(धनगढी) यो बर्षादी बर्षा शुरु संगैं कैलालीका नदी तटिय तथा डुवान क्षेत्रका बासिन्दाको निद हराम हुन पुगेको छ ।
बिहिवार बिहानको बर्षाले चुरेबाट उत्पन्न मोहना नदी र सहायक नदीमा आएको बाढीले कैलालीको तल्लो तटिय दक्षिण पुर्वी क्षेत्रका बासिन्दा रातभर निदाउन पाउदैन्न । भारत नेपालको सिमा नदी भएर पश्चिमबाट पुर्व दक्षिण भएर मोहना बग्ने गरेको छ ।
मोहना नदीमा आउने बाढीले गोदावरी , धनगढी उप महानगर पालिकाका केहि बस्तीलाई प्रभावित पार्दै कैलाली गाउपालिका र भजनी नगरपालिकालाई डुवानमा पार्ने गरेको छ । हरेक बर्ष मोहनामा आउने बाढीले कैलारी र भजनी नगरपालिकाका सयौं बिगाहा जग्गालाई कटानी पटानी मात्रैं गर्दैन । धेरैं घर परिवारलाई बिस्तापित समेत हुदैं आएका छन ।
‘हाम्रो वरीपरिको अकास सफा भएपनि माथी चुरेको अकास कस्तो छ ? पानी परि रहेको छ की छैन थहा पाउनुु पर्छ ’ कैलारी गाउपालिका मनिकापुरका रामदास चौधरीले भने,चुुरेमा परेको पानीले मोहनामा आउने बाढीकोत्रासमा बस्नुु परेको छ । उनका अनुसार चुरेमा दिउसो बिहान परेको बर्षाले मोहनामा आउने बाढी राती पुुग्ने गर्छ । अचानक बाढीको समाना गर्नुु पर्ने हुन्छ ।
त्यस्तै मनिकापुरका लाल बहादुरडगौरा थारुले भने,‘बर्षादको बर्षाको भरौसा छैन् कुन बेला चुरेमा बर्षा हुन्छ , खोलानालामा बाढी आउछ पत्तोनैं हुदैंन ।’ उनले थपे,‘ नदी तटियका बासिन्दाले हरेक राती सर्तकता अपनाएर निदाउनु पर्छ ।’
उनले २०६६ सालमा राती आएको बाढीको बितण्डालाई सम्झदैं भने,‘ त्यसबेला कयौं जना राती सुतेकै अवस्थामा बगे, राती भएकोले भाग्न समेत ठाउ भएन , कोहि भाग्दा खेरी हिलोमा चिप्लिएर पनि मरे , गाईगोरु कति बगायो केहि तथ्यांकनै भएन , सयौं हेक्टर जग्गा बगायो , हेलिकप्टरबाट उद्धार गरिएको थियो ।’ उनले यो बर्ष साउनको पहिलो साताको बाढीले क्षेति पुुगाएको जानकारी दिए ।

उनका अनुसार कैलारीको वडा नम्वर ७मा पर्ने मनिकापुर बस्ती साउनको पहिलो साताको बाढीबाट केहिको धानको रोपो बगाएको छ । घरहरु डुुवानमा परि घर भित्रको अनाज भिजाएर नस्ट गरेको छ । बाढी नघटे सम्म घर बाहिर आश्रय स्थलमा बस्नुु परेको बताए । केहिजनाको खेतको भाग पनि मोहनाको कटानमा परेको छ ।

कैलारी गाउपालिकाले साउनको पहिलो साताको बाढीको क्षेतिको बिवरण अहिले सम्म संकलन गर्ने काम गरिरहेको छ । अझै पुर्ण बिवरण आउन सकेको छैन । कैलारीको मोहना तटिय क्षेत्र र भजनीका केहि वडा डुुवानमा परेका थिए । भजनी नगरपालिकाले पनि गए साताको बाढीको क्षेतिको बिवरण संकलन गर्ने काम गरिरहेको बताएको छ ।

चुरेबाटैं उत्पन्न गौरीगंगा, शिवगंगा , खुटिया , कान्द्रा काडा पथरिया र कर्णालीमा आएको बाढीले जिल्लको पुर्वाेत्तर क्षेत्र डुवानमा पर्ने गरेको छ । भजनीका हरिलाल चौधरीले कैलालीको भजनी, जोशीपुर र कैलारी गाउपालिका हरेक बर्ष स्थानिय नदीमा आएको बाढी लाग्ने गरेको छ ।
‘स्थायिय कान्ध्र, पथरिया, काडा र मोहना नदीको संगम भजनीको कृष्णपुर , ढंगना टोल , लालबोझीका बासिन्दाको दुख्ख भनेकैं बर्खाको बाढी हो’उनले भने,‘ जव सम्म सरकारले डुवानग्रस्त यो ठाउका लागि गुरु योजना ल्याएर काम गर्दैन तव बाढीको पिडाबाट स्थानिय पार पाउन मुश्किल छ ।’
भजनी ढुंगना टोलका दिपक ढुंगनाले चुरेको अकासमा कालो बादल मडारिए पछि राती निद नलाग्ने बताए । ‘चुरेबाट उत्पन्न जिल्लाका ठुला नदीको संगम स्थलको तटिय क्षेत्रमा ढुगना टोल परेकोले डुवानको समस्यामा छौं’ उनले भने,‘ चुरेमा बर्षा भएपछि तिन वटै नदीमा आउने बाढी गाउमा पस्छ ।’ हरेक बर्ष बाढीको समस्यामा पर्ने गरेकोले स्थानियले पुर्नवासको माग राख्दै आएको बताए । उनले गत बर्ष हुलाकी सडकमा एक महिना बिताउनु परेको पिडा ब्यक्त गरे ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले डुवानग्रस्त क्षेत्रको पहिचान भईसकेकोले स्थानिय बिपद समिति र जिल्ला बिपद ब्यवस्थापन समितिले राहात र उद्धारका लागि पुर्व तयारी गरिएको बताए । ‘बाढी लाग्ने क्षेत्रमा तत्काल उद्धार र राहात कसरी गर्न सकिन्छ , जिल्ला र स्थानिय तहको बिपद ब्यवस्थापन समितिको कार्ययोजना तयार भएको छ’ उनले भने ।

इडटपेन 









