धनगढी– कैलालरीको नोभा अस्पतालमा तनाव सिर्जना भएको छ । शुक्रवार अस्पताmमा उपचारको क्रममा कञ्चनपुुर बेलौरीका १७ बर्षय नसिभ चौधरीको मृत्युको घटनाको सम्वन्धमा तनाव सिर्जना भएको हो । मृतकका आफन्तजनहरुले अस्पतालको लार्पवाहिको कारण मृत्युु भएको भन्दै अस्ताल परिसर भित्र तोडफोड गरेका थिए । नियन्त्रण गर्न आएको प्रहरी संग पनि झडप भएको थियो । भिडलाई नियन्त्रण गर्न प्रहरीले तिन राउण्ड अश्रुुग्यास समेत प्रहार गर्नुु परेको जिल्ला पहरी कार्यालय कैलालीले बताएको छ ।
मृतक चौधरी अस्पतालमा जन्डिस भएको भनेर साउन ७ गते भर्ना भएका थिए । नसिभका मामा रामकृष्ण चौधरीले अस्पतालले लापरबाही गरेको आरोप लगाए। उनका अनुसार परिवारले बारम्बार अन्यत्र रिफर गर्न आग्रह गरेका थिए। तर, अस्पतालले न त उचित उपचार गरिदियो, न त रिफर नै। यस्तै अहिले मृतको शव अस्पतालमै छ। उता अस्पताल प्रशासनले भने लापरबाही नरहेको बताएको छ।

इडटपेन 









