सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन आह्वान

धनगढीः सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले साउन २७ आइतवार अपराह्न २ बजे प्रदेशसभाको पाँचौ अधिवेशन आह्वान गरेका छन् ।
प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा ९१०बमोजिम प्रदेश प्रमुखले शुक्रबार प्रदेशसभाको पाँचौ अधिवेशन आह्वान गरेका हुन । सरकारले दुई दिनअघि मात्रै प्रदेशसभाको चालु चौथो अधिवेशन अन्त्य गरेका थिए । अधिबेशन वन्द लगत्तै सरकारले बिहीवार राजश्व सङ्कलन सम्बन्धी अध्यादेश ल्याएको थिए । उक्त अध्यादेश प्रदेश प्रमुखबाट बिहीवार नै प्रमाणीकरण भइसकेको छ ।

अध्यादेश प्रमाणीकरणसँगै आर्थिक वर्ष २०८१/ ०८२को बजेट पास हुन नसकेर रोकिएको कर सङ्कलन सम्बन्धी काम अगाडि बढेको छ ।