लगातारको बर्षाले कैलालीको दक्षिणी पुर्वी क्षेत्र डुुवानमा

धनगढी-मंगलवार देखीको लगातारको बर्षाले कैलालीको मोहना नदी लगायतमा आएको बाढीले कैलालीको दक्षिण पुर्वी क्षेत्रका केहि डुुवानमा परेका छन । हुलाकी सडक समेत अवरुध भएको छ ।

जिल्ला पशासन कार्यालयका अनुसार कैलारी गाँउपालिका–५ पुरानो मनिकापुरस्थित हुलाकी सडकखण्डमा पानीको वहाव बढेपछि सडकको केही भाग भत्किएको छ । सडक पूर्ण रुपमा अवरुद्ध भएको छ। त्यस्तै वडा नम्वर–५ पुरानो मनिकापुर वस्तीमा २४ घरधुरी डुबानमा परेका छन्। सो बस्तीका कटैनी नदीको बाढी लागेको थियो । उक्त बस्तीका १२६ मध्ये १९ घरधुरीका ११६ जना आफ्नै घरको माथिल्लो तला र आफन्तको घरमा बस्न बाध्य भएका छन्।


साथै ५ घरधुरीका १० जनालाई स्थानान्त्रण गरेर ५ नम्बर वडा कार्यालयमा राखिएको छ। अहिले पानीको वहाव घट्दै गएको प्रहरीले जनाएको छ।
त्यसै गरि लगातारको वर्षाले कैलालीमा एक सय बढी घर डुबानमा परेका छन् । बुधबार जिल्लाका कैलारी गाउँपालिका, भजनी नगरपालिका, गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिकालगायत क्षेत्रका करिब एक सय बढी घर डुबानमा परेका हुन् । कैलारी गाउँपालिकामा ७२ घर डुबानमा परेका छन् । वडा नं। ५ र ७ स्थित पुरानो मनकापुरका ३६, जनकपुर र बसन्ताको २५ र भगहाको ११ घर डुबानमा परेका छन् ।त्यस्तै गौरीगंगा नगरपालिकाका वडा नं। ७, ९ स्थित महादेवा, भगवानपुर, शंकरपुर गाउँका गरी २२ घर डुबानमा पजिल्लाको घोडाघोडी नगरपालिका–५ सेउकलिया, वडा नम्बर ९ रत्तीपुर क्षेत्रको पनि दर्जनौँ घर डुबानमा परेका छन् ।जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।