उप–महानगरले सञ्चालन गर्न लागेका बस कस्ता ?

धनगढी -धनगढी उप–महानगरपालिकाले नगर वस सेवा शुुरु गर्दै छ । यसका लागि उपमहानगरले सुबिधा सम्पन्न ६ वटा बसहरु खरिद गरि ल्याई सकेको छ ।
उक्त ६ वटा बसमा सिसि क्याम्मरा सहित जिपिएस जडान भएका छन । सुन्दर सुुदर पश्चिमलाई झल्काउने रहनसहन , कला सस्कृति र पर्यटकिय क्षेत्रका तस्विरहरुले बसहरु र¨ाइएको छ । उक्त बसमा सम्भावित आगलागीबाट बच्न अग्नी नियन्त्रण यन्त्र पनि राखिएको छ । चालकलाई बस रोकाउन घण्टी बजाउन मिल्ने स्वीच राखिएको छ ।


जिपिएस जडानले गर्दा उप महानगरको एप्स प्रयोग गरि घरबाट को बस कह“ा पुुग्यो भन्ने जानकारी राख्न सकिने भएको छ । मयेर हमालले बस सञ्चालन कार्यबिधि अनुसार बोलपत्र आहन समेत भईसकेको बताए ।
‘उनका अनुसार निजी कम्पनी संग सञ्चालन सम्झौता भएपछि बसहरु पहिलो चरणमा धनगढी –फुुलवारी वडा नम्वर १९ सम्म हुलाकी सडकमा चल्ने छन । उक्त रुटमा नगरवस सेवा सफल भएपछि उपमहानगरको वडा नम्वर १५, १६, १७, १८ लगायत ग्रमिण भेगका सडकमा समेत चल्ने मेयर हमालले बताए । नगर बस सेवाले ग्रामीण क्षेत्रबाट बिद्यालय , कलेज , अस्पताल र बजार आउजाउ र गाउ“को उत्पादन बजार सम्म पुुग्दा ग्रामिण क्षेत्र चलायमान हुने उनको दावी छ ।


। ‘आफुु मेयर निर्वाचित भएपछि पहिलो प्राथमिकता गाउ“ तथा ग्रामिण भेग परेको छ ’ मेयर हमालले भने, ‘ पहिलो बर्ष घुुम्ती बिशेषज्ञ वडा क्लिनिक , आमा बचाउ कार्यक्रममा प्रत्येक वडामा एम्वुुलेन्स लगायतका को स्वास्थय सेवा अवस्था सुधार्नमा लागे । दोस्रो बर्षमा सामुुदायिक बिद्यालयको शैक्षिकस्तर सुधारमा ध्यान दिएर शिक्षामा जोड दिए ।’उनले तेस्रो बर्ष सडक बाटोघाटो सहित यातायात सेवालाई ग्रामिण क्षेत्र सम्म बिस्तार गर्ने योजना अन्तर्गत नगर बस सेवा शुरु गरेको बताए।


मयेर हमालले नगर वस सञ्चालन योजना सफल हुुदै गए नजिकको गोदावरी नगरपालिकाको अत्तरिया र कैलारी गाउ पालिकाको हसुलिया सम्म पनि बिस्तार गरिने योजना रहेको बताए ।