धनगढी –सुदूरपश्चिम प्रदेश सरकारले अझै बजेट ल्याउन सकेको छैन । नेपाली कांग्रेसको नेतृत्वमा एमालेसहितको नयाँ गठबन्धन बनेपछि पुर्नलेखनमा ल्याउन लागेको बजेटमा ढिलाई भइरहेको छ ।
नेपाली कांग्रेसको नेतृत्वमा एमालेसहितको नयाँ गठबन्धन बनेपछि एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी नेतृत्वको तत्कालीन सरकारले ल्याएको बजेट प्रदेश सभाबाट पारित हुन सकेको थिएन। साउन २० गते कांग्रेस,एमालेको समर्थनमा मुख्यमन्त्री बनेपछि कमलबहादुर शाहले साउन २१ गते पदभार ग्रहण गर्दै चाडै बजेट ल्याउने बताएका थिए। तर अहिलेसम्म बजेट आउन नसक्नुको पछाडी बिचौलिाको प्रभाव बढदै गएको स्रोत को दावी छ ।
सोडारी नेतृत्व सरकारले योजना बेचेर बजेट निर्माण गरेको आरोप खेपिरहेको बेला बर्तमान सरकारका मुख्यमन्त्री शाहाले पुर्न लेखन बजेटमा दलाललाई हत्सोहित गर्ने गरि बजेट ल्याउने प्रतिवद्धता गरेका थिए । आफनो नेतृत्वको सरकार गठनको लगत्तै मुख्यमन्त्री शाहाले कम्तीमा २५ लाख भन्दा माथीको योजनामा मात्र बजेट राख्ने कुरा पत्रकारसम्मेलन मार्फत सार्वजनिक गरेका छन ।
उनले कनिया छरेजस्तो बजेट नल्याउने घोषणा गर्दै प्रदेश सरकारले आवश्यकता र औचित्यका आधारमा २५ लाखभन्दा कम बजेट विनियोजन गर्नुपर्ने भएमा कार्ययोजनासहित सशर्त अनुदानको रूपमा स्थानिय तहलाई वित्तीय हस्तान्तरण गर्ने मुख्यमन्त्री शाहले जानकारी दिएका थिए । उनले व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी र सहकारी आदिलाई बजेट तोकेर विनियोजन नगरिने बताएका छन ।
मुुख्यमन्त्रीको शाहाको यस्तो घोषण गरेका दिन देखि योजना बेच्ने दले दलाल तिरमिराएका छन । सोडोरी नेतृत्वको सरकारको बेला कमेशनमा बजेटमा परेका योजना लगभग नपर्ने अवस्थामा रहेकाले दलालमा छटपटी अझ बढेको छ । ‘दलालले १० देखि २५ प्रतिशत सम्म बजेट पास हुन पहिल्यै कमेशन लिई सकेका थिए’ स्रोतले भन्यो ,‘अहिले पुर्नलेखनमा योजना पार्न नसक्दा दलाल ना¨ीने भएकोले दलाल यो सरकारको पहुु““चमा लडिबुडी गर्न थालेको छन ।’
अहिले प्रदेश सरकारको सत्तगठवन्धन पार्टी कग्रेस , एमाले , र नागरिक उन्मुक्तिका प्रदेश प्रभावशाली सासंद ब्यक्तिको पहुु“च माध्यम अगिल्लो सरकारमा कमेशनमा बजेटमा पारेका योजनालाई पुनः समावेश गराउने प्रयासमा लागेका छन । काग्रेसमा पार्टी सभापति शेर बहादुर देउवाका भतिज पुर्व प्रदेश भौतिक मन्त्री प्रकाश बहादुर देउवाको ढोका खोल्ने प्रयासमा बढी लागेका छन । ‘देउवाले आफनो कार्यकालमा दलाल प्रवृतिलाई निरुत्साहित गरेकोले सजिलै उनको ढोका खोल्ने वाला छैन’ स्रोतले भन्यो , ‘ देउवालाई यसबेला योजना माग्न आउने कुन दलाल हो होइन छुुट्टाउन सक्न भने गाहे छ ।’
त्यसैगरि अर्थमन्त्री बहादुर थापा र समाजिक बिकास मन्त्री मेघराज खडकाको वरीपरि पनि दलाल घुुमिरहेका छन । समाजिक राज्यमन्त्री सरस्वती खडका र अर्थ राज्य मन्त्री प्रकाश बहादर बमको पहुुच माध्यम पनि छिर्न सक्ने सम्भावना रहेको स्रोतको दावी छ ।
एमालेका तिन मन्त्री ,राज्यमन्त्री र संसदिय दलका नेता राजेन्द्र बहादुर रावल माध्यम पहु“च पुुगाएर दलालले बजेटमा आफनो योजना घुुसाउने कसरत रहेको छ । नागरिक उन्मुक्त पाटीका नेताबाट पनि योजना छिराउने प्रयासको दौडधुुप जारी छ । दलका नेताका नेता र सरकारका मन्त्री सचेत नभए यो बजेटमा समेत कमेशन नबेचेला भन्न नसकिने स्रोतको कथन छ ।
अहिले मन्त्रायको ढोका र मन्त्रीका सचिवालयमा दलाल प्रकृतिकै ब्यक्तिहरुको भिड बढी देखिएको छ । उनिहरु १५÷२० दिन देखि धनगढीका होटलमा डेरा लिएर बसेका छन । उनिहरुलाई कमेशन दिई सकेका उपभोक्ताहरुले समेत दलाललाई समातेर बसेकाले पनि के योजना हाल के मरको अवस्थामा दलालको अहिलेको अवस्था रहेको स्रोत बताउ“छ ।
बजेट चाडो ल्याउन नसक्नुुमा दलालको प्रभाव मुख्यमन्त्री शाहालाई २५ लाखको सिलिंग तोडनमा परेको दवाव एक प्रमुख कारण भएको जानकारहरुले बताएका छन । मुख्यमन्त्री शाहालाई सत्तागठवन्धनका दलका केहि नेताबाट समेत २५ लाखको सिलिंग तोडनुु पर्ने बिषयमा कुरा छलफलमा उठि सकेको जानकारीले बताए ।
तर पनि मुख्यमन्त्री भदौ २१ ग्ते भित्र बजेट ल्याउने तयारी लगभग गरि सकेका छन ।

इडटपेन 









