धनगढी– स्कुलको हाजिरी भन्दा बढी दिन पार्टीका कार्यक्रममा दौडने नेता शिक्षक अचेल स्कुुलमा समयमै पुुग्ने र बिद्यार्थिहरुलाई अध्यापन गराउन मात्रै पुगेका देखिदैन्न । कक्षा कोठा दैनिक र साप्ताहिक पाठयोजना बनाउने , मासिक र बार्षिक कार्ययोजना प्रधानाध्यापकलाई पेश गर्न थालेका छन ।
एउटै स्कुुलमा पढाए पनि नपढाए पनि रजगज चलाएर बर्षाै देखि बसेका नेता अन्यन्त्र सरुवामा पर्दाको पिडा महुशुस गरि रहेका अवस्थामा के गर के छोडको मानसिक दवाव परेको एक जना शिक्षकले बताए । अहिले नेता शिक्षक राजनितिक बहस भन्दा दैनिक पाठ योजनाकै चर्चा गर्नमा अभ्यस्त हुन पनि थालेका छन ।

निर्वाचित भएर आएको पहिलो बर्षमा शैक्षिक गुणस्तर जा“च्न मेयर हमालले कडाईका साथ अधारभुत तह (कक्षा–८)को परिक्षा लिए । उक्त परिक्षामा धेरै सामुदायि बिद्यालयको नतिजा शुन्य आयो । शिक्षक संघ÷संगठनका नेता भएका स्कुुल शुन्य प्रतिशत नतिजा ल्याउनेमा बढी परे । ३०प्रतिशत भन्दा बढी कुनै पनि सामुुदायिक स्कुुलको नतिजा राम्रो आउन सकेन ।
मेयर हमाले शुन्य प्रतिशत ल्याउने स्कुुलका प्रधानाध्यापकलाई नगर शिक्षा शाखामा बोलाए । अर्काे बर्ष राम्रो नतिजा ल्याउन नसके कार्वाहिको चेतावनी मात्रै दिएका थिएन्न मेयर हमालले आफनो १२ महिनाको तलव र सुबिधाको १० लाख रकम पनि शैक्षिक सिकाई उपलब्धीमा खर्च गर्न दिए । उनले अन्य सामुुदायिक बिद्यालयलाई पनि शैक्षिक गुणस्तर सुधारका योजना र कार्यक्रम नगर शिक्षा शाखामा पेश गर्न प्रस्तुुत गर्न लगाए ।
‘ आधारभुत तह कक्षा ८को नतिजाले सामुुदायिक बिद्यालयका शैक्षिक गुणस्तर उजागरण गर्यो’ मेयर हमालले भने,‘शैक्षिक गुणस्तर सुधारका ठोस कार्यक्रम दिन अनिर्वाय आविश्यकता देखियो ।’ उनले पहिलो ‘स्टेप’मा शिक्षाको स्तर सुधारका लागि एक टोली भारतको डिल्ली शैक्षिक अवलोकन भ्रमणमा पनि पठाए ।
उप–महानगरका उप–प्रमुख कन्दकला रानाको नेतृत्वमा शुन्य प्रतिशत नतिजा ल्याउने सामुुदायिक बिद्यालयका प्रधानाध्यापक शिक्षक संघ÷संगठनका नेता, नगर शिक्षा समिति र वडा अध्यक्ष सहितको ४० जनाको जम्वो टोली भारतको डिल्ली प्रदेश अन्र्तगतका सरकारी स्कुलको शैक्षिक अवलोकनमा पठाएको थियो ।

