(धनगढी) सुदूरपश्चिमको सा“स्कृतिक पर्व गौरा पछिल्लो समयमा सात समुन्द्र पारीका देशमा समेत पुुगेको छ । सोमवार अमेरिकाको बिस्कान्सिन राज्य स्थित मिल्वा र टक्सास शहरमा गौरा पर्वलाई भब्यताका साथ मनाए ।

सुदूरपश्चिम नेपाली समाजको आयोजनामा अमेरिकाको मिल्वा र टक्सास शहरमा गौरा पर्वलाई धुुमधाम साथ मनाउदै खुसी ब“ाढेको बरिष्ठ डेउडा गायक नन्दकिस्न जोशीले जानकारी दिए । ‘अमेरिकामा आयोजित समारोहमा महिला हरु द्धारा गौरा देविको पुजन पछि पुरुष र महिलाहरुसवै मिलेर एकसाथ डेउडा खेलेर खुसी बा“ढियो’ उनले भने,‘ आयोजना सुदूरपश्चिमेली समाजबाट भएपनि त्यहा रहेका नेपाली सवैको सहभागिता थियो । सवैले डेउडा खेले ।’

सुदूरपश्चिम समाजले उक्त शहरमा आयोजना गरिन लागेको गौरा पर्वको अवसरमा डेउडाको रौनतकता थप्न बरिष्ठ डेउडा गायक जोशीलाई बोलाईएको थियो । नेपालीहरु ज“हा पुुग्दैछन, त्यहा“ आफनो कला सस्कृति चाडवाड पर्वलाई समेत आफनो किसमले मनाउन प्रदर्शन गर्ने काम भईरहेको देखिन्छ ।

पछिल्लो समयमा सुदूरपश्चिमेली परिवार पनि संसारका बिभिन्न देश र शहरमा पुुग्दै गएका छन । ‘औलामै गन्न सकिने परिवारको सख्यामा भएका सुदूरपश्चिमेली किन नहुुन ? गौरा लगायतका आफनो पहिचानका सास्कृतिक चलनलाई मान्दै आएको देखिन्छ’ बिरष्ठ गायक जोशीले भने, ‘यसले सुदूरपश्चिमेलीको कला सस्कृति बिश्वमा पहिचान हुन थालेको छ ।’ उनले सुुदूरपश्चिमेलीको कला सस्कृति संगसंगै हिडने अभिन्न डेउडा खेल लोकपृर्यता र उचाई समेत बढीरहेको बताए । पछिल्लो समय सुदूर कर्णालीको मात्रै नभएर सवै नेपालीलाई बिश्वमा एकसाथ डेउडाले खुुसी बाढेको उनको कथन छ ।

गौरा पर्वलाई सुदूरपश्चिमको बैतडी , डडेल्धुुरा , दार्चुला , र डोेटीले बिशेष रुपमा मनाउदै आएका छन । सुदूरपश्चिमका अन्य पहाडी जिल्लाका र कर्णाली प्रदेशका केहि भागमा समेत परम्परागत रुपमा मनाउदै आएका छन । सुदूरपश्चिमकै पहाडी जिल्लाबाट कैलाली रकञ्चनपुर झरेकाले गौरा मनाउन शुरु गरेका थिए । येहि भुुगोलको प्रतिनिधित्व गर्ने पुर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले सवैभन्दा पहिला गौरा देवीलाई राजधानी काठमाडौ स्थित आफनै घरमा भित्राए । २०४६को परिर्वतन पछि सत्ताको केन्द्रमा रहेका सुदूरपश्चिमका नेता शेर बहादुर देउवाको समेत उपस्थितीमा भिम रावल , लेखराज भट्ट अन्य नेताहरुले गौरा पर्वलाई राजधानी काठमाण्डौ टुुडिखेलमा भब्यवताक ासाथ मनाउन शुरु गराए । यहाबाट देशबिदेशका बिभिन्न शहरमा रहेका सुदूरपश्चिमेली परिवारको घर आगमनमा गौरा पर्वले हवाई उडान शुरु गरिन । अहिल सात सामुद्र पारीका देशमा समेत गौरा देवीको पुजन हुन लागेको छ ।
सुदूरमा भाद्र कृष्ण पञ्चमीका दिन देखि शुरु हुने गौरा पर्वको अवसरमा गौरीको विवाहा शिव संग विवाह गर्ने चलन छ । गौराको पहिलो दिन घर–घरमा महिलाले तामाका भाडामा गहँु, केराउ, गहत, मास र गुरौस गरि पाँच प्रकारको अन्न भिजाएर पर्वको थालनी गरेको छ । यी पाँच अन्नलाई यहाँ ‘बिरुडा’ भनिन्छ ।
महिलाहरुले दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामुहिक रुपमा बिरुडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन छ । सप्तमीका दिन गौरा देविलाई नजिकको मठ–मन्दिरमा भित्रयाएर पुजा–अर्चना गरि महिलाहरुले दुबो धागो चढाउने गर्छन । गौराष्टमीका दिन व्रत बसेर महिलाहरु बिहानैदेखि गौराखलो(गौरा मनाउने स्थल)मा पुजाआजा गर्छन । कहि प“ाच ÷सात दिनमा त कहि महिनौं दिन सम्म पनि गौरा पर्व मनाउन चलन रहदैं आएको छ ।

इडटपेन 









