उप -महानगरले चर्चको बिवादमा आएको भवन भत्कायो

धनगढी–धनगढी उप–महानगरपालिकाले वडा नम्वर ७ मनहेरा स्थित लेट मेईन पा.ली.को भवन डोजर चलाएर भत्काएको छ ।
उक्त सस्थाले छालाको अस्पताल खोल्ने भन्दै चर्च स्थापना गरिएकोमा स्थानिय द्धारा बिरोध भएको थियो । स्थानियले उप महानगरमा उजुरी पनि दिएका थिए । उजुरी पछि २४ घण्टा भित्र लिखित जफाव दिन सस्थाका नाममा पत्र काटिएको थियो । तर सस्थाले कुनै जफाव नफर्काएको उप महानगरले जनाएको छ । त्यसपछि उपमहानगरको टोलीले सोमवार अनुमगन पनि गरेको बताएको छ ।

अनुुगमन पछि लेट मेईन संस्थाले लिएको अनुमति रद्ध गरेको गर्दै नक्सा बिपरित निर्माण भएको संरचाना पलाई डोजर लगाएर मंगलवार भत्काएको बताएको छ ।
सस्थाको भवन नक्सा पास भए नभएको जग्गा धनी संग गरिएको सम्झौता सम्झौता अनुसारको काम गरे नगर आदि पक्षबाट समेत अध्यायन गरि उप महानगरपालिकाले मंगलवार एक्सन लिएको जनाएको छ ।
उक्त संस्थाले स्थानीय प्रभाकर भण्डारीबाट जग्गा भाडामा लिएर भवन बनाएको थियो । वडा नम्बर ७ बाट पनि तालिम चलाउने सेमिनार हल भनेर इजाजत लिइएको थियो । उक्त इजाजत भन्दा फरक ब्यवसाय भएको भन्दै उपमहानगरले लेट मेईन प्रालिले लिएको अनुमति खारेज गरेको भनेको छ ।