सुदूरपश्चिममा ओल्के संक्रान्ति देखि शुरु भए चाडवाड

धनगढी- आज भाद्र महिनाको पहिलो दिन भाद्र सक्रान्ति अर्थात आजको दिन सुर्य कर्कट राशीबाट सिंह राशीमा प्रवेश गर्ने भएकाले सिह सक्रान्ती पनि भनिन्छ । सुदुरपश्चिममा आजको दिनलाई ओल्के सक्रान्तिको रुपमा मनाउने चलन छ । यस पर्वका अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।
सुदुरपश्चिमम समाजमा ओल्के संक्रान्ति देखि चाडबाड मेलाजात्रा शुरु हुने गरेका पनि छन । ओल्के संक्रान्ती पछि सुदूरपश्चिमको सवैभन्दा ठुलो पर्वको रपमा मनाउने गौरा लगायतक चाडवाडको रौनक शुरु थाल्छन । यहाका देवी देवताका स्थानमा पुजापाठ र मेला जात्रा लाग्न शुरु हुने गरेका छन । ओल्के संक्रान्तीबाटै कामका लागि प्रदेश गएका हरु पनि घरिन शुरु हुन्छन । दशै तिहार पछि मात्रै पुनः कामका लागि पहाड छोडने चलन भएकोले ओल्केसंक्रान्तिको आगमनलाई बिशेष रुपमा सुदुरपश्चिममा मनाउने गरेका छन ।
ओल्के के हो ?
सुदूरपश्चिमेली भाषामा ओल्को भनेको उपहार कोशेली भन्ने बुुझिन्छ । यस दिन
आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप कर्कलाको ’गाभा’ अर्थात् भित्री पात, फलफूल आदि दिनु, मीठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रहिआएको छ ।चेलीबेटीलाई घरमा आथित्यको रुपमा बोलाएर खानपिन गराउने वा घरमा पकाएको मिठो पक्वान चेलीबेटीको घरमा कोशेलीको रुपमा पठाउने चलन पनि छ ।
यो दिन ओल्कोको रुपमा फलफुल, सागपात, अन्न, दुध, दहि, घिउ,गूड र पक्वान्न आदि मान्यजन र आफन्त कहाँ लगेर भेटघाट गर्न जाने चलन रहेको छ । धेरै जसो ठाउंमा मन्दिरमा अन्न चढाई ओल्को हाल्दछन् ।

यो पर्व भारतको कुमाउँ गढवालतिर पनि मनाईन्छ । साथै ओल्के संक्रान्तिका दिन गाउ नजिकका गाई गोर चराउन जाने बाटोको अग्लो टाकुरामा सबै जना मिलेर रूखका हांगा बिंगा झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । यो थुप्रोलाइ स्थानिय भाषामा “बुढी हालेको’’ भन्ने गरिएको छ ।
यो बूढीलाइ असोज संक्रान्तिका साँझ प्रत्येक घरघरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर ’बूढी पोल्ने’ पर्व मनाउने परम्परा रहेको पनि छ । द्वापरकालिन मथुराकी पुतना को कथासङ्ग बुढी हाल्ने र पोल्ने प्रथाको कुरा ब्यक्त गरिन्छ ।

भगवान कृष्णलाई पुतना राक्षेसनीले विषालु स्तनपान गराएको र श्रीकृष्ण भगवानले पुतनाराक्षेशनीको स्तन चुसेर मारेपछि पुतनाको भयानक रुप पैदाभएको तथा मरेको लाशलाई हटाउन नसकेपछि गोकुलवासी ग्वालाहरूले टुक्राटुक्रा पारेको दिनको सम्झनामा आज बुढी हाल्ने र असोज १ गतेका दिन पोल्ने चलन रहेको भनाई छ ।