धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहाको सिपारिशमा अधिवक्ता ठेकेन्द्र राज जोशी आइतवार प्रदेश सरकारको मुख्यन्यायधिक्तामा नियुक्त भएका छन ।
प्रदेश प्रमुख नजिर मियाँ बाट उनले आइतवारै नियुक्ती बुुझेका छन ।
कानुुुन ब्यवसायी जोशी यस अघिको मुख्यमन्त्री शाहाकै नेतृत्वको प्रदेश सरकारका पनि मुख्यन्यायधिक्ता थिए । गएको फागुनमा केन्द्रीय सरकारको सत्ता समिकरणमा आएको परिर्वतन संगै सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री शाहाको सरकार अल्पमतमा परेको थियो । बिश्वासको मत प्राप्त गर्न नसकी शाहाले मुख्यमन्त्री राजीनामा दिएका थिए । प्रदेश सरकारबाट नेपाली काग्रेस बाहिरिए संगै जोशीेले पनि मुख्यन्यायधिक्ताबाट राजीनामा दिएका थिए ।त्यसबेला उनको अधिवक्ताको कार्यकाल ८ महिनामा रहेको थयो ।
जोशी नेपाली काग्रेस नजिकको प्रजातन्त्रिक कानुन ब्यावसायी संघ संग पनि आवद्ध रहेका छन ।कान्तिपुर सभार

इडटपेन 









