सुदूरपश्चिममा गौरा पर्वको रौनक सूूरु

धनगढी- सुदूरपश्चिमको सास्कृतिक पहिचान गौरा पर्व को रौनक सूरु भएको छ । गौरा पर्वको आगमनले घर मात्रै नभएर स्थानिय मठ मन्दिर पनि सिंगारिएका छन । कुनै गाउमा गाउमा गौरा खलो र घर बनाएको छ । त्यहा गौरालाई बिशेष शरुमा मनाउने गरिन्छ ।

यस अवसरमा प्रदेशमा भएका सुदूरपश्चिमेलीहरु पनि घर फर्कने गरेका छन । यसैले हरेकको घरमा मिलनको खुसी पनि साटेको हुन्छ । दशै र तिहार भन्दा पनि ठुुलो पर्वको रुपमा मनाइने गौरा बिशेष गरि बैतडी डडेल्धुरा , दार्चुला र डोटी जिल्लामा अझ बढी भब्यताका साथ मनाउने चलन छ ।

पौराणिक कालमा भगवान शिवको प्राप्तिका लागि गौरा देवि अर्थात पार्वतीले निराहार नित्य आराधना गरि शिवको प्राप्ति भएको विश्वास गरिन्छ । त्यसकारण अविवाहितले असल पति पाउन र विवाहितले पतिको सुस्वास्थ्य र दिर्घायुको कामना गर्दै शिव गौराको पुजाआजा सहित नुमना बिवाहा गर्ने कार्यक्रममा सहभागी हुनें गरेका छन । यै खेसीमा हरेक दिन अपरान्ह् ३ बजे देखी मध्यरात सम्म डेउडा लगायतका परम्परागत नाचहरु खेलेर रमाउने गर्छन ।
गौरा पर्वको प्रमुख आकर्षण डेउडा हो । डेउडामा पौराणिक कथा, देवि देवताका गाथा, धार्मिक गाथा बोकेका श्लोक गित ,फाग ,सगुन गाएर गौरालाई नचाइन्छ । गौरी धान लगायतका ५ प्रकारका बिरुवाबाट बनाइएकी गौरीको प्रतिमा र काठको
चौखटलाई सिंगारपटार गरेर शिव पार्वतीको बिवाहाको रुपमा महिलाहरुले शिरमा राखेर खेलाउछन अथवा नाच्ने गर्छन । यसका अतिरिक्त रमाईलोको लागि महिला र पुुरुसले अलग्गै डेउडा पनि खेल्ने गर्छन । आफ्ना सुख–दुःख डेउडाका माध्यमबाट पोख्ने गर्छन । अचेल यैं अवसरमा सामाजिक विकृती विरुद्ध पनि डेउडाका माध्यमले तिखो व्यग्यं गरिन्छ ।
गौरा कसरी शुरु हुन्छ ?
कृष्ण पञ्चमी अर्थात बिहीवार गौराको पहिलो दिन घर–घरमा महिलाले तामाका भाडामा गहँु, केराउ, गहत, मास र गुरौस गरि पाँच प्रकारको अन्न भिजाएर पर्वको थालनी गरेको छ । यी पाँच अन्नलाई यहाँ ‘बिरुडा’ भनिन्छ ।
महिलाहरुले दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामुहिक रुपमा बिरुडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन छ । सप्तमीका दिन गौरा देविलाई नजिकको मठ–मन्दिरमा भित्रयाएर पुजा–अर्चना गरि महिलाहरुले दुबो धागो चढाउने गर्छन । गौराष्टमीका दिन व्रत बसेर महिलाहरु बिहानैदेखि गौराखलो/ गौरा मनाउने स्थलमा पुजाआजा गर्छन । कहि ५÷७ दिनमा त कहि महिनौं दिन सम्म पनि गौरा पर्व मनाउन चलन रहदैं आएको छ ।