ध्नगढी– तिन दिनदेखिको लगातारको बर्षाले कैलालीको भजनी नगरपलिका र कैलारी गाउपलिका अधिकांस बस्ती जलमग्न भएका छन । अन्य स्थानिय तहमा समेत गरि जिल्लाभर ५ सय घर परिवार बिस्थापित भएका छन । हुलाकी राजमार्ग समेत अवरुघ भएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत शिवराज जोशीका अनुसार भजनी नगर पालिका वडा नम्वर ३, ४, ५ र ८ नम्वर वडाका अधिकांस बस्ती जलमग्न भएको छ । ६कैलारीको वडा नम्वर ५ पनि मोहना र कटैनी नदीको कटान र डुुवानमा परेका छन । भजनीका ४ सय ५० रकैलारीका ५० घरपरिवारको १ हजार ७ सय बढी लाई उद्धार टोलीले सुरक्षित स्थानमा सारिएको छ । उनिहरुको डुुवानमा नपरेका स्कुुलको माथिल्लो तला , सार्वजनिक भवन , डुुवानबाट बच्नका लागि बनाईएका सेफ हावसमा सारिएको उनले बताए ।

भजनी नगरपािलकामा पथरिया , कान्द्रा कडा , मोहना नदीमा आएकोले सवैभन्दा बढी बस्तीलाई डुुवानमा पारेका छन ।त्यस्तै कैलारी गाउपालिका वडा नम्वर ५मा मोहना र कटैनी नदीको बाढी पसेको हो ।

घोडाघोडी नगपालिकाको ५ र ९ नम्वर वडाका बस्ती समेत डुुुवानमा परेको छ । प्रशासकिय अधिकृत जोशीले जिल्लाभरको डुुवानको अवस्था डुुवानको अवस्था बुुझने , तत्काल राहात र उद्धारको कार्यका लागि स्थानिय तह , रेडक्रmस समिति संग सहकार्य गरि जिल्ला प्रशासन कार्यालय कैलालीले काम गरिरहेको बताए ।
माथीका सवै फोटो सौजन्य शिवराज जोशी

इडटपेन 