‘ डिल्ली भ्रमणमा मुख्य २ वटा पक्षले त्यह“ाका सरकारी स्कुलको शैक्षिकस्तरमा सुधार ल्याएको पाईयो’ कार्यकारणी प्रशासकिय अधिकृत नरेन्द्र बहादुर खातीले भने,‘ पहिलो शिक्षकहरुलाई ‘के गर, के छोड निति कडाईका साथ अख्तियार गरेको र अर्काे स्कुुलको भौतिक पुर्वाार बिकासमा ठुुलो लगानी गरेको देखियो ।’
उनका अनुसार ‘के गर , के छोड’कडिकडाउका साथ लगाउ गरिएको नितिले अगे्रजी पढाउन नजान्ने शिक्षकहरु इन्सिच्युुट पढन थाले । जसले गर्दा अग्रजी पढाउन नजान्ने शक्षिक पनि तिन महिनामा पढाउन जान्ने भई पढाउन शुरु गरिएको पाईयो । ‘महेनत गर्न नसक्ने केहि शिक्षकले अवकाश रोजेका रहेछन’ खातीले भने,‘ प्रदेश सरकारले अवकाश रोज्ने शिक्षकलाई उस्कोे रिटार्यडमेन्ट हुन बाकी बर्षको तलव रसुबिधा सवै नियमकानुन अनुसारनै दिएर घर पठाएको समेत देखियो ।’
उनले डिल्लीको शैक्षिक भ्रमणको सिकाइलाई केन्द्रमा राखेर धनगढी उप महानगरपालिकाले सामुदायिक बिद्यालयको शैक्षिकस्तर सुधार लागुु गरेको बताए ।‘शिक्षकलाई बिद्यालयको काममा केन्द्रीत राखि राख्ने निति डिल्लीको के गर, के छोडकै अंश हो’ उनले भने,‘ अहिले धनगढीका कति सामुुदायिक बिद्यालयमा अतिरिक्त कक्षा राती समेत चलाएका छन , सिकाई उपलब्धीका बिभिन्न कृयाकलापहरु हुने गरेका छन । शिक्षक आफै घरमा घण्टौ महेनत गरेर स्कुलमा अध्यायन गर्न पुुगेका छन ।

बिद्यालयमा शिक्षक नियमित र समयमा स्कुलमा पुुग्ने गरेका छन ।’उनले गत बर्ष कक्षा ८को आधारभुुत तहको परिक्षामा शुन्य प्रतिशत नतिजा ल्याउने स्कुुलले यो बर्ष साठी प्रतिशत भन्दा बढी राम्रो गरेको बताए । ‘यो बर्ष कक्षा ८को अधारभुत तहको परिक्षामा सवै सामुुदायिक बिद्यालयको समग्र नतिजा सन्तोसजन रहेको रहेछ’ उनले भने,‘ सामुुदायिक बिद्यालयको अधारभुत तहको नतिजा ७० प्रतिशत सम्म पुुगेको छ ।’

उनले दरवन्दी मिलान गरि ७० भन्दा बढी शिक्षक सरुवा गरिएको बताए । उनका अनुसार बिद्यार्थि न्युुन सख्या भएका १४ वटा बिद्यालयलाई समायोजन गरिएको छ । उनले बिद्यालय र शिक्षा शाखा बीच शैक्षिक स्तर सुधारका ७० बुुदें सूचक निर्माण गर्न लगाई सम्झौता गराउन लगाएको समेत बताए ।
प्रधानाध्यापक र बिज्ञहरु बसेर बनाएको ७० बुुदें सूुचकमा अधाररित शैक्षिक कार्य सम्पादन गर्ने उत्कृष्ठ बिद्यालयलाई मासिक १० हजारले पुरस्कार गर्ने ब्यवस्था समेत लागुु गरिएको खातीले जानकारी दिए ।
‘मासिक रुपमा बस्ने पधानाध्यापकको बैठेकमा कार्य सम्पादनका ७० बु“दामा आफुले गरेका राम्रो कामको प्रस्तुुति गर्न लगाईन्छ’ उनले भने,‘जुन बिद्यालयले राम्रो अंक ल्याउछ त्यो बिद्यालय महिनाको उत्कृष्ठ घोषित भएर पुरस्कार पाउने गर्छ ।’

