कैलालीमा २ जनालाइ हैजा संक्रमण पुष्टि

धनगढी– धनगढी उपमहानगर पालिकाको वडा नम्वर १ त्रिविणी चोकमा बस्ने २ जनामा हैजा संक्रमण पुुष्टि भएको छ । सेति अस्पतालमा उपचारका लागि भर्ना भएका दुुई मध्ये एक जना निको भई घर फर्कि सकेका छन । एक जनाको उपचार भईरहेको से िअस्पतालमा मेसु शेर बहादुर कमरले बताए ।
अस्पतालका अनुुसार आरडीटी पोजेटिभ देखिएका दुुइ बालबालिकाको कल्चर रिर्पाेट आउन बाकी रहेको छ । यसैबिच समाजिक बिकास मन्त्रालयको सचिव स्तरिय बैठेकले शुक्रवार कैलालीमा २ जना हैजा पुष्टि र कञ्चनपुरमा दादुुरा प्रकोप सम्वन्धि निर्णय गरेको छ । उक्त निर्णयमा महामारी रोगको नियन्त्रण र ब्यवस्थापन गर्न सरोकार वाला निकायहरु संग समुन्वय र सहकार्य गरि आवटब्रेक भएको स्थानमा आरआरटि सहित आवश्यक जनशक्ति परिचालन गरि महामारी रोगको नियन्त्रण गर्न निर्देशन दिने भनिएको छ ।
धनगढीको वडा नम्वरमा खानेपानी पाईप फुुटेर हैजा फैलिएको आशंका जनस्वास्थ्यकर्मिले गरेका छन । खानेपानी सस्थानका सवै टयांकी सफा गरि औषधि प्रयोग गर्न निर्देशन समेत दिएको छ । स्थानिय बासिन्दालाई सावधानी अपनाउ समेत भनिएको छ ।