ति मन्त्री भएका छन ।
गठित मन्त्रीमन्डपमा १२ जना पुराना र ९ जना नयाँ मन्त्री बनेका छन् । काग्रेसबाट प्रकाशमान सिंह र एमालेबाट विष्णु पौडेल उपप्रधानमन्त्री बनेका छन् । सिंहलाई सहरी विकास र पौडेललाई अर्थमन्त्रालयको जिम्मेवारी दिइएको छ ।
ओलीको यो मन्त्रिपरिषदमा दुई जना महिलामन्त्री बनेका छन् कांग्रेसबाट आरजु सहित एमालेबाट विद्या भट्टराई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रि बनेकी छन् ।

त्यस्तै दीपक खड्का ऊर्जा, अजय चौरसिया कानुन, ऐनबहादुर शाही वनमन्त्री तेजुलाल चौधरी युवा तथा खेलकुद मन्त्री ,स्वास्थ्यमन्त्रीमा प्रदीप पौडेल, कृषिमा रामनाथ अधिकारी , पृथ्वीसुब्बा गुरुङ सञ्चारमन्त्री , राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मानवीर राई रक्षामन्त्री ,बलराम अधिकारी भूमि व्यवस्था,देवेन्द्र दाहाल भौतिक , लोसपाबाट शरदसिंह भण्डारी श्रममन्त्री ,जसपाबाट नवलकिशोर साह सुडी महिला बालबालिका तथा जेष्ठ नागरिक र प्रदीप यादव खानेपानी मन्त्री बनेका छन् ।