आज जनै र रक्षा बन्धन धारण गरेर मनाइँदै

धनगढी
। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।
नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र धागो बाँध्छन्
ॐ यज्ञोपवीतं परमं पवित्रं, प्रजापतेयर्त्सहजं पुरस्तात्। आयुष्यमग्र्यं प्रतिमुञ्च शुभ्रं, यज्ञोपवीतं बलमस्तु तेजः॥

मन्त्र गरिएको धागोको एउटा पवित्र अंशलाई शरीरमा लगाउनुलाई जनै लगाउनु भनिन्छ । जनैका विभिन्न नाम छन्, उपवीत, यज्ञ सूत्र, ब्रह्म सूत्र आदि नामले पनि जनैलाई नै जनाउँछ ।
उपनयन संस्कार भएकाहरूले जनै लगाउने गर्दछन् । सनातन दर्शनमा मानिसको जीवनलाई १६ वटा संस्कारले बाँधेको हुन्छ र उपनयन संस्कार त्यस मध्य एक हो । उपनयनको शाब्दिक अर्थ चाहिँ नजिक जाने प्रक्रिया या चाहना हो र जीवनमा भगवानतत्वसंग नजिक जाने यस संस्कारको महत्त्व असाध्यै धेरै छ ।
आजको दिनमा दाईने हातको नाडीमा रक्षा बन्धन बाध्ने चलन छ । यो धागो बाध्ने बेलामा
येन बद्धो वलीराजा दानवेन्द्रो महावलस् ।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।ू
अर्थात्स्
जुन रक्षा धागोले दानवहरूको महान् राजा बलिलाई बाँधिएको थियो, म तिमीलाई त्यही धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षा गर्नेछ । सके सम्म गुरु पुरोहितले रक्षा धागो नाडीमा बाधाउने चलन छ । तर मन्त्रबाट उच्चाारित काचो धागोलाई घरका जेष्ठ सदस्यहरुबाट पनि धारण गर्न सकिन्छ ।
राखी लगाउने चलन
यसै दिन दिदीवहिनीहरुले आफ्ना दाजु(भाइका दाहिने हातका नाडीमा दिर्घायू र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फुल जोडिएको राखी लाइदिने चलन चल्दै आएको छ । नेपालको तराई क्षेत्र लगायत भारत, बङ्गलादेश लगायतका देशहरूमा राखी को चलन र यस चाडको महत्त्व एकदमै बढी रहेको छ ।