सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाहा दोस्रो पटक 

धनगढी — सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् । शाह दोस्रो पटक मुख्यमन्त्री भएका हुन् ।

दीर्घबहादुर सोडारीले शुक्रबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को २ अनुसार आइतबार साँझ ५ बजेसम्मको समय तोकेका थिए ।
एमालेको समर्थनमा निर्धारित समयभित्र शाहले दाबी पेस गरेका थिए ।आइतवार बिहान नेपाली काग्रेसको संसदिय दलको बैठेकले शाहालाईनै मुख्य मन्त्रीको लागि प्रूस्ताव गर्ने निर्णय गरेको थियो । पार्टीको संसदयि दलको नियर्ण लगत्तै शाहाले एमालेको समर्थनमा प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए ।
नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन बनेपछि सुदूरपश्चिम सरकारको नेतृत्व नेपाली कांग्रेसको भागमा परेको थियो ।
यस अघि शाहसहित प्रकाश देउवा, र बहादुरसिंह थापा मुख्यमन्त्रीका आकांक्षी थिए । अन्ततः सभापति देउवाले शाहलाई नै मुख्यमन्त्री अघि बढाउने निर्देशन गरेका थिए ।

सुदूरपश्चिम प्रदेश सभामा ५३ सदस्यीय सासंदहरुमा नेपाली कांग्रेसका १८, एमालेका ११ सांसद छन् । शाह यसअघि माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिको गठबन्धन सरकारमा १४ महिना मुख्यमन्त्री भएका थिए । गठबन्धन फेरबदल भएर समर्थक दलहरुले समर्थन फिर्ता लिएपछि ०७९ चैत्र २२ गते उनले पदबाट राजीनामा दिएका थिए ।शाहा र्कलाली क्षेत्र नम्वर २को कबाट निर्वाचित सासद हुुन ।