धनगढी– केन्द्रीय सत्ता समिकरण परिर्वतन संगै सुदूरपश्चिममा अल्पमतमा परेको एकिकृत समाजवादीका दिर्घबहादुर सोडारी नेतृत्वको सरकारको दिनगन्ती शुरु भएको छ ।
साउन २० सम्ममा बिश्वसको मत प्राप्त गर्न नसके साडारी नेतृत्वको सरकार स्वतः ढल्ने छ । काग्रेसको नेतृत्वमा सरकार बन्ने छ ।
एमाले र काग्रेस बीचको प्रदेश सरकार गठनको सहमतीमा सुदूरपश्चिम प्रदेश सरकारको पहिलो नेतृत्व काग्रेसले गर्ने भनिएको छ । काग्रेसमा पदेश सभाका संसदिय दलका नेता एंव पुर्व मुख्यमन्त्री कमल बहादुर शाहा दोह्रिने ÷नदोह्रिने निश्चित भएको छैन ।
काग्रेसबाट कञ्चनपुर क्षेत्र नम्वर ३ (ख)का प्रदेश सासंद बहादुर थापा मुख्यमन्त्रीका लागि दावेदार देखिएका छन । संबिधान सभाका सदस्य तथा कञ्चनपुर जिल्लाका पार्टी सभापति समेत भई सकेका नेता थापा प्रदेश सभा चुुनावमा काग्रेसजनले मुख्यमन्त्रीका प्रत्याशीको रुपमा समेत प्रचार गरिएको थियो । तत्कालिन काग्रेस र माओवादीको चुुनावी गठवन्धनको निर्वाचन लगत्तै सत्ता समिकरणमा आएको फेरबदेलले थापाको लागि मुख्यमन्त्री बन्ने अवसर गुमेको थियो ।
सुदूरपश्चिम प्रदेश सभाको अंक गणितमात्यसबेला नागरिक उन्मुुक्ती पार्टीका ७ जना सासंद निर्णायक देखिएका थिए । सुदूरपश्चिम प्रदेश सभा ५३ सदस्यीय छ । काग्रेस सवैभन्दा ठुलो पार्टी हो । काग्रेसका १८ , एमाले ११ , माओवदी ११ नाउपा ७ , उकिकृत ,समाजवादी राप्रपा १र स्वतन्त्र १ छन ।
नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा एमाले र माओवादीको गठवन्धनलाई समर्थन नदिदा एमालेका संसदिय दलका नेता राजेन्द्र बहादुुर रावलले बिश्वासको मत प्राप्त गर्न सकेका थिएन । एक महिना मात्र उनी मुख्यमन्त्री बनेका थिए । तत्कालिन अवस्थामा कारागारमा रहेका उन्मुक्ती पार्टीका संरक्षक रेशम चौधरीले काग्रेसका पार्टी सभापति शेर बहादुर देउवालाई कमल शाहालाई मुख्यमन्त्रीमा समर्थन गर्न सकिने भनेका थिए । त्यसपछि माओवादी र एमालेको केन्द्रीय समिकरणले सातै प्रदेशबाट सत्ता गुमाउनुभन्दा आफनै गृहप्रदेशको सरकारमा बनाउन सकिने सम्भावनालाई मध्ये नजर गर्दै देउवाले पार्टी प्रकाशमान श्रेष्ठ गुटका मानिने शाहालाई संसदिय दलको नेतामा निर्वाचन गर्न प्रदेशका काग्रेस सासंदलार्ई निर्देशन दिएका थिए । तर उन्मुुक्ती पार्टीले पछि समर्थन नगर्दा पनि ठुुलो पार्टीको हैसतमा शाहा मुख्यमन्त्री बने । माओवादीको समर्थनमा बन्दा शाहाले बिश्वासको मत प्राप्त गरेका थिए ।
तर प्रदेशको अहिले सत्तासमिकरणको अंक तालिकामा उन्मुुक्ती पार्टीको आवश्कता बिनानै काग्रेस र एमालेको सरकार बन्ने देखिन्छ । यस अवस्थामा थापाले पुनः मुख्यमन्त्रीको दावी गरेका छन । उनको लवीमा केन्द्रीय सदस्य एन.पि.साउद रहेका छन । गृहमन्त्री रमेश लेखकले पनि आफनो निर्वाचन क्षेत्रका थापालाई मुख्यमन्त्रीका लागि समर्थन जनाएका छन । नेतृत्वले भने सुदूर पश्चिमको मुख्यमन्त्री कस्लाई बनाउने सार्वजनिक गरेको छैन । काग्रेस स्रोतका अनुसार पार्टी सभापति देउवाले सुपका मुख्यमन्त्री राजीनामा वा पद गुमपछि मात्रै मुखखाल्ने सम्भवाना रहेको बताउछ ।
पुर्व मुुुख्य मन्त्री ’शाहाले सभापति देउवालाई पुनः दोह्रिन पाउनका लागि रिजाउने प्रयास जारी राखेका छन । दुवै जनाको मुख्यमन्त्री दौडधुुपको प्रतिस्पर्धामा देउवाले आफनै भतिजा प्रकाश देउवालाई रोज्न सक्ने सम्भावना पनि उतिकै बलियो रहको काग्रेस स्रोत बताउछ । प्रकाश देउवा पछिल्लो समयमा सुदूरपश्चिमको काग्रेसको राजनितिमा सवैभन्दा प्रभावशाली बनेका छन । एक समुुहले देउवालाई मुख्यमन्त्री बन्न दवाव दिदै पनि आएका छन ।
उनी आरुजु देवाको निर्वाचन क्षे कैलालीको ५ खबाट प्रदेश सभाबाट प्रदेश सासंद बनेका हुन । कमल शाहाको नेतृत्वमा उनी भौतिक तथा पुर्वाधार मन्त्री बनेका थए । काग्रेस स्रोत भन्यो , थापा र शाहाको दौडधुप मात्रै हो , पार्टी सभापति देउवाले आफनै भतिज प्रकाशलाई सुदूरपश्चिमको मुख्य मन्त्री बनाउने सम्भावना पहिलो हो ।’

इडटपेन 









