धनगढी-धनगढी उपमहानगरपालिकाले प्रत्येक वडामा महिनामा एक दिन सञ्चालन गर्दैआएको विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट हाल सम्म ९२ हजार ३ सय४२ जनाले निःशुल्क उपचार सेवा पाएका छन ।
स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएर आएको पहिलो आर्थिक बर्षको पहिलो महिना २०७९ श्रावण १ गतेदेखि विशेषज्ञ वडा क्लिनिक सञ्चालनमा ल्याएका थिए ।
उप-महानगरका १९ वटै वडामा महिनामा एक दिन विशेषज्ञ वडा क्लिनिक सञ्चालन हुदै आएको छ । कुखुरा छ त औषधी छ, कुखुरा छैन, औषधी छैन अर्थात पैसाको अभावमा रोग च्याप्नु पर्ने उप महानगरको ग्रामिण भेगमा अझै पनि जुन स्थिति छ , त्यसको अन्त्यका लागि विशेषज्ञ वडा क्लिनिक सञ्चालन गरदै आएको मेयर हमाल बताउदै आएका छन ।
विशेषज्ञ वडा क्लिनिकमा जनरल फिजिसियन, स्त्री तथा प्रसूति रोग सेवा, आँखा जाँच सेवा, दन्त रोग उपचार सेवा, हाड जोर्नी तथा नसारोग उपचार सेवा, प्रयोगशाला सेवा, इसीजी सेवा, भिडिओ एक्सरे सेवा र गर्भवतीको स्वास्थ्य अवस्थाको परीक्षण सेवा दिने गरेको छ।
नगर प्रमुख हमालका अनुसार उपमहानगरपालिकाका १९ वटै वडाहरूमा २ वर्षमा ४५ हजार तीन सय ५९ जनाले फिजिसियन सेवा, १७ हजार आठ सय ४८ जनाले स्त्री तथा प्रसूति सेवा, २६ हजार ६५ जनाले आँखा परीक्षण तथा उपचार सेवा, २ हजार नौ सय ६१ जनाले दन्त उपचार सेवा, एक सय नौ जनाले हाडजोर्नी सेवा, सात हजार ८५ जनाले प्रयोगशाला सेवा, चार हजार नौ सय ८० जनाले इसीजी सेवा, १० हजार चार सय ६ जनाले भिडिओ एक्सरे सेवा र नौ हजार २ सय ४९ गर्भवती महिलाले उपचार तथा स्वास्थ्य परीक्षण सेवा लिएका छन्।
धनगढी उपमहानगरपालिकाको तथ्याङ्क अनुसार २ वर्षमा ७० वर्ष माथिका पाँच हजार चार सय ३७ जनाले सेवा लिएका छन्। लाई थप उपचारका लागि रेफर गरिएको हो। धनगढी उपमहानगरपालिकाले फिजिसियन डाक्टर विकास रिजाल र स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सादरा गुरुङमार्फत स्वास्थ्य उपचार दिने गरेको छ। एक चिकित्सकको मासिक तलब सुविधाका लागि भाट–भटेनी सुपर मार्केटले सहयोग गर्दै आएको छ। धनगढी उपमहानगरपालिकाको वडा क्लिनिकमा सवारी, सवारी चालक लगाएत ८र१० जनाको समूह प्रत्येक दिन ग्रामीण बस्तीहरूमा विशेषज्ञ वडा क्लिनिकसहित जाने गरेको हो।
धनगढी उपमहानगरपालिकाको विशेषज्ञ वडा क्लिनिकका लागि आवश्यक औषधी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र निजी औषधी व्यवसायी, आँखा सम्बन्धी रोगको उपचारमा गेटा आँखा अस्पताल र धनगढी नेत्रालय, प्रयोगशालाको जनशक्तिका लागि प्रदेश स्वास्थ्य निर्देशनालयले सहयोग गर्दै आएको छ। निजी अस्पताल, औषधी व्यवसायी तथा विभिन्न संघरसंस्थाहरूको सहयोगमा विशेषज्ञ वडा क्लिनिक सञ्चालन गरिएको नगर प्रमुख हमालले बताए। ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य उपचारका लागि धनगढीले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो।

इडटपेन 