त्यसैगरि बिद्यालय र शिक्षक बिचमा पनि ४७ बुुदे कार्यसम्पादन मासिक मुल्यांकन सम्झौता गरिएको उनले बताए । उक्त कार्यसम्पादनका अधारमा असोज १ गते एक जना शिक्षकलाई पुुरस्कृत गरिने उनले भने । बिद्यालयमा शिक्षक डायरी , शिक्षक द्धारा बार्षिक , मासिक र दैनिक योजना जस्ता कुराहरु अनिवार्य पुरा गर्ने ब्यवस्था गर्दा कक्षा कोठामा बिद्याथिृको सिकाइमा बृद्धि भईरहेको बताए ।
उनले नगर भित्रका ९२ शिक्षकलाई पाठयपुस्तक तालिम प्रश्न प्रत्र निर्माण र बिश्लेषण सम्वन्धी तालिम , काठमाण्डौ बिश्व बिद्यालयको सहकार्यमा प्रारम्भिक बाल बिकास अग्रेजी भाषा शिक्षण र कार्यमुलुक अनुसन्धान तालिम समेतदिएको बताए ।
अगजी , गणित , बिज्ञापन र समाजिकका बिज्ञ स्रोत छनौट गरि अनलाईन तालिम निशुल्क रुपमा शिक्षकहरुलाई दिई रहेको बताए ।
उप–महानगरपालिका भित्रका भवनाी मावी –९ , ठेकराज मावी ११, सिद्धनाथ मावी १२, बहेडा मावी १६का ग्रामिण स्कुुललाई नमुुना बनाउन लागिएको उनले बताए । नमुना बिद्यलयमा स्मार्ट वोर्डबाट पढाई शुुरु गरिएको छ । बालकक्षा नर्सरी देखी अगेजी भाषामा पठनपाठन समेत शुुरु गरिएको छ ।
खातीले नगर प्रमुुख शैक्षिक सुधार कार्यक्रम लागुु गरि बिद्यालयको भौतिक पुुर्वाधार बिकास र , शैषिक प्रशासनिक तथा शैक्षिक गुणस्तर ब्यपाक सुधारका कृयाकलाप गरिएको बताए ।
चालु आर्थिक बर्ष भित्रमा तिन वटा बिद्यालयको भवन अत्याधुुनिक सुुबिधा सम्पन्न रुपमा निर्माण सम्पन्न हुन लागेको उनले जानकारी दिए । अन्य बिद्यालयको पनि भौतिक संरचना बिकासका लागि बिद्यालयको चल÷ अचल सम्पतीको आर्थिक दायित्व समेत नगरपालिका आफैले लिएको उनले बताए ।
‘उप –महानगरपालिका शैक्षिक बिकास कोष’
एप महानगरपालिकाको आफनै बजेटबाट शिक्षाको हालको अवस्थालाई माथी उठान नसकिने देखेर उपमहानगर शैक्षिक कोषको स्थापना गरेर सस्थागत र ब्यक्तिगत आर्थिक सहयोग समेत जुुटाइ राखेको उनले जानकारी दिए । जुन कार्यक्रम अन्र्तगत धनगढी उप –महानगरपालिका शैक्षिक कोषमा प्रायः दिनदिनैं ब्यक्ति र सस्थाहरुबाट सहियोग रकम जुटिरहेको छ । अषाढ ४५ लाख ६३ हजार २ सय ५० रुपैया संकलन भई सकेको छ ।
शैक्षिक कोषमा संकलित रकमले नमुना बिद्यालयका बिपन्न परिवारका बिद्यार्थिहरुका लागि पोषाक तथा स्टेशनरी खरिद गरिने खातीले बताए । उनले नमुना बिद्यालयका लागि पोषाक खरिदका लागि ७४ लाख आवश्यक रहहेको उनले बताए ।
काम गर्दै पढदै शिक्षा
धनगढी उपमहानगरले चालुआर्थिक बर्ष देखि पढदै पढाउदै कार्यक्रम पनि केहि बिद्यालयमा शुुरु गरेको छ । उक्त कार्यक्रम अन्र्तगत बिद्यालयमा दुना टपरी बनाउने मशिन दिएर नजिकै जंगलबाट पात टिपेर दुना टपरी बनाई बिद्यार्थिहरुले आफनो खर्च निकाल्न सक्ने भएका छन । बिद्यार्थिहरुले बनाएका दुना टपरीलाई शनिवार र शुक्रवार लाग्ने हाट बजारमा बिद्यार्थिहरु आफैले बिक्री गरि आम्दानी गर्न सक्ने खातीले बताए ।

इडटपेन 









