धनगढी सुदूरपश्चिम प्रदेश सरकारले सामयिक राजश्व संकलनसम्बन्धी अध्यादेश प्रदेश सभामा आइतवार टेबल भएको छ।
सुदूरपश्चिम प्रदेशसभाको आइतबारदेखि सुरु भएको पाँचौँ अधिवेशनको पहिलो बैठकमा अध्यादेश टेबल भएको हो। आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले अध्यादेश टेवुल गरेका हुन । उनले देशको राजनीतिक कारण र सरकार परिवर्तन हुँदा प्रदेश सरकारको बजेट पास नहुँदा राजश्व सङ्कलन ठप्प भएको कारण सहित उल्लेख गर्दै सेवा सुचारु गर्न अध्यादेश ल्याएको ल्याउनुपरेको बताए ।
तत्कालिन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेर असार १ गते प्रदेशसभामा प्रस्तुत बजेट पास हुन नसकेपछि साउन १ गतेदेखि सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था आएको थियो।कान्तिपुर सभार

इडटपेन 









